बाजुरा– डोटी जीप दुर्घटना परी मृतुवरण गरेका हिमालीका चारै जनाको अन्तिम दाहासंस्कार गरीएको छ । मृत्यु भएको करिब ५ दिनपछि अन्तिम दाहसंस्कार गरीएको आफन्तले बताएका छन । गत १८ गते धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीको केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका ६ अण्यौलमा शनिबार राती दुई बजेर अठार मिनेटमा दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको थियो ।
जसमा हिमाली गाउँपालिकाका वडा नम्बर ५ का २२ बर्षिया राधिका हमाल, बर्ष ३२ की धनसोभा बुढा, निज धनसोभा बुढाको ६ बर्षिया छोरा कबिन्द्र बुढा, र ८ बर्षिया प्राथना मलाल रहेका छन । मृत्यु भएका चारै जनाको शव आफन्त बुझी कार्तिक २२ गते कुवाडीमा दाहसंस्कार गरेको आफन्त दिपक भण्डारीले बताएका छन।मृत्यु हुने सबैलाई हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी नजिकै रहेको कर्णाली नदीमा दाहसंस्कार गरीएको छ । मृतका सबै परिवारप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक श्रद्धाञ्जली समेत अर्पण गरीएको छ ।