युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
246 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  जिल्लामा निगालोबाट उत्पादित गरीएका सामाग्रीहरुको छिमेकी जिल्लाहरुमा माग बढेको छ । जिल्लामा उत्पादन गरीएका निगालोबाट निमार्ण डोको,डालो,सुपा छाप्री लगायत अन्य सामाग्रीहरुको छिमेकी जिल्लामा माग बढ्दै गएको छ । निगालो बाट निमार्ण भएका मात्रै नभई नाम्लो लगायत अन्य सामाग्रीहरुको माग पनि निकैै बढेको छ । बाजुरा जिल्लामा उत्पादन गरीएका डोको,नाम्लो,डालो लगायत सामाग्रीहरुको अहिले छिमेकी जिल्ला हुम्ला,कालीकोट, लगायत चिनमा समेत यि सामाग्रीको माग बढेको छ । माथिल्लो हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आसपासका नागरिकहरु हिउँदेयाममा जिल्ला बाजुराका विभिन्न स्थानमा पुगी डोको,नामले,डालो खरिद गरेर त्यहाँ लिने गरेका छन।

जिल्लामा उत्पादन गरीएका निगालो लगायत अन्य सामाग्रीहरुमो छिमेकी जिल्लामा माग बढेसंगै जिल्ला बाजुराका मानिसहरु थप उत्साहित भएका छन। हाम्रो जिल्लामा उत्पादन भएका सामाग्रीहरुको पनि छिमेकी जिल्ला लगायत चिनमा समेत माग हुँदा आफुहरु खुसी भएको बाजुराबासीहरुले बताउने गरेका छन। यसले बाजुराबासीलाई थप कामप्रति लगाब बढाउन सहयोग मिल्ने,सबैले डोको,डालो,लगायतका सामाग्रीहरु बनाउन सिको गर्ने कुरामा सहजता मिल्ने यहाँको बासिन्दाको भनाई रहेको छ । जिल्लामा बाजुरामा उत्पादन भएका सामाग्रीहरु छिमेकी जिल्लामा गएर बाजुराको ब्यापारको बारे तथा यहाँका मानिसहरुको कला,सिपको पनि बिकाश गर्नमा सहयोग पुर्याएको छ । जिल्लामा हरेक समयमा सबै ब्यक्तिहरुले बर्खे समयमा लेकतिर भैसी लगेर त्यहि निगलोबाट निर्मित सामाग्रीहरु बुन्ने गरेका छन। जिल्लामा सबैले उत्कृष्ट तथा आर्कषक निगालोका सामाग्रीहरु बनाउने भएका कारणले पनि छिमेकी जिल्लामा यि सामाग्रीहरुको माग भएको पाइन्छ, हेर्दा चिटिक्क खाले,सुहाँउदा तथा भरपर्दो सामाग्रीहरु देखिने हुँदा छिमेकी जिल्लामा यिनिहरुको माग बढीरहेको यहाँका बासीहरुले बताउने गरेका छन ।

हिउँदे तथा बर्खे समयमा कामलाई पनि थाती राखेर घरखर्च चलाउन भएपनि जिल्लामा सबैले निगालोबाट निर्मित सामाग्रीहरु बनाउने गर्दछन्। खाली बसेर समय फाल्नु भन्दा केहि सामाग्रीहरुको निमार्ण गरे खर्च धान्न् सकिने भन्दै यहाँका सबै ब्यक्तिहरुले यस्ता सामाग्रीहरुको निमार्ण गर्ने गर्दछन् । जिल्लामा निमार्ण गरएिका सामाग्रीहरु कतिपयले जिल्ला सदरमुकाममा समेत ल्याएर बेच्ने गरेका छन। तर जिल्लामा मेहेनत गरे अनुसारको फल भने नपाईन ेउनिहरु बताउँछन्, अहिले समय परिर्वतन भएसंग छिमेकी जिल्लाहरुमा पनि माग बढेको हुँदा मेहेनत अनुसारको फल प्राप्त हुने उनिहरुले बताउने गरेका छन् । जिल्लामा उत्पादन भएका सामाग्रीहरु छिमेकी जिल्लाबाट मानिसहरु टाढाको दुरी तीन, चार दिन लगाएर जिल्ला बाजुरामा पुगी यहाँ उत्पादन गरीएका निगालो बाट निर्मित सामाग्रीहरु आफ्नो ठाँउमा लिने गरेको पाइन्छ । बिकट ठाँउ भएका कारण सडकको पनि उचित गुणस्तरीय ब्यबस्था नहुँदा बाजुरामा निमार्ण गरीएका सामाग्री आफ्नो जिल्लामा लिन निकै असहज हुने छिमेकी जिल्लाबाट आएका मानिसहरुले बताउने गरेका छन् ।

