युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
37 पटक पढिएको

बाजुरा–बाजुराको हिमाली गाउँपालिकामा खाद्यन्न संकट भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल असारमा सकिएकोले एक महिना देखी खाद्य संकट भएको हिमाली गाउँपालिका ३ का स्थानिय धनलाल रोकायाले बताएका छन् ।

ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २, ३ को बिच्छँया, गाउँपालिकाकै ४ र ५ को रुगीनमा खाद्य संकट भएको छ । त्यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत संकट भएको छ । हिमाली गाँउपालिका १ बिच्छयाँका धर्मलाल रोकाया दुुइ लगाएर कुवाडी अस्थाई डिपोमा चामल किन्न पुुगे, तर डिपोमा एक दाना पनि चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फिर्ता भएका छन् ।

आर्थिक बर्षमा ०७९÷०८० मा कुवाडी डिपोमा ३५ सय कुन्टल रहेको थियो । कोटाको चामल असारको अन्तिममा सकिएपछि डिपोमा एकदाना पनि चामल नरहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले वताएका छन् । एक महिना देखी चामल अभाब भएको स्वीकार गरेका छन् ।

०८०,०८१ मा कुवाडी डिपोका लागि २५ सय कुन्टल कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो नभएको पाइएको छ । कुवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकेजी ५२ मा उपभोक्ताले पाउने गरेका थिए । तर बजारमा त्यहि चामल प्रतिकेजी ८० रुपैयाँमा हालेर किन्नु परेको छ । बजारको पहुँच भएका खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका डिपो चामल प्रयाप्त छन्, भने दुर्गममा रहेका डिपो एकदाना पनि नरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।

त्यस्तै स्वामीकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्रि केन्द्रमा पनि चामल नभएको पालिकाले जनाएको छ । गत आर्थिक बर्षको ५ सय कुन्टल चामल जेठमै सकिएको थियो, यो आर्थिक बर्षको चामल ५ कुन्टल कोटा रहेको तर ढुवानी ठेक्का प्रक्रियामा रहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखाले वताएको छ ।

दुर्गमका डिपोमा चामल अभाब भइरहेका बेला बजारको पहुँच रहेका समदरमुकाम मार्तडी र कोल्टि डिपोमा चामल प्रायप्त रहेको छ । मार्तडीमा डिपोमा १२ सय क्विण्टल कोल्टि डिपोमा १२ सय २९ कुन्टल चामल मौजात रहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ । यि डिपोमा बर्षातको समयमा चामल अभाब नहुने भएको शाखा प्रमुख ओझाले वताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!