युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
165 पटक पढिएको

बाजुराः  जिल्ला प्रहरी कार्यालय बाजुराले अवैध घरेलु मदिरा बरामद गरेको छ । प्रहरीले जिल्ला सदरमुका मार्तडीका विभिन्न वडाबाट मदिरा नियन्त्रणमा लिई नष्ट समेत गरेको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीेले मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी १ सय १० लिटर मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरीले बडीमालिका नगरपालिका ८ र ९ का विभिन्न होटेल पसल खानतलासी गर्दा उक्त परिणामको मदिरा नष्ट गरेको हो । अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने गोप्य सूचनाका आधारमा मार्तडी बजार क्षेत्रका दुई वटा वडाबाट मदिरा बनाउन राखिएको ९५ लिटर कच्चा पदार्थ पासा र १५ लिटर अवैध घरेलु मदिरा गरी १ सय १० लिटर नष्ट गरेको प्रहरी प्रमुख डीएसपी कविन्द्र सिंह बोहराले बताएका छन् ।

घरेलु मदिरा बनाउन प्रयोग गरिएका भाडावर्तन समेत बरामद गरिएको र मदिराका कारण झै–झगडा तथा अन्य अनैतिक गतिविधी बढ्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । घरेलु मदिराका कारण हुने विभिन्न घरेलु हिंसा र जघन्य उपराध रोक्न जिल्ल प्रहरी कार्यालय बाजुराले मदिरा उत्पादन गर्ने व्यक्तिलाई कानुनी कारर्बाही गरिदै आएको डीएसपी बोहराले बताएका छन् ।

जिल्लाका ९ वडा स्थानीय तह मध्ये केही स्थानीय तहले मदिरा बन्द गर्ने तथा व्यवस्थापन गर्ने निर्णय गरेका छन् । प्रायजसो जिल्ला सबै पालिकाले मदिरालाई व्यवस्थापन गर्ने निर्णय गरेकै छन् । तर निर्णय गरेपनि उचित व्यवस्थापन हुन सकेको छैन् । गौमुल गाउँपालिकाले भने मदिरा व्यवस्थापन गरेको छ । कार्यविधी बनाई मदिरा व्यवस्थापनलाई कार्यान्वयन गरेको छ ।

गाउँपालिका भित्र घरेलु मदिरा शुन्य रुपमै बन्द गरेको छ । प्याकिङ सिसाको बोतलको मदिरा भने गाउँपालिकाले बनाएको मदिरा कार्डको आधारमा तोकिए बमोजिम प्रत्येक व्यक्तिले एमएलको हिसाबले खान पाउने नियम लागु रहेको छ । सो नियम कार्यान्वयमा रहेको छ । जिल्लाका ९ वटै स्थानीय तहले मदिरा व्यवस्थापन गर्ने निर्णय गरेको भएपनि सफल गौमुल गाउँपालिका मात्र बनेको देखिन्छ । गौमुल मदिरा व्यवस्थापन गर्ने देशकै पहिलो पालिकाको रुपमा पनि चिनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!