बाजुरा- जिल्लाको हिमाली गाउँपालिका ७ वटा गौरवका आयोजना निति तथा कार्यक्रम पारित गरिएको छ्न।
हिमाली गाउँपालिकाको १२ औ गाउँ सभा ७ वटा गौरवका आयोजनाहरु निति तथा कार्यक्रम पारित गरिएका छन। गाउँपालिकाको १० सैया अस्पताल, कुवाडी जलविद्युत आयोजना, धुलाचौर वृहत् लिफिटङ खानेपानी आयोजना, औद्योगिक ग्राम क्षेत्र, जडिबुटी उद्योग, बिच्छ्या रानीसैन सडक, धुलाचौर बुढिनन्दा सडक, धिम फैती रुगिन बिच्छ्या सडक निर्माण आयोजनाहरुलाई निरन्तरता दिइनेछ।
“स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औधोगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमालीको आधार” भन्ने नारालाई आत्मसात गर्दै आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गौरव आयोजनामा लगानी उच्च प्राथमिकता दिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।