बाजुराः बाजुरा नेकपा एमालेका दुई नेता एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा र नेकपा एमाले केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज लाल बहादुर थापा बिचको चरम गुटबन्दीका कारण सिंगो पार्टीलाई असर पर्दै गएको देखिएको छ ।दुबै नेता बिचको विवाद निकै सतहमा पुगेको छ । नेकपा एमाले बाजुराको जिल्ला अधिबेशन नजिकिए सगै दुई थापा बिचको गुटबन्दी तथा दुरी बढ्दै जाादा पाटीलाई निकै असर पर्ने देखिएको छ । दुई थापाहरुको गुटबन्दीका कारण सिंगो पार्टीलाई नै असर देखिएको एमाले कार्यक्रताहरुको भनाइ रहेको छ ।दुई थापाका नेता कार्यकर्ता अहिले एक अर्काको बिरोधमा उत्रिएका छन् । एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले पालिकामा कार्यकर्ता भेटघाट गरेको कार्यक्रममा लाल बहादुर थापा पक्षधरका नेता तथा कार्यकर्ताहरु सहभागी नै नभएको पाइएको छ ।
एमाले स्थायि कमिटी सदस्य कर्ण बादुर थापा बाजुरा पुगिसकेपछि जिल्लाका बिभिन्न् पालीकाहरुमा कार्यक्रर्ता भेटघाट तथा छलफल कार्यक्रममा सहभागि भए । तर अर्का नेता लाल बहादुर थापा तिरका पक्षधरहरु भने सहभागी नै नभएको पाइएको छ । गौमुल गाउँपालिकामा स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाको कार्यक्रर्ता भेटघाट कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि पार्टी उपसचिब हरि बहादुर रोकाया, गाउँ कमिटि अध्यक्ष देब बहादुर रोकाया लगायतले बहिष्कार गरेका थिए । पालिकामा स्थायी कमिटि सदस्य आउँदा लाल बहादुर थापा समर्थक नेता तथा कार्यकर्ता सहभागि मात्र भएनन्, अरुलाई समेत नजान निर्देशन दिएको
एमाले एक स्रोतले जानकारी दिएको छ ।
हिजो सदरमुकाम मार्तडीको बडिमालिका नगरपालिकामा बडीमालिका नगर कमिटिले एमाले पार्टी कार्यालयले स्थायी कमिटी कर्ण थापाको प्रमुख अतिथिमा गरेको कार्यक्रममा लाल बहादुर थापा समर्थक नेता कार्यकर्ताले बहिष्कार गरेका छन्,अर्थात लाल बहादुर थापा तिरका पक्षधरहरु सहभागी नै भएनन् । नगर कमिटि अध्यक्ष धर्मराज पाध्याय सदरमुकाम मार्तडीमा हुँदा पनि कार्यक्रममा सहभागी भएनन् । कार्यक्रमको अध्यक्ष नगर कमिटि उपसचिब कालु रावलको अध्यक्षता भएको थियो । लाल बहादुर थापा निकट मानिने पार्टी कार्यालय सचिव काशी विक लगायत जिल्ला कमिटि सदस्य तथा नगर कमिटिका पदाधिकारी पनि सो कार्यक्रममा सहभागि भएनन् ।
लाल बहादुर थापाले नेता तथा कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिएको बताइएको छन । बडीमालिका नगर कमिटिले आयोजना गरेको कार्यक्रममा संविधान सभा सदस्य बसुन्धरा रोकाया, एमाले जिल्ला कमिटी सचिव भरत थापा लगायत कर्ण थापा समर्थक नेता तथा कार्यकर्ता मात्र सहभागी भएको पाइएको छ । । जिल्ला कमिटी उपसचिवद्धय हरि बहादुर रोकाया र जनक कुमार बोहोरा लगायत जिल्ला स्तरका नेता सदरमुकाम मार्तडीमा भएपनि कार्यक्रममा सहभागी भएका थिएनन् ।एउटै पाटी भित्र बिभिन्न गुटका कारण एकले अर्कोलाई खिचातानी गरीरहेको हुँदा यस्तो अबस्थाले सिंगो पाटीलाई समेत निकै धक्का पुग्ने देखिएको छ । पाटीभित्रकै मानिसहरुमा को भन्दा को कम भन्ने मनसायले पाटीलाई असर पर्ने देखिएको हो ।
सदरमुकाम मार्तडीमा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य थापाले पार्टी भित्र गुटबन्दि मौलाउदै गरेको बताएका थिए। यसरी पाटी भित्रै गुट उपगुट हुँदा पार्टीलाई असर पर्ने समेत उनले बताएका थिए । यसरी गुट उपगुट गरेर एकाको खेदो अर्कोले खनेर केहि फाइदा नहुने बरु मिलेर अगाडी बढे सिंगो पाटीलाई सहजता मिल्ने उनको भनाई थियो । उनले कार्यक्रममा बोल्दै यति पनि भनेका थिए यसरी पाटीभित्र गुट उपगुट गरेर,नराम्रो मनसायले पाटीलाई हेरेर,पार्टीभित्र भ्रमको खेती गर्ने, अराजकता र अनुशासन हिनता गर्ने जो कोहिलाई पनि आफुबाटोमा हिड्न नसक्ने बनाउने समेत बताएका थिए । अहिले दुई थापा बिचको विवाद सतहीमा पुगेपछि कार्यकर्ता बिच खुलेआम विरोधमा भईरहेको छ । केही कार्यकर्ता भने यसले पार्टीलाई अन्योलमा पारेर पार्टी कमजोर बनाउने बताउदै आएका छन् ।