युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
106 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः नेपालको सबैभन्दा कम बिकशित प्रदेश सुदुरपश्चिम त्यसै प्रदेशका ९ वटा जिल्लाहरू मध्ये अझै कम बिकशित बाजुरा जिल्ला विकासका दृष्टिकोणले देशका ७७ जिल्ला मध्ये पिछडिएको जिल्ला हो । ९ वटै जिल्लाका पर्यटकिय क्षेत्रमध्ये आफ्नो छुट्टै नाम कमाउँन सकेको जिल्लाको गहना बुढीनन्दा ताल जुन प्राकृतिक हिसाबले निकै नै धनी रहेको छ । बुढीनन्दा प्राकृतिक सौन्दर्यताको कुनै ब्याख्या बिश्लेषण गर्न सकिदैन्। बुढीनन्दा प्राकृतिक हिसाबले जति धनी भएपनि त्यसपछाडि बिकाशका हिसाबले त्यति नै पछाडी परेको धार्मिक तथा पर्यटकिय स्थल हो । प्राकृतिक रुपले धनी भए पनि भौगोलिक हिसाबले अगाडि रहे पनि बुढीनन्दाको छुट्टै दुःख पीडा,ब्यथा अनि बिकाशका पुर्वाधारका हिसावले निकै नै पछाडि परेको क्षेत्र हो । बुढीनन्दामा सुन्दरताको पछाडी त्यति नै दुःख पीडा, ब्यथा रहेको छ जसको सुनावाई अहिलेसम्म पनि हुन सकेको छैन् । बुढीनन्दा बाजुरा जिल्लाकै एक ऐतिहासिक तथा धार्मिक शक्तिपिठ हो । १५ हजार फिट उचाईको पहाडमा अबस्थित बुढीनन्दा ताल क्या मनमोहक रहेको छ ।

प्राकृतिक सौन्दर्यताले पनि त्यति नै धनी बुढीनन्दा क्षेत्र बाजुराको एक बडिमालिका पछिको गहनाको रुपमा लिन सकिन्छ । बिकाशका दृष्टिकोणले बडिमालिका भन्दा पनि बुढीनन्दा निकै पछाडी परेको क्षेत्र हो । बुढीनन्दा बडिमालिका भन्दा पनि बिकट र बढी उचाईमा रहेको क्षेत्रको रुपमा चिनिन्छ ।भौगोलिक हिसाबले निकै पछाडी परेको बुढीनन्दा क्षेत्रमा अझैसम्म पनि राज्यको नजर भने जान सकेको छैन् जसले गर्दा बुढीनन्दाको पर्यटन पर्बद्धनमा सहयोग पुग्न सकेको छैन् । नङ्गा डाडापाखा,सेताम्य हिउँको तन्नामा सुतिरहेका लहरबद्द दन्त मिले जस्तै मिलेका हिमाल,कलकल बग्ने स– साना खहरे खोला,नौरङ्गे साडिमा उनिएकी अप्सरा जस्तैः रमाइरहेका हिमाल,बिहानी पखको सुर्यको किरणमा देखिने टलटल टल्किने लोभलाख्दा डाडापाखा,सान्त वातावरण,स्वच्छ हावापानी, पहाड भित्र लुकेको अर्को नयाँ सन्सार,बिचित्रताको खानी, सौन्दर्यका हिसाबले स्वर्ग जस्तैः लाग्ने रमाइला ठाउँ जसलाई सोन्दर्य भनेर हामी चित्रण गर्ने गर्छौ । त्यस्तै सबै सम्भावना बोकेको पहाड भित्र लुकेको अर्को नँया संसार ‘बुढीनन्दा ताल ” पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ तर राज्यको नजर अझै पर्न नसक्दा ओझेलमा रहेको बुढीनन्दा प्राकृतिक तथा धार्मिक हिसाबले निकै धनी रहेको छ । धार्मिक तथा ऐतिहासिक हिसाबले मात्रै नभई पर्यटकका हिसाबले पनि प्रचुर सम्भावना बोकेको बुढीनन्दा क्षेत्र बाजुरा जिल्लाको एक हिरा हो ।१० महिना सेतो हिँउको घुम्टोले नै ढपक्क ढाकिने बुढीनन्दा ताल वरपरको सुन्दर प्राकृतिक वातावरण,सेताम्य हिउँको तन्नामा लडिबुडी खेलिरहेका ति हिमालहरु,लहरैबद्ध पहाडै पहाडको शहरले बुढीनन्दाको थप शोभा बढाएका छन् ।

