गोबिन्द्र राज तिमिल्सेना,बाजुराः यु.के निवासी समाजसेवी पुष्पा राईको आर्थिक सहयोगमा जिल्लाको बुढीनन्दा नगरपालिका कोटिलामा रहेको बागेश्वरी आधारभुत बिद्यालयका कक्षा १ का २५ जेहेन्दार विद्यार्थीलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री बितरण गरीएको छ ।आज एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेस कि नेतृ सामाजिक अभियान्ता रीता शाहिले बागेश्वरी आधारभुत बिद्यालय कक्षा १ मा अध्ययनरत २५ जना बिद्यार्थिहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गर्नुभएको हो । सामाजिक अभियान्ता शाहीको पहलमा यु.के निवासी पुष्पा राइको आर्थिक सहयोगमा उक्त स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको अभियान्ता शाहीले जानकारी दिनुभएको छ ।
आज भन्दा केहि समय पहिला पनि उक्त बिद्यालयमा अध्ययनरत ४० जना बिद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको थियो भने फेरी पनि बिद्यालयमा कक्षा १ मा अध्ययनरत २५ जना ससाना बिद्यार्थीहरुलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री कापि कलम हस्तान्तरण गरिएको छ।अहिले छुटेका बिद्यार्थिहरुलाई फेरी अर्को चरणमा सामाग्री बितरण गरीने सामाजिक अभियान्ता रीता शाहीले बताएकी छन् । विगत लामो समय देखि देशभरका विभिन्न जिल्लामा सहयोग गर्दै आउनु भएकि समाजसेवी राइले बाजुरामा यो भन्दा पहिले पनि धेरै पटक विभिन्न क्षेत्रमा सहयोग गरिसक्नु भएको छ ।भने फेरी पनि सामाजसेवी राईले कोटिलाका बागेश्वरी आधारभुत बिद्यालयमा अध्ययनरत २५ जना जना बिद्यार्थी भाईबहिनीहरुलाई केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ स्कुल ब्याग र स्टेशनरी सामाग्री सहयोग गर्नुभएको छ ।
बागेश्वरी आधारभुत बिद्यालय कोटीलाका २५ जना बिद्यार्थीहरुलाई नेपाली काङ्ग्रेस कि नेतृ तथा सामाजिक अभियान्ता रीता शाहिले स्वयम् आफै त्यहाँ पुगेर स्कुल ब्याग र स्टेशनरी सामाग्री हस्तान्तरण गर्नुभएको हो । बिद्यालयमा अध्ययनरत स-साना बिद्यार्थीहरुलाई केहि सहजता मिलोस् भन्ने उदेश्यका साथ समाजसेवी पुष्पा राईको आथिक सहयोगमा आफुले बिद्यार्थी भाई बहिनीहरुलाई सामाग्री बितरण गरेको अभियान्ता शाहीले बताएकी छन् । आफुले क,ख अक्षर चिन्न सुरु गरेको बिद्यालयका स-साना बिद्यार्थी भाईबहिनीहरुलाई सामाग्री बितरण गर्न पाउँदा खुसी लागेको शाहीले बताएकी छन् । साथै सामाग्री बितरण गर्ने अबसर दिनुभएकोमा समाजसेवी पुष्पा राईलाई अभियान्ता शाहीले धन्यबाद दिएकी छन् ।
ब्यबस्थापन समिति , बिद्यालयका अन्य शिक्षक,शिक्षिका,अभिभावक लगायतको उपस्थितमा उक्त स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको सामाजिक अभियान्ता रीता शाहीले जानकारी दिनुभएको छ । बिद्यालयका ससाना बालबालीकाहरुलाई सहयोग गरी दिएको प्रति बिद्यालयका शिक्षक,शिक्षिका,अभिभावक लगायतले समाजसेवी पुष्पा राईलाई धन्यवाद दिएका छन् ।साथै उक्त सामाग्री बितरण गर्न सहयोग गर्ने अभियान्ता शाहीलाई पनि बिद्यालय परिवारले धन्यबाद दिएको छ ।