बाजुरा– स्थानिय तह निर्वाचन भएको डेढ बर्ष बिति सकेको छ । शुसासन,समृद्धि, अमनचयन र खुसी नगरवासीको नारा बोकेको बडीमालिका नगरपालिका मै रहेको सदरमुकाम मार्तडीमा फोहोरको थुप्रो भने जेनको तेन नै थुपारिएको छ । सफा, स्वच्छ बातावरणमा नागरिकहरुले बाँच्न पाँउने अधिकार प्रति नगरपालिकाले नै वेवास्था गरेको पाइएको छ ।
घना बस्ती संगै जिल्ला सदरमुकाम मार्तडीको जनसंख्या बृद्धि संगै दैनिक उपभोग्य सामाग्री तथा यातायातबाट हुँने प्रदुषण पनि उत्तिकै बढी रहेको छ । जिल्ला सदरमुकाम मार्तडी मै नगरपालिकाको कार्यालय र दुई वटा वडा कार्यालयहरु रहेका छन । बजारको फोहोर सडकको छेउछाउमा थुपारिदै जाँनाले आवत जावत गर्ने सर्ब साधारणहरुले भने नाँक छोपेर सदरमुकाम मार्तडीलाई स्वागत र विदाई गर्नु पर्छ ।
जिल्ला सदरमुकाम मार्तडी संगै जोड्ने बजारको छेउमै रहेको रोडको किनारामा बजारको फोहोर यत्रतत्र फालेको पाइएको छ । बाहिरवाट सदरमुकाम मार्तडीमा भित्रिने यात्रुहरुले सदरमुकामकै मुखमा फोहोरको थुप्रोलाई दर्शन गरेर प्रवेश गर्नु पर्ने अबस्था रहेको छ ।
यसरी सडकको छेउमा थुपारिएको फोहोरको नगरपालिकाले उचित स्थानमा ब्यबस्थापन गर्न नसक्दा वातावरण थप दुर्गन्धित देखिएको छ ।
सदरमुकाम मार्तडी बाट यातयात तथा पैदल यात्रुहरु बाहिरिने तथा भित्रिने मुख्य द्वार रहेको गौडा सडक र आसपासका छेउछाउमा बजारको फोहोर फाल्ने ठाँउ भएको छ । जनप्रतिनिधीहरु र जिल्लाका सरोकारवाला निकायका जिम्मेवार ब्यक्तीहरु आवत जावत गर्ने मुख्य सडकको छेउछाउमै फोहोर थुप्रियर जाँनुले सरोकारवालाहरु जिम्मेवार नभएको देखिन्छ ।
चुनावका समयमा जनता सामु आसवासनका पोका लिएर चुनाव जितेका बाजुराका नेता तथा जन प्रतिनिधीहरु भने जितेर कुर्सीमा बसि सके पछि सबै बाचाहरु भुलि रहेका छन । सदरमुकाम मार्तडीको फोहोर बयबस्थामन गर्न भनी नगरपालिकाले निर्णय समेत गरेर भनेको भएता पनि अहिले सम्म फोहोर ब्यबस्थापन हुन नसकेको उल्टै जनताको सेवा गर्न तर्फ भन्दा पाटीको कामको चिन्तनमा जनप्रतिनिधीहरु लागी रहेको वडा अध्यक्ष नाथको भनाई रहेको छ ।
बडीमालिका नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्नुन नाथले आफ्नो सामाजिक सञ्जालमा यसरी लेखेका छन ।