प्राचिन कालमा कोही दानवका लागि महत्वको बोकेको बुढीनन्दा क्षेत्रमा अहिले दर्शनार्थीहरु आफ्ना सम्पुर्ण परिवारको सुख शान्ति,पापहरु नष्ट गर्नको लागी बुढीनन्दा जाने गरेका छन् ।भौगोलिक हिसाबले निकै धनी रहेको बाजुरा जिल्ला त्यसमै बुढीनन्दा तालले थप बाजुराको पहिचान शिरमा पुर्याउन सहयोग गरेको छ । बुढीनन्दा ताल जति प्राकृतिक हिसाबले धनी भए पनि यसको पर्बटन पर्बद्धनको लागी स्थानिय सरकारले केहि चाँसो देखाएको भएपनि सरकारले भने बेवास्ता गरेको छ ।बुढीनन्दा देवी मन्दिरसँगै चट्टान नै चट्टानको बीचमा ठूलो ताल रहेको छ । यस वरिपरि अरु ९ वटा ताल पनि छन् । मुख्य तालको उचाई समुन्द्री सतहबाट ४५८१ मिटर रहेको छ ।बुढीनन्दाका क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण समेत हो । मुख्य तालको वरिपरी परिक्रमा गर्न झण्डै डेढ घण्टा जति लाग्ने स्थानियको भनाई रहेको छ । बुढीनन्दा ताल ठूला पहाडको बीचमा गोलो आकारमा रहेको छ । यस क्षेत्रमा फूलदह, चरीताल, कैलाश ताल, राक्षेशीताल, मष्टातला, सुनन्दा ताल, बुढीनन्दा ताल लगायतका नौवटा ताल रहेका छन् ।सुदुपश्चिम प्रदेश बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगमा पर्र्ने बुढीनन्दा ताल पहाड भित्र लुकेको अर्को नँया संसारको रुपमा लिन सकिन्छ । पछिल्लो समयमा बुढीनन्दाको दर्शन गर्ने बेलामा दर्शन गर्ने दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ ।बाजुरा जिल्लाको बिकट क्षेत्रमा प्रर्ने बुढीनन्दा क्षेत्रमा साउन भदौको महिनामा तिर्थयात्रीहरुको भिड लाग्ने गरेको छ । प्रकुतिको एक गहनाको रुपमा रहेको बुढीनन्दा श्रेत्रलाई लिन सकिन्छ। तालको वरपर ससाना अन्य तालहरुले बुढीनन्दाको वातावरण पनि मनमोहक बनाइदिएको हुन्छ । चिसो चिसो हावाले मननै बहकिने, यादहरु हावाले उडाएर कताकता लगिदिने, कतै पहाडका टाकुराले आफुलाई नै बोलाइरहेको आबास हुने सो तालले बाजुराकोे प्राकृतिक सौन्दर्यतामा सहयोग गरेको भए पनि सरकारको ध्यान नजाँदा बुढीनन्दाको पर्यटन पर्बद्धन हुन सकेको छैन् । जिल्ला सदरमुकाम मार्तडीबाटबाट करिब पाँच छ दिनको पैदल यात्रा पछि सो श्रेत्रमा पुग्न सकिन्छ ।

