बाजुराः एमाले स्थायी कमिटी सदस्य तथा पुर्व उद्योग मन्त्रि समेत रहनुभएका कर्णबहादुर थापाले आफु दुई महिना जति जिल्ला सदरमुकाम मार्तडीमा बस्ने हो भने पार्टीभित्र भ्रमको खेती गर्ने, अराजकता र अनुशासन हिनता गर्ने जो कोहिलाई पनि बाटोमा हिड्न नसक्ने बनाउने बताएका छन। हिजो जिल्ला सदरमुकामको बडिमालिका नगरपालिकामा आयोजना गरीएको एमालेको एक पक्षिय कार्यक्रममा मन्तब्य राख्दै उहाँले यस्तो बताएका हुन। पाटीलाई नराम्रो दृष्टिले हेर्न खोज्ने,पाटी भित्रका अन्य मान्छेहरुलाई भाँड्न खोज्ने,पाटीका क्रियाशिल अन्य ब्यक्तिहरुले भनेको नमान्ने जा कोही भए पनि उनलाई आफु दुई महिना मार्तडी बस्यो भने बाटोमै हिड्न नसक्ने अबस्थामा पुर्याउने उनले बताएका हुन्। अहिले जिल्लामा पाटीभित्र अराजकता,पाटीभित्रका मानिसहरु बिच मनमुटाव,रिसराग,जस्ता अन्य नराम्रा प्रबृति बढ्दै गएको बताउदै अब त्यस्तो हुन नदिन वा त्यस्तो हुन दिने पाटीलई खलल पुर्याउने काम गरेमा आफुले समस्यामा पार्न सक्ने बताएका छन ।
हिजो सदरमुकाम मार्तडीमा पूर्व मन्त्री समेत रहेका एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको निर्देशनमा कार्यक्रम आयोजना गरिएको थियो । तर उक्त कार्यक्रममा केन्द्रिय सदस्य समेत रहेका लालबहादुर थापा पक्षले बहिस्कार गरेका छन् । बाजुरा ईन्चार्ज भैरवबहादुर सिंह समेत मार्तडीमै भएपनि उनी पनि कार्यक्रममा गएनन् । कर्ण थापा समूहले कार्यक्रम गरिरहँदा लालबहादुर थापा समूह उनँकै निवासमा जमघट भएका थिए । कार्यक्रमको आयोजकमै पनि विभाजित भएका छन् । बडिमालिका नगर कमिटीको आयोजना भनिए पनि नगर अध्यक्ष धर्मराज पाध्याय लगायतले कार्यक्रम बहिस्कार गरेका थिए । नगर कमिटिका उपसचिव कालुु रावलको अध्यक्षतामा पार्टी कार्यालयमै कार्यक्रम सञ्चालन गरिएको थियो । एमालेबाट निर्वाचित स्थानीय तहका बहुसंख्यक जनप्रतिनिधिहरु समेत स्थायी कमिटि सदस्य कर्ण थापाको कार्यक्रममा अनुपस्थित रहेका थिए ।
पाटी भित्र यस्तो खिचातानी हुँदा पार्टी थप कमजोर बन्दै जाने समेत उहाँले बताएका थिए । एकै पाटीभित्र पनि यति मनमुटाव रिसराग,कसैले पनि सक्रियता नदेखाए पार्टी झन खस्कीदै जाने समेत उनले बताएका हुन । हिजै आयोजना गरीएको कार्यक्रमा अन्य शिर्ष पाटीकै नेताहरुको उपस्थित नभएकोमा आफु आक्रोषित भएको समेत उनले बताए । आयोजित कार्यक्रममा स्थायी कमिटि सदस्य थापाले पार्टीभित्र देखिएका घटनाक्रम र प्रवृतिहरुको मसिनो गरी चर्चा गरेका छन् । जिल्लामा एमाले भित्रको विवादको गहिराई स्पष्ट बढ्दै गहिको समेत उनले बताए । थापाले पार्टीभित्र भ्रमको खेती, अराजकता र अनुशासन हिनता देखिएको बताए । यदि पार्टीलाई सपार्न आँउदैन् भने बिर्गान पनि कोहि नलाग्नु भनेर समेत उनले भनेका थिए । नगर अध्यक्ष समेत कार्यक्रममा उपस्थिति नभएको पनि थापाले आक्रोस व्यक्त गरेका थिए । ‘अध्यक्ष प्रति आक्रोस ब्यक्त गर्दे अध्यक्षको कसैको नीजि पद पनि होइन्् , जिल्ला कमिटिको निर्देशन मान्नु पर्दैन भनेर उनले भनेका थिए । पार्टी भित्रै पाटीका मानिसहरुले निहुँ खोजीरहेको उनले बताए । यहाँ पार्टीलाई विभाजन र भाँडभैलो गराउन खोजिएको छ । पार्टीमा केही यस्ता व्यक्तिहरु छन् जसले अनिवार्य रुपमा गुट खडा गर्ने र विभाजन गरिरहेका छन् उनले बताए ।
‘सही कुरा बुझेर सही कुराका पक्षमा उभिनुस्’ थापाले भने ‘साँचा कुरा गर्नु ठीक लाई ठीक बेठीकलाइ बेठीक भन्नु पर्छ । विभेदकारी ढंगले अघि बढ्ने कुरा ठीक हुदैन ।’ जिन्दगीभरि कसैको काम बनाउने मात्रै काम हुने र कसैको बिगार्ने मात्रै काम हुने भए पार्टी नबन्ने उनको भनाई थियो । ‘मलाई गुट गरिरहनुु जरुरी छैन । यिनका दश ओटा पद हुनु र मेरो केहि नहुुनु एकै हो भन्दै अक्रोस हुँदै बोलेका थिए ।