बाजुरा। जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। यहि कार्तिक २२ गतेदेखि २४ गतेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। शिविरमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरू चार जना, फार्मेसी दुई जना, स्टाफ नर्स एक जना, संस्थाका प्रतिनिधि दुई जना र तीन जना विदेशी द्धारा स्वास्थ्य सेवा दिने भएको फ्रेन्डस अफ नेपाल काठमाडौ संस्थाका महासचिव निमा नरु शेर्पाले बताउनुभयो।
स्वास्थ्य शिविर बिहान ९ बजे देखि ५ बजे सम्म संञ्चालन गरीने भएको छ । । हिमाली गाउँपालिकाको आयोजना र नेपालको साथीहरु संस्थाको सहयोगमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरु सहभागितामा स्त्री रोग विशेषज्ञ, नसा तथा हाड जोर्नी रोग विशेषज्ञ, नाक कान घाटी रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ, र जनरल फिजिसियन द्वारा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने हिमाली गाउँपालिकाले जनाएको छ ।