बाटो यदाकदा अप्ठेरो, पहाडको बाटो र साँघुरो भएकाले त्यहाँ पुग्न खासै सजिलो भने छैन ।कठिन परिस्थित हनुसार मात्रै बुढीनन्दाको दर्शन गर्न सम्भव रहेको छ ।पर्यटकको मन लोभ्याउने त्यस तालको पानि साइबेरीया स्थित बैकाल तालको पानि भन्दा कम छैन,त्यसैमा झन सुर्यको प्रकाश पर्ने हो भने त्यस तालबाट हरेक दृश्य अवलोकन गर्न सकिन्छ । चारैतिरको वातावरण सुन्दर बाक्लो कुहिराले ताललाई ढाकिरहेको दृश्य देख्दा कसको मन लोभ्याउदैन र । यस तालबाट हरेक प्रकारका चिज बस्तुहरु प्राप्त गर्न सकिन्छ ।मौषम परिर्वतन हुने हुँनाले यस श्रेत्रमा जान निकै असहज रहेको छ । बुढीनन्दा क्षेत्र निकै बिकट ठाँउमा तथा राज्यको नजर पर्न नसक्दा चर्चामा भने आउन सकेको छैन यदि यो श्रेत्रको पर्यटन पर्बद्धन गरेर प्रचार प्रसार गर्ने हो भने बुढीनन्दा तालले बिश्वमा रेकर्ड बनाउँन सक्ने सम्भावना रहेको छ । साउन भदौको महिनामा तिर्थयात्राका लागी जाने भक्तजनको ठुलो घुँइचो त्यहाँ लाग्ने गर्दछ । त्यहाँ गएर बुढीनन्दा माईको दर्शन गरेमा सबै प्रकारका पाप नस्ट हुने,सोचेको मनको चाहाना पुरा हुने,घरपरिवारमा सुखशान्ति छाउने,दुखकस्ट हटेर जाने,मनमा भगवानको बाश हुने,जिन्दगीको यात्रा सफल हुने,चाहेको र आँटेको काम पुरा हुने किबदन्ती अनुसार सबै भक्तजनहरु साउन भदौको बर्षातमा रुज्दै भिज्दै त्यहाँ जाने गर्दछन । करिब चार पाँच दिनको लामो ठाँउठाँउको बसाइपछि भक्तजनहरु त्यहाँ पुग्ने गर्दछन । यात्रा जति नै कठोर भएपनि भक्तजनहरु माईको दर्शन गर्न भनेर जाने गर्दछन । सो तालको पानिले नुहाएमा कहिल्यै शरिरमा रोग ब्यादीले नछुने,मनको सोचेको इच्छा चाहना पुरा हुने,हरेक प्रकारका पापहरु नष्ट हुने प्राचिन धार्मिक बिश्वास रहेको हुदाँ सबै भक्तजनहरु बुढीनन्दाको दर्शनको लागी जाने गर्दछन् । एका बिहानै तालको पानिमा दर्शनार्थीहरुले डुबुल्की मारेर बुढीनन्दा माईको दर्शन गर्ने गरेका छन् । वरपरको डाँडापाखा जडिबुटीको सुगन्ध,कहालिदा भिरपाखाले मन नै खाने हँुदा यस ठाँउमा गई सकेपछि त्यहाँबाट यता आउन मनले मान्दै मान्दैन, किनभने खुट्टा चुम्बक झै त्यहि अडिरहन्छन । प्रकुतिको बिशाल धरातलमा रहेको बुढीनन्दा तालले बाजुराको गौरवलाई चिनाउँन मद्दत गरीरहेको छ ।

