धन बहादुर बोहरा : बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ५ खोयाका रत्न दमाई क्यान्सरबाट ग्रसित भएर टाटा मेमोरियल अस्पतालको वेडमा छट्पटी रहेका छन ।
उपचार गर्ने पैसाको नहुदा टाटा मेमोरियलस अस्पतालको बेडमा उपचारको रहेका छन । लामो समय देखि भारतको महाराष्ट मुम्बैमा ज्याला मजदुरी गरेर घरपरिवार पाल्दै आउनु भएका रत्न नेपाली क्यान्सरले गर्दा कमाएर सबै पैसा उपचार गर्दा सकिएपछि अहिले उपचार गर्ने पैसा जुटाउन मम्बैमा रहेका नेपालीले रन्त दमाई बचाउ अभियान संचालन गरेका छन ।
सानै उमेरमा भारतको मम्बैमा काम गर्दै आउनु भएका दमाईलाई एक्कासी क्यान्सर देखिएपछि सबै घरपरिवारले समेत हार खाई सकेका छन । अब हामीले कसरी बचाउने हो हामी संग भने अनुसार पैसा पनि छैन एक दिनमा तीस चालीस हजार रुपैया लाग्ने गर्छ त्यति ठूलो रकम जुटाउन मुस्किल भएको पारिवारीक स्रोतले जनाएको छ ।
सबै अस्पतालमा उपचार गराउदा भएको सबै पैसा सकिएर अब डाक्टरले भनेर अनुसारको उपचार गर्ने पैसा नहुदा क्यान्सर पिडी नेपाली टाटा मेमोरियलस अस्पतालको बेड मुनि छट्पटाई रहेका छन । आर्थिक अबस्था कम्जोरका कारण डाक्टरले भने अनुसार पैसा ब नसकेको आफन्तले जानकारी दिनु भएको छ ।