बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको गाउँ गाउँमा राष्ट्रिय परिचयपत्र पाउदा स्थानीय खुशी भएको छन।
दुर्गम पालिकाको वडा वडामा राष्ट्रिय परिचयपत्र गाउँमै पाएका हुँदा विशेषगरी वृद्ध तथा अपांग खुशी महसुस गरेका छन। हिमाली गाउँपालिका भित्र वडाका सामान्य देखि मध्यम वर्ग मान्छेले सेवा सुविधा पाएका छन। गाउँमा भएका बृद्धअबश्था देखी अपांग अशक्त व्यक्तिहरु जिल्ला प्रशासन कार्यालयमा पाउने सुबिधा गाउँ घरमा लिन पाएको हुँदा हर्ष महसुस गरेका राष्ट्रिय परिचयपत्र रुजु अधिकारी रविनाथ हरिजनले बताएका छन।
गाउँपालिकाको वडा नम्बर १,२ र ३ वडामा वडा कार्यालय राष्ट्रिय परिचयपत्र सेवा प्रदान गर्दै असार १ गतेदेखि वडा नम्बर ४ को कार्यालय फैति वडा नम्बर ६ को वडा कार्यालय धिम वडा नम्बर ७ को वडा कार्यालय बाँधु लगायत स्थानमा गाउँ टोलका मान्छेलाई राष्ट्रिय परिचयपत्र स्थानीय पाउने कार्य निरन्तर भैरहेको छ। अहिले वडामा राष्ट्रिय परिचयपत्र बनाउन वडामा एक जना रुजु अधिकारी एक जना अनुसूची संकलन गर्न सहयोगी दुई जना कम्प्युटर गरी ४ जना कर्मचारी खटिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।
नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेका हिमाली स्थानीय नागरिकलाई गाउँ घरमा राष्ट्रिय परिचयपत्र सेवा दिएका छौँ। यहाँका मान्छेलाई राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मार्तडी धाउने अवस्था सहज बनाउनका लागि शिविर सञ्चालन गरिएको छ। नागरिकता प्राप्त भएको सबै मान्छेलाई राष्ट्रिय परिचयपत्र दिलाउन वडा कार्यालय उपलब्धी गरिएको छ। दुर्गम गाउँ बाट जिल्ला आउन र जान समय लाग्नुका साथै खर्च नहोस् भन्ने उदेश्यले गाउँमा राष्ट्रिय परिचयपत्र स्थानीयले प्राप्त गरिरहेका गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।
जिल्ला प्रशासन कार्यालय बाट पाउने सेवा सुबिधा वडा कार्यालय बाट प्राप्त गरेका छौँ। गाउँ बाट दुई दिन पुरा लगाएर जिल्लामा गएर आठ हजार देखि दश हजार सम्म खर्च हुने गर्थे भने आज हामी गाउँपालिकाको सहयोगमा वडा कार्यालय बाट राष्ट्रिय परिचयपत्र उपलब्ध गरेका छौँ। गाउँ टोलमा रहेका सर्वसाधारण व्यक्तिको पनि वडा कार्यालय बाट सेवा सुबिधा लिन पाउदा स्थानीय सबै खुशी भएका रुजु अधिकारी रविनाथ हरिजनले बताएका छन।