प्राचिन किबदन्ती अनुसार दुई सिकारी दाजुभाई सिकार खेल्न गएका रहेछन् उनिहरुले कस्तुरी मृग देखेछन् । कस्तुरी मृगलाई लखेट्दै जाँदा मृग भागेर लौणी विनायक पाटनमा चर्न पुगेछ। त्यहाँ पनि पुगेर बाण हान्न नसकी मृग गौगोठमा पुगेछ। यहाँ पुग्दा मृगको रुप छलि एउटा सन्यासी बाबाको रुप धारण गरि ती दुई जना शिकारी दाजुभाईको सामुुन्नेमा आई तिमीहरु कता जान्छौ रुमलाई नमार प्रत्येक बर्षको जनै पूर्णिमाको चतुर्दशीका दिनमा मेरो पुजाआजा गर्नु मेरो पुजाआजा गर्न दुखकष्ट गरि आउने मलाई सम्झिने सबै दर्शालु भक्तजनलाई मागेको बरदान दिने छु भनी अदृश्य भइन। ती दाजुभाईले सकेजतिको पुजाआजा गरि माईको शिलढुंगा चढाई तीलक, तोरन, फुलअक्षता, बनभैसीको सन्तान ल्याई सुनालिस्नीको ओरालो काटी गौगोठमा आफ्नो इच्छा अनुसारको बर मागी लौडी विनायक हुँदै पहिला बास बसेको छाप्रे ओडारमा धौली भण्डारमा फुलअक्षता चढाई खस्र्याङ्डी लाटा धवलपुरा स्थापना गरि चुनढुस्कामा पुगी जयजयकार गर्दै देवीको फुलअक्षता र प्रसाद घरमा भित्र्याए । अर्को दिन बर मागी कस्तुरी मृगलाई मार्न पछिपछि गएछन। त्यहाँबाट चणी दह पुगेछन। त्यहाँ जाँदा मृगले चणीदह परिक्रमा गरि धनभण्डार भन्ने ठाउामा पुगेछ। अघिअघि मृग पछिपछि शिकारी दाजुभाई जाँदा त्यो रुपधारण मृगले अनकन्टार भीरुको ढंगा फोरी भित्र पसेर गुप्त भएछ।दुई दाजु भाई भोकाएछन् नजिकै झारल आछ दाजुभाई झारललाई मारेछन् । भोकले जेठो दाजु सुतेछन् । तत्काल एक लामा आएर मेरो मृग किन मारेको भनेछरु बिप मन्तर गरी बिउँझाएछ । हामीले मारेको मृग तिमिलिे कनि लिने भनेछन् । उसले यसको सट्टा म वनभैसी दिन्छु भनेर बनभैसी छोडेर गएछ् । केहीबेर दाने शिकारी ब्युझिएछ। सुतेर उठेको शिकारी दानेलाई अबताररुपी मृगले सपना दिएछ। सपनामा म मृग होइन। बुढीनन्दा देवी हुँ। म तिमीलाई भोली विहान प्रतक्ष्य दर्शन दिन्छु। मेैंले रोजेको र बसेको ठाउँमा मन्दिर स्थापना गरि पुजाआजा गर्नु। तिमी मेरो माइती हौ। मलाई नमार म मृग होइन। रुप धारण गरेकी हुँ। प्रत्येक बर्षको जनै पूर्णिमाको चतुर्दशीका दिनमा मेरो पुजाआजा गर्नु भनी अदृश्य भइन। पछिल्ले दिनमा ति दाजुभाई पुजाआज गरेछन् त्यहि पुजाआजा गरेको ठाउँ बुढीनन्दा तालको उत्पति भएको मानिन्छ ।

त्योबेला बुढीनन्दा देवीले भने बमोजिम प्रत्येक बर्ष जनैपूर्णिमाको चतुर्दशीका दिन बुढीनन्दा माताको मन्दिरमा परम्परादेखी हालसम्म पुजाआजा गरिदै आइरहेको परम्परा छ ।पहिला उक्त क्षेत्रहरुमा बढीजसो राक्षसहरुको बसोबास रहेको र पछि एउटा कस्तुरी मुग त्यस श्रेत्रमा चरीरहेको रहेछ उक्त कस्तुरी मृगलाई राक्षसले देखेछन् उनले सोचे यो कस्तुरी मार्नु पर्छ । भन्दै मृगको पछाडी पछाडी गएछन त्यो मृग जता जान्छ ति राक्षसहरु पनि त्यतै गएछन । अहिले ताल बनेको ठाउँ नजिकै मृगलाई ति राक्षसहरुले बाण हानेछन् र मारेछन् केहि समयमै त्यहाँ अर्के प्रकारका भयाकंर डरलाग्दो वातावरण सिर्जना भएछ। ति राक्षसहरु त्यहाँबाटद अन्तै गएछन् पछि त्यहाँ तालको बिकसित भएको किबदन्ती रहेको छ । अहिले पनि त्यस क्षेत्रमा राक्षसको दह रहिरहेको पाइन्छ ।बुढीनन्दा ताल बिशाल पहाडको बिचमा रहेको छ । तालको तालको लम्बाई, चौडाई तथा गहिराईबारे आधिकारिक तथा विस्तृत अध्ययन भने अहिलेसम्म हुन सकेको छैन् तर राज्यबाटै यो पहल भएको खण्डमा बिश्वकै अग्लो स्थानमा रहेको ताल बन्न सक्ने स्थानियको अनुमान रहेको छ । बाजुरा जिल्लाकै चर्चित ताल बुढीनन्दा ताललाई सरकारले बेवास्ता गर्दा ओझेलमा परेको हो ।बुढीनन्दा तालको संरक्षणमा सम्बन्धित निकायको ध्यान नपुगेकाले अस्तित्व सङ्कटमा परेको स्थानयिको बुझाई रहेको छ । । तालको उचित मात्रामा संरक्षण नहुँनाले अहिले उक्त ताल झारपातm बुट्यानले ढाकिदै गएको छ । बुढीनन्दा तालहरुमा ससाना अन्य ताल र एउटा राक्षसी ताल रहेको छ । गाँउका स्थानिय भट्टीउला खोज्दै जाँदा उक्त ताल फेला पारेका थिए त्यस ताल अर्थात पहाडबाट राक्षसको सबै बृतान्त थाहा पाउन सकिने किबदन्ती रहेको छ । राक्षस दहको दृश्य देखेमा परिवारमा पीडा थपिने, देवी रिसाउने र मागेको बर नपाईने गरेको छ। मन्दिर नजिकै रहेको अर्को तालमा दर्शनार्थीहरुले नुहाउने, गर्छन्। उक्त दहमा नुहाए पापबाट मुक्त भइने र देवी खुसी भएर मागेको बर दिने भनाई रहेको छ।

