गोबिन्द्र राज तिमिल्सेना,बाजुरा / जिल्लामा स्थानिय भुवा पर्व अर्थात (भोस्सो)को रौनक सुरु भएको छ । परम्परागत देखि मनाइदै आएको स्थानिय पर्व भुवाको जिल्लामा उत्हासका साथ रौनक सुरु भएको छ । भोलीबाट जिल्लाका हरेक ठाँउमा यो स्थानिय पर्व सुरु हुने भएको छ । जिल्लाका ९ वटै स्थानिय तहहरुमा यो पर्वको रौनक सुरु भइसकेको छ । तीनदेखि पाँचदिनसम्म मनाइने पर्व जिल्लाका बह्मतोला, मार्तडी, आटीचौर, बाह्विस, रजातोली,गौमुल,जुगाडा, कुल्देवमाण्डौ लगायतका क्षेत्रमा विशेष महत्वका साथ खेल्ने गरिन्छ। । सुदुर पहाडका जिल्लामा मनाइने यो पर्व बिषेषत जिल्ला बाजुरामा धेरै मनाइने गरीन्छ ।ए यो भुवो काँ जादो,भस्सा रे भस्स, ए दै केला खान, भस्सा रे भस्सा, ए भोस्या भाइयो, भस्सा रे भस्सा लगाएत गित गाएर यो पर्व मनाइने गरीन्छ । जिल्लाको गौमुल गाँउपालिका,बुढीगंगा तथा बडिमालिका नगरपालिकामा यो पर्वको रौनक अन्य पालिकाको भन्दा बढी प्रचलनमा रहेको पाइन्छ । यो पर्व सुरु हुनुभन्दा दुईचार दिन अगाबै जिल्लामा यो पर्वको निकै रौनक छाएको हुन्छ । परापुर्वकाल देखि नै मनाइदै आएको भुवा पर्व भोलीबाट बिधिवत् रुपमा सुरु हुदै छ । जिल्लाका अन्य पालिकामा पनि यो पर्वको रौनक छाएको देखिन्छ प्राय तिन पालिकामा बढी मनाइने यो पर्व सामान्यतया सबै पालिकाका बिभिन्न ठाँउमा बिभिन्न तरीकाले मनाइने गरीन्छ ।
महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित रहेर यो पर्वलाई मनाइने गरीन्छ । भुवा पर्वलाई स्थानिय भाषमा ‘भस्सो’ पनि भन्ने गरीन्छ । भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ ।महाभारतमा पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो । यो पर्वमा ढाल र तरबार सहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । यो पर्वको मुख्य आकर्षक पक्ष नै ‘भुवा नाच’ रहेको र यसको सुरुदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको जिल्लाका बुढापाखाहरुले बताउने गरेका छन ।
पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाइ खाइन्छ । सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले रङ पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ । मुडा बालेको रातभर देउडा खेली बिहानपख भारी खेलहरु खेल्ने प्रचलन रहेको छ । जिल्लामा यो भुवा पर्वलाई बिधिवत् रुपमा मनाइदै आएको छ । जिल्लाका हरेक ठाँउमा यो पर्वलाई बिधिवत् रुपमा मनाएर हर्षेाउल्लासका साथ यो पर्व समापन गरीने गरीन्छ ।
असत्य माथि सत्यको विजय भएको दिनको रूपमा यो पर्वलाई लिने गरिन्छ। भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्ध कलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा रहेको छ। लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ। पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगायत सुदुरपश्तिचमका अछाम, डोटी, बझाङ लगायतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ। यो पर्वमा बिभिन्न किसिमका भारी खेल,मागल,चाचड,हुड्क्यौली,नैक्यासर,बौजु बौजु झुमा बौजु,सरबा टोटली,लगायत बिभिन्न किसिमका गितहरु बिभिन्न भाका तथा लयमा गाँउने गरीन्छ ।