नयाँ दिल्लीः हिन्दु नारीहरुको महान चाँड हरितालिका तिज र शुदुरपश्चिमेलीको मोलिक पर्व गौराको अबसरमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुदुरपश्चिमेली र शुदुरपिश्चम एकताको एक संकेतका रुपमा भारतका बिभिन्न राज्यहरुमा संगठन बिस्तार गरी समाज सेवाका साथै संस्कृतिको संरक्षण गर्ने एक सेवामुलक संस्था सुदुरपश्चिमेली नेपाली समाज भारतले तिज तथा गौरा पर्वको अबसर पार्दै भारतका बिभिन्न राज्यहरुमा कार्यक्रमहरु समपन्न गरि सकेको छ । सुदुरपश्चिमेलीहरुलाई एकताको सुत्रमा बाँध्ने लक्ष्य संस्थाको रहेको छ ।
गौरा तथा तिज पर्वको समाप्ति र विदाई सँगै उक्त पर्वहरुको अबसर पार्दै दिल्ली राज्य समितिले कार्यक्रम समपन्न गर्दै गौरा पर्वलाई विदाई गरेको छ । कार्यक्रममा नेपालबाट शुदुरपश्चिमकी बहुचर्चित देउडा गायिका रेखा जोशी, बहुचर्चित देउडा गायक महेश कुमार आउजी र कुशल उद्घोषिका तथा सञ्चारकर्मी हेमन्ता भट्टराईको उपस्थिति रहेको थियो । नयाा दिल्ली स्थित सेवन सिज पाटीहरुमा समपन्न भएको साँस्कृतिक कार्यक्रमको अध्यक्षता सुदुरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समितिका अध्यक्ष गणेशदत्त भट्टले गर्नु भएको थियो भने कार्यक्रममा महाकाली परमधाम शान्तिघाटका अध्यक्ष बोक्सर कृष्णदत्त जोशी बिशिष्ट अतिथी रहनु भएको थियो । संस्थाका केन्द्रीय महासचिब महादेब भट्ट, समाजसेवी विर बहादुर बोहरा, दर्शन नमस्ते साँस्कृतिक मञ्चका अधयक्ष प्रेम बि.सी. लगायत ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा शुदुरपश्चिमको मुख्य पर्व गौरालाई महिलाहरुबाट प्रदर्शन गरी कार्यक्रम सुभारम्भ भएको थियो । भारतमा हुने गौरा तथा तिज बिशेष कार्यक्रमको समाप्तिको प्रतिनिधी पात्रको रुपमा सुदुरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्यले गरेको कार्यक्रमले भुमिका खेलेको थियो । राष्टिय तथा स्थानिय कलाकारहरुको बेजोड साँगीतिक कार्यक्रमका साथ दर्शकहरुले दिन भरी नाँच्दै खेल्दै रमाएका थिए ।
सितम्बर १० तारिखका दिन सम्पन्न हुने भनिएको यो कार्यक्रम भारतिय जीटुले गर्दा २४ तारिखमा सारिएको थियो । कार्यक्रममा बहुचर्चित देउडा गायिका रेखा जोशी, बहुचर्चित देउडा गायक महेश कुमार आउजी, देउडा गायक तथा पत्रकार राम बहादुर दानी, गायिका सपना खड्का, आधुनिक गायक रित क्षेत्री लगायतका कलाकारहरुको बेजोड साँगितिक प्रस्तुति रहेको थियो । कार्यक्रममा दिन भर दर्शकहरुले झुमेर नाच्दै देउडा खेल्दै शान्तिपुर्ण बातावरणमा भैरहेको थियो । तर कार्यक्रमको अन्तिम प्रस्तुति महेश कुमार आउजीले प्रस्तुति राख्दै गर्दा भने केहि युवाहरुले कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए । उक्त अशान्ति वातावरणलाई आयोजकले सौहार्दपुर्ण वातावरणमा शान्त गर्दै कार्यक्रमको समापन गरेको थियो ।
भारतमा हुने अन्य कार्यक्रमहरु भन्दा सुदुरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समितिद्वारा आयोजना गरेको कार्यकंक्रममा भने सबै कलाकारहरुलाई समान दर्जा दिएर प्रस्तुती राख्ने समय दिइएको थियो भने समान तरिकाले सम्मान गरेको थियो । यो भन्दा अगाडी भारतमा भएका अन्य कार्यक्रममा भने वास्तविक कलाकार र सँस्कृतिकाे जगेर्नामा अनवरत रुपमा लागि परेका पेषागत कलाकारलाई पहिचान गर्न सकेको थिएन ।