साउन भदौको महिनामा कुहिराको घुम्टोमा सजिने पुश महिनामा हिउले नै सेताम्य हुने र जेठ बैशाखमा टिमिक्क नौरङगे साडीमा उनिएकी अप्सरा जस्तै देखिने यो बुढीनन्दा क्षेत्रले हरेक मान्छेको जिन्दगी परिर्वतन गर्दै आइरहेको छ । साउन भदौको महिनामा यात्रामा जाने यात्रुले भन्छन यो ताल बिश्वका सबै तालमध्येको एक हो जुन बैकाल तालको तसुलनामा कम छैन सबै तिर्थयात्रीहरुले बताउँने गरेका छन् । बुढीनन्दा धार्मिक तथा ऐतिहासिक हिसाबले निकै धनी क्षेत्र भएपनि बिकाशका दृष्टिकोणबाट उति नै पछाडी परेको क्षेत्र हो । यदि सरकारले कुनै गुरु योजना बनाएर बुढीनन्दाको पर्यटन पर्बद्धनमा ध्यान दिएको खण्डमा बुढीनन्दा मात्रै नभई जिल्लामा रहेका हरेक पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा सहयोग मिल्ने स्थानिय बताउँछन् । अहिले बुढीनन्दा क्षेत्र पर्यटक संगै संरक्षण, संम्वद्र्धन र प्रवद्र्धनको पर्खाइमा रहेको छ । त्यहाँ करिब १५ हजार फिट उचाईमा देवीको मन्दिर छ। मन्दिर पनि परापुर्खाहरुले ढुंगाले बनाएको छ।मन्दिरको लागी कुनै भौतिक संरचना निमार्ण गरीएको छैन् । बुढीनन्दाको तालको पानीमा नुहायो भने सबै पाप नष्ट हुने,रोग ब्यादीले नछुने धार्मिक परम्परा रहिआएको छ । बुढीनन्दा माताको दर्शनको लागी हजारौ संख्यामा तिर्थयात्रीहरु त्यहाँ पुग्ने गरेका छन् । बुढीनन्दा तालको बारेमा सरकारले बिस्तृत अध्ययन,अनुसंन्धान गरेर अगाडी बढेको खण्डमा तिलिचो तालको भन्दा पनि फरक मानिने बिश्वास स्थानियको रहेको छ । राज्यले कुनै खोजी गर्न नसक्दा धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्र टाढा बन्न पुगेको छ । सरकारले देखेपनि नदेखे जस्तो गरेर सौतनी ब्यबहार गरेजस्तो गर्नाले बुढीनन्दा पछाडी पर्दै आएको छ । भक्तजनहरुले सन्तान र धन प्राप्तिका लागि बुढीनन्दा देवीको दर्शन गर्ने गरेका छन्। बडिमालिका देवीले नदिएको बर बुढीनन्दा देवीले दिने धार्मीक विश्वास रहिआएकोले बुढीनन्दाको दर्शनको लागी तिर्थयात्रीहरु जाने गरेका छन् । बडिमालिकामा प्राकृतिक सौन्र्दयता संग घुलमिल हुन प्राय जाने गरेका हुन्छन् भने यता बुढीनन्दामा करिब दुई तिन घण्टा खाली खुट्टा हिडेर बुढीनन्दा माताको नाम जप्दै बर माग्ने गरेका छन् । निःसन्तानिलाई सन्तान, दुःखीलाई सुःख अन्न धन प्राप्त हुने विश्वास रहेकोले त्यहि बिश्वासरका आधारमा तिर्थयात्रीहरु कठिन परिस्थितका साथ बुढीनन्दा माताको दर्शनको लागी जाने गरेका छन् ।