बिषेष गरी जिल्लाको बडिमालिका नगरपालिका ७ ढम्कने,रजातोली,त्यस्तै हिमाली,जगनाथ,स्वामिकार्तिक लगायतका ठाँउहरुमा उत्पादन गरएिका सामाग्रीहरुको माग बढी रहेको पाइन्छ । जिल्लाको बडिमालिका नगरपालिका वडा.नं.७ ढम्कनेमा बषर््ोनि डोका,नाम्लो,डालो खरीद गर्नको लागी छिमेकी जिल्लाबाट मानिसहरु आउने गरेको हुन्छन्। ढम्कने भनेजस्तै गुणस्तरीय डोका डालो निमार्ण हुने भएकोले बढीजसो छिमेकी मानिसहरुको चाँसो यहाँ रहेको पाइन्छ । हामीले गाँउमा मेहेनतका साथ उत्पादन गरेका डोको,डालो,नाम्लो गायतका सामाग्रीहरुको छिमेकी जिल्लामा माग बढेको देख्दा खुसी भएको एक जना ढम्कनेका स्थानियले बताएका छन्। गाँउबाट निमार्ण गरीएका धेरै निगालोका सामाग्रीहरु छिमेकी जिल्ला मुगु, हुम्लाको ताक्लाकोट,कालीकोट चिनमा समेत पुगेको ति स्थानियको भनाई रहेको छ ।

जंगलमा पाइने निगालोको चोयाबाट हातले उत्पादन गर्न सकिने परम्परागत डोकोको सरदर मुल्य एक हजार सम्म पर्ने गर्दछ । त्यो पनि डोकोको गुण्स्तर अनुसार बिक्री गर्ने गरीन्छ । जिल्लामा भने सामान्य रुपमा डोको डालोको बिक्री गरीन्छ,कतै पाँच सय,कतै सात सयका दरले उक्त सामाग्री बिक्री गरेको पाइन्छ तर छिमेकी जिल्लाहरुमा पुग्दा यि सामाग्रीहरु एक हजार देखि दुई हजारमा बिक्री हुने गर्दछन् जंगलमा पाइने निगालोको चोयाबाट उत्पादन हुने डोको एकदेखि चार किलोग्रामसम्म हुने गर्छ । डोको बुन्ने सीप भएकालाई बुन्न सजिलो हुने गरेको भए पनि जंगलमा गएर निगालो संकलन गर्न समय लाग्ने र दुःख हुने हुन्छ । निगालो संकलनको लागी पुरै एकदिन जम्मै लाग्ने गर्दछ ।पहिलाको भने जस्तो नजिक निगालो भेटाउन सकिदैन,टाढाटाढा धाउनु पर्ने बाध्यता हुन्छ । जिल्लामा निगालोबाट डोका, डाला, छुन्का, सुप्पा, खार्या, छाप्री, पाथो, थुन्को लगायतका सामग्री
निमार्ण गरीने गरीन्छ । यि निमार्ण गरीएका सबै सामाग्रीहरुको अहिले छिमेकी जिल्लामा माग ह्वात्तै बढेको छ ।

जिल्लाको बिभिन्न ठाँउबाट हुदै हुम्लाको ताँजकोट, अदानचुली गाउँपालिका, सर्केगाड गाउँपालिकाको गिउसीसम्म गायत चिन सम्म यि सामाग्री पुग्ने गरेका छन्। जिल्ला बाजुरामायहि निगालोबाट निमार्ण गरीएका सामाग्रीको बिक्री बाट कतिपयहरुले परवार धाीरहेका छन्। आफैले डोको बुनेर बेचे मनग्य नाफा कमाउन सकिन्छ तर समयको परिर्वतन भएसंगै अहलिेको समयमा बजारमा प्लाष्टिकका डोको, डालो आकारका सामग्री आयात भएका कारण यि परम्परागत सामाग्रीहरुमा असर पर्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!