बाजुरा– नेपाली काँग्रेस बाजुराका पुर्व पाटी सभापति कविराज पण्डितले गएको आइतबार भएको आगलाी पीडित दुई घर परिवारलाई खाद्यान्न र कपडा सहयोग गरेका छन । जिल्लाको बडिमालिका नगरपालिका–१ नुवाकोट बस्ने आनन्द लुहार र जयबिरे लुहारका २ वटा घरमा आईतवार दिउँसो आगलागी भएर पुर्ण रुपमा नष्ट भएका थिए ।
तत्कालको समस्या टार्न भनी पुर्व पाटी सभापति पण्डितले कपडा र खाद्यान्न वितरण गरेको नेपाल प्रेस यूनियन जिल्ला साखा बाजुराका पुर्व सचिब प्रशान्तराज जोशीले बताएका छन । पीडामा परेका ब्यक्तीहरुको घाउमा मलम लगाँउनु पर्छ भन्ने भावना भएक नेता पण्डितले बडीमालिका नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष कृष्ण बहादुर कार्की, जाल्पा देबि उ.मा.ब.बि. का शिक्षक हेमराज पण्डति, त्रिभुवन प्रा.वि.का प्र.अ. कर्ण बहादुर बि.क. लगायतका मान्यजन्य ब्यक्ति र वडा बासीहरुको उपस्थितिमा उक्त सामाग्री बितरण गरिएको थियो ।
आगलागीबाट लाखौँको क्षेति भएर घरबार बिहिन भई बिचल्ली भएको यो बिकारल समयमा आफुहरुलाई थोरै भए पनि सहयोग गरेकोमा पीडितले धन्यबाद ब्यक्त गरेका छन । आइतबार दिउसो एकाएक भएको आगलागीबाट घर भित्र रहेका लत्ताकपडा, खाद्यन्न, भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएका थिए ।
आगलागीबाट मानविय र चौपाया क्षेती केहि नभएको र आगलागी हुँदो ठुलो नोक्सान भएको थियो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको हो । आगलागीबाट पीडित दुबै घर परिवारलाई क्षति पुर्तिका लागि जिल्ला रेटक्रस बाजुरा, बडीमालिका नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई सहयोगका लागि अनुरोध गर्ने पुर्व पार्टी सभापति पण्डितले बताएका छन ।