गगनचुम्बी हिमाल अनि विशाल पाखा–पखेराले बुढीनन्दा क्षेत्र स्वर्ग जस्तै लाग्ने गरेको छ । बुढीनन्दामा पुग्ने जतिले पनि स्वर्गमा पुगेको अनुभव गर्ने गरेका छन् । नेपालका अधिकांश जमिनले त आकाशले नै ओगटेको छ १ अनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैं भन्न मन लाग्छ– के नेपाल सानो छ रुयस्तै सौन्र्दयताको धनी बुढीनन्दा त्यहि सानो नेपालको बाजुरा जिल्लामा रहेको धार्मिक तथा पर्यटकि क्षेत्र हो । जहाँ प्रचुर सम्भावना रहेको छ । बुढीनन्दाको दर्शन गरेपछि चिताएको पूरा हुन्छ भन्ने जनविश्वास छ । वर्षको अधिकांश समय यहाँ हिँउ पर्छ । मेला लाग्ने समयमा हरियाली हुन्छ । रंगीचंगी फूल फुलेका हुन्छन् । लेकाली भेगमा पाउने विभिन्न जडिबुटीहरु पाइन्छन् । यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको भए पनि प्रचारप्रसार र प्रवर्द्धन नपुगेको सरोकारवाला बताउँछन् । यसकारण मेलाबाहेक समय पुग्नेहरुको संख्या एकदमै कम हुने गरेको छ । भक्तजन तथा पर्यटकहरुलाई आवतजावत सहजताका छाप्रे पाटनमा अतिथि गृह भवन निमार्ण गरएिको छ । बुढीनन्दाको पर्यटन पर्बद्धनको लागी स्थानिय तहहरु लागी परेका छन् भने जिल्ला स्थित सरोकारवाला निकाय लगायत अन्यले बुढीनन्दाको प्रचारप्रसारको लागी आ आफ्नो ठाउँबाट महत्वपुणृ भुमिका खेल्दै आईरहेका छन् ।वाइल्ड बाजुराले पनि बुढीनन्दाको प्रचार प्रसारमा ठुलो भुमिका खेल्दै आईरहेको छ ।

बुढीनन्दाको दर्शनको लागी कसरी पुग्न सकिन्छ

बुढीनन्दा ताल बाजुराको बुढीनन्दा नगरपालिकामा पर्ने क्षेत्र हो । जहाँ जिल्ला सदरमुकाम मार्तडीदेखि चारदिन पैदल हिँड्नुपर्छ । ताल तथा मन्दिर रहेको ठाउँमा पुग्न आधादिन खाली खुट्टाले हिँड्नुपर्छ । बाटोमा दुईदिन बास बास्नुपछ। बुढीनन्दा पुग्न काठमाडौबाट नेपालगञ्ज र नेपालगञ्जबाट हुँदै कोल्टीको हवाई यात्रा गर्न सकिन्छ । कोल्टीदेखि अढाई दिनको यात्रा पछि बुढीनन्दा क्षेत्रमा पुग्न सकिन्छ । स्थानीयहरुका खर्क, धर्मशाला र केही ठाउँमा प्राकृतिक ओडारहरुमा बास बस्दै बुढीनन्दा पुग्न सकिन्छ । बाटोमा खाने बस्ने केहि पनि ब्यबस्था नभएकोले सबै आफै ब्यबस्था गरेर जानु पर्ने बाध्यता रहेको छ । धौली भडार, छाप्रे पाटन,खेतीबेतीको यात्रा हुँदै बुढीनन्दा पुग्न सकिन्छ । बुढीनन्दा नगरपालिका र बाइल्ड बाजुराले यो बर्ष बुढीनन्दा यात्रा गर्ने तिर्थयात्रीको लागी खान बस्न सबैको ब्यबस्था मिलाएको छ । बुढीनन्दाको छाप्रे पाटनमा अतिथि गृह निर्माणगरिएको छ। धार्मिक मेलामा जानेहरुको सहज बासका लागि छाप्रे पाटनमा अतिथि गृह निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धन तथा पर्यटकको सहजताका लागि छाप्रे पाटनमा उषा कन्स्ट्रक्सनले १ करोड १९ लाख ४२ हजार ७ सय १५ रुपँैया ४४ पैसा लागतमा स्थायी टहरा निर्माण गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । ठेक्का पाएको एम महिनामै अतिथि गृह भवन सम्पन्न गरीएको थियो ।

