युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
629 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुरा /  जिल्लामा स्थानिय भुवा पर्व अर्थात (भोस्सो)को रौनक सुरु भएको छ । परम्परागत देखि मनाइदै आएको स्थानिय पर्व भुवाको जिल्लामा उत्हासका साथ रौनक सुरु भएको छ । भोलीबाट जिल्लाका हरेक ठाँउमा यो स्थानिय पर्व सुरु हुने भएको छ । जिल्लाका ९ वटै स्थानिय तहहरुमा यो पर्वको रौनक सुरु भइसकेको छ । तीनदेखि पाँचदिनसम्म मनाइने पर्व जिल्लाका बह्मतोला, मार्तडी, आटीचौर, बाह्विस, रजातोली,गौमुल,जुगाडा, कुल्देवमाण्डौ लगायतका क्षेत्रमा विशेष महत्वका साथ खेल्ने गरिन्छ। । सुदुर पहाडका जिल्लामा मनाइने यो पर्व बिषेषत जिल्ला बाजुरामा धेरै मनाइने गरीन्छ ।ए यो भुवो काँ जादो,भस्सा रे भस्स, ए दै केला खान, भस्सा रे भस्सा, ए भोस्या भाइयो, भस्सा रे भस्सा लगाएत गित गाएर यो पर्व मनाइने गरीन्छ । जिल्लाको गौमुल गाँउपालिका,बुढीगंगा तथा बडिमालिका नगरपालिकामा यो पर्वको रौनक अन्य पालिकाको भन्दा बढी प्रचलनमा रहेको पाइन्छ । यो पर्व सुरु हुनुभन्दा दुईचार दिन अगाबै जिल्लामा यो पर्वको निकै रौनक छाएको हुन्छ । परापुर्वकाल देखि नै मनाइदै आएको भुवा पर्व भोलीबाट बिधिवत् रुपमा सुरु हुदै छ । जिल्लाका अन्य पालिकामा पनि यो पर्वको रौनक छाएको देखिन्छ प्राय तिन पालिकामा बढी मनाइने यो पर्व सामान्यतया सबै पालिकाका बिभिन्न ठाँउमा बिभिन्न तरीकाले मनाइने गरीन्छ ।

महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित रहेर यो पर्वलाई मनाइने गरीन्छ । भुवा पर्वलाई स्थानिय भाषमा ‘भस्सो’ पनि भन्ने गरीन्छ । भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ ।महाभारतमा पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो । यो पर्वमा ढाल र तरबार सहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । यो पर्वको मुख्य आकर्षक पक्ष नै ‘भुवा नाच’ रहेको र यसको सुरुदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको जिल्लाका बुढापाखाहरुले बताउने गरेका छन ।

पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाइ खाइन्छ । सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले रङ पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ । मुडा बालेको रातभर देउडा खेली बिहानपख भारी खेलहरु खेल्ने प्रचलन रहेको छ । जिल्लामा यो भुवा पर्वलाई बिधिवत् रुपमा मनाइदै आएको छ । जिल्लाका हरेक ठाँउमा यो पर्वलाई बिधिवत् रुपमा मनाएर हर्षेाउल्लासका साथ यो पर्व समापन गरीने गरीन्छ ।

असत्य माथि सत्यको विजय भएको दिनको रूपमा यो पर्वलाई लिने गरिन्छ। भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्ध कलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा रहेको छ। लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ। पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगायत सुदुरपश्तिचमका अछाम, डोटी, बझाङ लगायतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ। यो पर्वमा बिभिन्न किसिमका भारी खेल,मागल,चाचड,हुड्क्यौली,नैक्यासर,बौजु बौजु झुमा बौजु,सरबा टोटली,लगायत बिभिन्न किसिमका गितहरु बिभिन्न भाका तथा लयमा गाँउने गरीन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!