बाजुराः जिल्लाकोको गौमुल गाउँपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रीत आन्दोलन सुरु भएपछि गाउँपालिकाले विद्यालय नै बन्द गरेर पठन पाठनमा समस्या नपार्न आग्रह गरेको हो ।विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हकअधिकार हनन् नगर्न गाउँपालिका मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताउनुभयो ।गाउँपालिकाले शिक्षा युवातथा खेलकुद विकास शाखालाई विद्यालय बन्द भएको खण्डमा आवश्यक अनुगमन गरेर कारबाहीगर्न निर्देशन पनि दिएको छ । आन्दोलन गर्न पाउनु शिक्षकको अधिकारको कुरा भएपनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने उपाध्यक्ष थापाले बताउनुभयो ।
संसदमा दर्ता भएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै शिक्षकहरूले आजपनि काठमाडौँमा प्रदर्शन गरेका छन् । देशभरबाट आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौँ गएका छन् ।शिक्षकले १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्नुपर्ने, राहत दरबन्दी र कक्षा ११ र १२ को दरबन्दी स्वीकृत गर्नुपर्ने लगायत लेखिएका प्ले कार्ड सहितप्रदर्शन गरेका थिए ।संसद्मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिका मातहत राख्ने व्यवस्था गरेको प्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी आन्दोलनआह्वान गरेको हो ।शिक्षकले विद्यालय नै बन्द गरेर आन्दोलन गरिरहेको प्रति चौतर्फी आलोचना भइरहेको छ । उनीहरूले विधेयक सच्याउन माग गरेका छन् । मागहरु राख्नु जायज भएपनि विद्यालय नै बन्द गरेर बालबालिकाको भविष्य माथि खेलवाड गर्नु स्वभनीय नभएको कतिपय जानकारहरुको भनाई रहेको छ ।