बुढीनन्दाको कस्तो छ पर्यटकीय सम्भावना

बुढीनन्दा पर्यटकिय हिसाबले निकै सम्भावना बोकेको क्षेत्र,चञ्चल बादल, मनोहर फूल र हरियाली प्रकृतिले बुढीनन्दाको प्राकृतिक वातावरण निकै मनमोहक रहेको छ । आकर्षणहरू लौरी बिनायक, खेतीबेती, बर माग्ने डाँडो, गाई गोठ, धौलीगाड, धनभण्डार, छाप्रे पाटन लगायतका मनमोहक ठाउँले बुढीनन्दा क्षेत्र निकै मनमोहक रहेको छ । पर्यटन पर्बद्धनका हिसाबले प्रचुर सम्भावना बोकेको बुढीनन्दा क्षेत्र जो बिकाशका गतिबिधिबाट टाढा रहेको छ । बुढीनन्दाको पर्यटन पर्बद्धन गरेर बिश्वसामु चिनाउँन सकेको खण्डमा धेरै मात्रामा बिदेशी पर्यटक भित्राउँन सकिने र आर्थिक बृद्धि गर्न समेत सकिने सम्भावना रहेको छ । बिदेशी पर्यटकको गन्तब्य बनाई बुढीनन्दालाई प्रचार प्रसारमा ल्याएको खण्डमा बाजुरा मात्रै नभई नेपालकै आर्थिक आय स्रोत पनि बृद्धि गर्न सकिने सरोकारवालाहरुको भनाई रहेको छ । ब्रम्हकमल, बुकी फूल, जाई, जुई चमेली, सुन जाई, इन्द्रकमल, सेतो गुराँस, चाँप, चिमालो लगायत एकसयभन्दा बढी प्रजातिका दुर्लभ फूलहरु पाइने त्यहाँ सिरसिरे हावा,रमणिय बातावरणले सबैको मन लोभ्याउँने गरेको छ ।

कस्तो छ बुढीनन्दाको प्राकृतिक सौन्दर्यता

बुढीनन्दाको प्राकृतिक सौन्दर्यता निकै मनमोहक रहेको छ । अवलोकनका लागि जाने सर्वोत्तम अवधि भनेको साउन भदौ महिना हो । बुढीनन्दाको प्राकृतिक सौन्दर्यता निकै नै हेर्न लायकको रहेको छ । आँखै सामुन्ने वरपर देखिने हिमालहरु,सिरसिरे हावामा बादलसंग लुकामारी खेलिरहेका हिमालहरु,लहरैबद्ध रहेका कुहिरोको घुम्टोमा सजिएका ति डाडाँपाखा,कहाँलिलाग्दा भिरपाखाले बुढीनन्दाकोे प्राकृतिक सौन्र्दयता सजाईरहेका हुन्छन् । बुढीनन्दामा रहेका वरपरका बिशाल हिमालहरु,ससाना तालहरु,बगैचामा झै फुलेका रंंगीचंगी फूल, लगायतले बुढीनन्दाकोे प्राकृतिक सौन्र्दयता लोभ्याईरहेका हुन्छन् ।  । दुर्लभ बन्यजन्तु र सयौं प्रजातिका जडिबुटी यहाँ पाइने हुँदा यहाँको प्राकृतिक सौन्दर्यता निकै हेर्न लायकको रहेको छ बुढीनन्दा पुग्दा मन चङ्गा हुन्छ । प्रकृतिप्रेमी हरेकले एकपटक बुढीनन्दा पुग्नैपर्ने ठाउँ हो । त्यहा पुग्ने बाटोमा ठूल्ठूला झरनाहरु अनि पाटनहरुमा कैयौ प्रजातीका रङ्गीचङ्गी फुलहरुले संसारकै सुन्दर बगैचाहरुको झझल्को दिने गर्दछ । सुन्दरताको खानी बुढीनन्दा पुग्दा मन चङ्गा हुन्छ, घोडा भेडाका लस्कर र गाईभैंसीका गोठ देखिन्छ ।बुढीनन्दाको प्राकृतिक सौन्दर्यता मनमोहक रहेको छ ।

