युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
147 पटक पढिएको

धनगढी– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहको गृह जिल्ला बाजुरामा अधिकांश बजेट विनियोजना भएको आरोप लागेको छ।

पूर्वाधार कार्यालय अछाम मार्फत कार्यान्वयन हुने योजनाको संख्या र रकम समेत धेरै रहेको पाइएको हो। अर्थ मन्त्री शाहको गृह जिल्ला तथा एमाले नेता भीम रावलको प्रभावका कारण अन्य जिल्लाको तुलनामा अछाम र बाजुरामा पूर्वाधारका अधिकांश योजना राखिएको प्रदेश सभा सदस्यहरुले बताएका छन्।

बाजुरा र अछामका पूर्वाधारका योजनाहरुमा रकमसमेत धेरै राखिएकाले बजेटमा समेत प्रदेशको अर्थ मन्त्री शाह र नेता रावलको प्रभाव देखिएको आरोप लागेको हो। प्रदेश सभा सदस्य भरतबहादुर खड्काले पूर्वाधारको बजेटमा आधार रकम अछाम र बाजुरा गएको बताए। उनले भने, ‘योजना प्रदेशको विकासको लागि छैन्। प्रदेशको सम्बृद्धिका लागि छैन्। कार्यकर्ता खुसी पार्न ल्याएको छ। कम्पनीहरुलाई खुसी पार्न ल्याएको हो।’ बाजुरा अर्थमन्त्री शाहको जिल्ला भएर बढी पूर्वाधारका योजनामा रकम गएको र अछाममा एमाले नेता भीम रावलको प्रभावले बढि बजेट गएको खड्काले बताए।

सुदूरपश्चिम सरकारका प्रादेशिक गौरवका सडकहरुमा समेत न्यून बजेट विनियोजन गरिएका बेला अछाम तथा बाजुराका पूर्वाधारका योजनाहरुमा भने धेरै रकम विनियोजन गरिएको हो। पूर्वाधार कार्यालय अछाम मार्फत कार्यान्वयन हुने अधिकांश  योजनाहरुमा १० करोड बढी रकम विनियोजन गरिएको छ।

तर प्रादेशिक गौरवका सडकका लागि कैलालीमा एक करोड, कञ्चनपुरमा ३ करोड १० लाख, बैतडीमा साढे ३ करोड, दार्चुलामा साढे ३ करोड, अछाममा २ करोड, बझाङमा एक करोड ७५ लाख विनियोजन गरिएको छ। तर अर्थ मन्त्री शाहको गृह जिल्ला बाजुरामा २६ करोड ९४ लाख विनियोजन गरिएको छ। प्रदेशका नौ वटै जिल्लाको तुलनामा अछाम र बाजुरामा धेरैरकम विनियोजन गरिएको भन्दै प्रदेश सभा सदस्यहरुले नै बिरोध गरेका छन्।

सुदू्रपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिँह बोहराले प्रदेश सरकारको दीर्घकालिन सोचका साथ बजेट नआएको बताए। उनले प्रादेशिक गौरवका सडक योजनाहरुमा न्यून बजेट विनियोजन हुनु र अछाम–बाजुराका पूर्वाधारका योजनाहरुमा बढी रकम विनियोजन हुनु शक्तिको दुरुपयोग भएको बताए।

उनले भने, “यो बजेट यस्तो झुर, यस्तो कम्जोर, लक्ष्य बिहिन छ। स–साना रकमका योजनाहरु राखेर किताब मात्र भर्न काम गरिएको छ। हजारौ योजनाहरु बनाइएको छ। आवस्यक बजेट विनियोजन गर्नुपर्ने जस्ले जनतालाई र सुदूरपश्चिमको विकासलाई टेवा पुग्ने योजना ल्याउनुपर्ने। तर प्रदेश गौरवका योजनाहरुमा एक करोड छ। अछामको एक गाउँका टोलको सडकमा ६ करोड छ।” प्रादेशिक गौरवका सडकका लागि चालु आर्थिक वर्षमा १० करोड भन्दा तलका योजना समावेश नगरिएको उनले बताए। प्रादेशिक गौरवका योजनाहरुको महत्व सुदूरपश्चिम सरकारले नबुझेको उनले बताए।

सुदूरपश्चिमका अर्थ मन्त्री प्रकाश शाह र एमाले नेता भीम रावलको सुदूरपश्चिमको बजेटमा प्रभाव देखिएको हो। नेता रावलको घर जाने सडक कालोपत्रेका लागि मात्र ६ करोड विनियोजन गरिएको छ। अछामको साँफेबगर नगरपालिकाको बयलपाटा माझका पीपलदेखि नदुकाना–कालाआम–डोटै–ल्याङमाता सडक कालोपत्रेका लागि ६ करोड छुट्याइएको हो।

प्रादेशिक गौरवका सडक योजनाका लागि एक करोड बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा एमाले नेता रावल र अर्थ मन्त्री शाहको प्रत्येक प्रभाव देखिएको अन्य प्रदेश सभा सदस्यहरुले आरोप लगाएका हुन्।

तर सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले बजेटमा देखिएका त्रृटि सच्याउने बताएका छन्। उनले प्रदेश सभामा बजेटमाथिको छलफलका क्रममा आएका गुनासाहरुलाई सम्बोधन गर्ने बताएका हुन्।

सुदूरपश्चिमका अर्थ मन्त्री शाह भीम रावल निकट हुन्। अहिले सुदूरपश्चिमका १७ जना प्रदेश सभा सदस्य एमालेको माधवकुमार नेपाल– झलनाथ खनाल निकटका छन्। सुदूरपश्चिम प्रदेश सभामा रावल निकटका प्रदेश सभा सदस्यहरुको संख्या धेरै भएकै कारण उनको निर्वाचन क्षेत्र र शाहले आफ्नो निर्वाचन क्षेत्रामा अत्यधिक बजेट विनियोजन गरेको पाइएको छ।

अर्थ मन्त्री शाहले ३० अर्ब ३३ करोडको बजेट प्रदेश सभामा असार १ गते प्रस्तुत गरेका थिए। बुधबारको प्रदेश सभामा बजेट माथिको छलफल प्रतिपक्ष दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बिरोध गरेका थिए।

वार्षिक विकास कार्यक्रम २०७८रण्७९

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!