काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हजारौंको बलिदानीबाट प्राप्त व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै भएको बताएका छन्।
बुधबार शंखधर दिवसका अवसरमा बोल्दै उनले अहिलेको परिवर्तन साना दुस्खले नआएको भन्दै त्यस्लाई उल्टाउन खोज्ने सपना नदेख्न चेतावनीसमेत दिए। उनले भने, ‘आजको परिवर्तन साना दुस्खले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’
पराजित भइरहेका ‘सामन्ती तत्वहरुले अन्तिम पटक टाउको उठाउन’ खोज्नु संसारकै नियम भएकाले सोही अनुसार अहिले पनि त्यही कोसिस भइरहेको उनको भनाइ थियो।
संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्न उनले चुनौती दिए। यस्तो दुस्प्रयास गर्नेहरुहरुले फेरि अर्को मूल्य चुकाउन तयार हुन चेतावनीसमेत उनले दिए। उनले भने, ‘यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ।’