युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
288 पटक पढिएको

बाजुराः खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष बिशु देवी नाथले जनताले जस्तो भारी बोकायो त्यो भारी बोक्न तयार रहेको बताएकी छन् । रेडियो पौरखीको कार्यक्रम पालिका संग पौरखी सम्बादमा कुराकानी गर्दै उनले जनताको जनअपेक्षा अनुसार काम गरिरहेको र गरिरहने बताएकी हुन् । गत असोज १६ गते गएको भुकम्पले गाउँपालिकामा भौतिक रुपमा ठुलो क्षती भएको प्रती दुस्ख व्यक्त गर्दै प्रभावितहरुका लागी पहिलो चरणको राहत संघ सस्था संगको समन्वयमा वितरण गरेको बताएकी छन् । अति जोखिममा रहेका परिवारका लागि पुनः राहतको व्यवस्था गर्न र पुनर्निर्माण गर्नुपर्ने घरहरू निर्माणका लागी प्रदेश र संघ सरकार संग समन्वय गर्ने उनको भनाई छ । तत्काललाई सामान्य राहत र सहानुभूति बाहेक अरु केही दिन नसकेको बताउदै उनले भुकम्प प्राभित सबिको घरमा पुगेर अवस्था बुझ्ने बताएकी छन् ।

उपाध्यक्ष नाथले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बीच अन्तरदन्द्धमा अल्झिएको भन्ने कुरा गलत भ्रम फैलाएको आरोप लगाएकी छन् । विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा उल्लेख भए जस्तो वास्तविकता नरहेको उपाध्यक्ष नाथले जिकिर गरेकी छन् । गाउँपालिकालाई नै बिबादित बनाउने गरि हुँदै नभएको कुरालाई भ्रम फैलाएको उनको आरोप छ । अध्यक्ष उपाध्यक्ष बीच कुनै किसिमको बिबाद नरहेको स्पष्ट पारेकी छन् । कार्यपालिकामा बहुमतकि दम्भ देखाउने गरेको कुरा के हो भन्ने प्रश्नको जवाफमा उपाध्यक्ष नाथले त्यो आफुहरु माथी लगाइएको मिथ्या आरोप रहेको जिकिर गरेकी छन् । राजनीति प्रतिसोध सात्दै यस्तो अपबाह हल्ला फैलाइएको प्रती आफ्नो आपत्ति रहेको बताउदै उनले त्यो कुरा स्विकार्य नभएको जिकिर गरेकी छन् । उसो त उपाध्यक्ष नाथ लगायतको सिङ्गो टिममाथी कार्यपालिकामा बहुमतको दम्भ देखाएर अध्यक्षले गरेका निर्णयलाई खुलेरै अस्वीकार गर्ने गरेको आरोप छ । अध्यक्षले अन्यको कुरा नसुन्ने र उपाध्यक्षको सिङ्गो टिमले अध्यक्षको कुरा नसुन्ने गरेको एक श्रोतको दाबी छ । तर अध्यक्ष उपाध्यक्ष यो कुरा स्विकार्न तयार छैनन् बरु बिबाद छैन भन्दै पानी माथिको ओभानो बन्न खोजिरहेको एक स्वतन्त्र युवा विद्यार्थीको टिप्पणी छ । अध्यक्ष उपाध्यक्षको अन्तरदन्द्धका कारण गाउँपालिकाको विकासको गति सुस्त ढङ्गले भैरहेको श्रोतको दाबी छ ।

साथ कुराकानीमा उपाध्यक्ष नाथले गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राखेर अगाडि बढिरहेको दाबी गरेकी छन् । चुनाबका बेला जनताको घरदैलोमा गएर गरेका प्रतिबद्धता पूरा गर्ने गरि काम अगाडी बढिरहेको र पूरा गर्ने सन्कल्प रहेको बताएकी छन् । बोल्नु भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने मानसिकता बोकेको बताउदै उनले यो गर्छौं भनेर भन्नुभन्दा पनि गरेर देखाएपछि मात्रै अर्थ रहेन उनको भनाई छ । अहिले गर्छौं भन्न तर पछि सक्दैनौं भनेर भन्नू लज्जास्पद बिषय जस्तै बन्छ । त्यसकारण गफ भन्दा पनि काम गर्नुपर्छ जब गरेर देखाउन्छौँ अनि मात्रै भन्छौं उनले भनिन् । शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको उनको भनाई छ । गाउँपालिका भित्रका बिद्यालयको भौतिक संरचना निर्माण, शैक्षिक गुणस्तर सुधार, दरबन्दी नभएका ठाउँमा दरबन्दीको व्यवस्था गर्नुका साथै निरन्तर बिद्यालय अनुगमन गरेको उनले बताएकी छन् । स्वास्थ्य क्षेत्रमा भएका काम बारे जानकारी दिदै उनले सुत्केरी कोशेली कार्यक्रम, गाउँपालिकाका प्रत्यक वडा भित्रका टोलका नागरिकको पहुँचमा बर्थिन सेन्टरको स्थापना एक दुई ठाउँ बाहेकका सबै ठाउँमा गरिएको उनले बताएकी छन् । अवको पाँच वर्षमा सबै गाउँपालिका वासिलाई आधारभुत स्वास्थ सेवाको पहुँचमा पुर्याइसक्ने उनको भनाई रहेको छ ।

यस्तै समग्रमा कृषि पर्यटन, सडक सञ्चार, खानेपानी सिचाँई, पर्यटन लगायतका समस्याहरुको समाधानका लागि पनि काम भैरहेको उनले बताइन् । वर्षातका कारण अबरुद्ध सडक खण्ड खुलाउने बारे निर्णय भैसकेको बताउदै दशै तिहार अगाडि नै खुलाई सक्ने बताएकी छन् । छेडेदह तालको संरक्षणका बिषयमा बोल्दै उपाध्यक्ष नाथले सुरुमा बिबाद निरुपणका लागि पहल भैरहेको दाबी गरेकी छन् । बिबाद निरुपण गरि उक्त तालको संरक्षण गर्न, पहिरो रोकथाम गर्न र सो क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटकको प्रमुख आकर्षकको केन्द्रका रुपमा विकास गर्न गाउँपालिका तयार रहेको उपाध्यक्ष नाथको भनाई छ । समग्रमा उनले गाउँपालिकाको विकास पालिका वासिको हितका पक्षमा उभिएर काम गरिरहेको दाबी गरेकी छन् । आफ्नो पाँच वर्षको कार्यकाल उपलब्धिमुलक कार्यकाल बनाई जनता माझ स्थापित हुने गरि नै काम गर्ने योजनामा रहेको उनको भनाई छ । जनताले महसुस गर्ने गरि जनताको म जित्ने गरि काम गर्ने उनको प्रतिबद्धता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!