बुढीनन्दाको पर्यटन प्रर्वद्धनको लागी सरकारको भुमिका

धार्मिक आस्था र अपार प्राकृतिक सुन्दरताले भरिएको बुढीनन्दाको पर्यटन पर्बद्धनको लागी सरकारले बेवास्ता गरेको छ । तालबारे देशका अन्य स्थानबाट समेत चासो व्यक्त भए पनि नेपाल सरकार भने देखेर पनि नदेखे जस्तो गरीरहेको स्थानियहरुले बताउँने गरेका छन् । सरकारले हरेक बर्ष पर्यटन पर्बद्धनको लागी लाखौ अरबौ बजेट ल्याउँछन् तर यस्ता सम्भावना बोकेका क्षेत्रहरुमा कत्ति हेर्दैनन् स्थानियको भनाई रहेको छ । धार्मिक तथा प्राकृतिक हिसाबले बुढीनन्दा निकै धनी भए पनि पर्यटन पर्बद्धनका हिसाबले निकै पछाडी परेको छ । बुढीनन्दा जति पनि धार्मिक तथा प्राकृतिक सौन्र्दयताले भरिपुर्ण भए पनि यहाँको सम्भावनालाई सरकारले कुनै वास्ता गरेको पाइदैन् । यदि नेपाल सरकारले बाजुराको बुढीनन्दा क्षेत्रलाई उच्च प्राथामिकतामा राखेर पर्यटनको आगमन लगायत खान,बस्न तथा पर्यटनको पर्बद्धन गरी अगाडी बढेको खण्डमा बुढीनन्दा मात्रै नभई सिंगो बाजुराको पहिचान बनाउँन सकिने सरोकारवालाको भनाई रहेको छ ।चञ्चल बादल, मनोहर फूल र हरियाली त्रिवेणी जस्तो लाग्ने यो अद्धितिय भूगोल विश्व स्तरीय पर्यटकको गन्तव्य बन्ने हैसियत राख्दछ तर सरकारले चाँसो नदिदाँ सरकारको आँखामा अझै पर्न सकेको छैन् ।

बुढीनन्दा तालको संरक्षणमा सम्बन्धित स्थानिय सरकारले चासो देखाएको भने पाइन्छ । पालिकाले बेलाबेला धार्मिक तथा पर्यटकिय क्षेत्र बुढीनन्दाको पर्यटन पर्बद्धनको लागी भुमिका निर्वाह गरीरहेको हुन्छ । संरक्षण अभावमा हुन नदिन पालिकाले बिषेश निति अपनाए पनि बुढीनन्दालाई अझै प्रचार प्रसारमा ल्याउन नसकिएको बुढीनन्दा नगरपालिकाले जनाएको छ । सरकारले बेवास्ता गरेको भएपनि पालिकाले बिशेष निति लिएर बुढीनन्दाको संरक्षण पर्बद्धनमा लागीरहेको नगरपालिकाका नगर प्रमुख जनक कुमार गिरीले बताएका छन् । यदि सरकारले पनि उच्च प्रथामिकता साथ हेरेको खण्डमा बुढीनन्दाको पर्यटन पर्बद्धनमा ठुलो टेवा पुग्ने उनले बताएका छन् ।

गोबिन्द्र राज तिमिल्सेना- उहाँ बिगत ३ बर्ष देखि पत्रकारीता पेशामा आबद्ध हुनुहुन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!