युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
166 पटक पढिएको

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय सदस्य डा। डिला संग्रौलाले ‘कांग्रेसको १४औं महाधिवेशन र अबको कार्यदिशा’ अभियान थालेकी छन् । भर्चुअल माध्यमबाट गरिने यो अभियान सात वटै प्रदेशमा सञ्चालन हुनेछ ।

यस अन्तर्गत पहिलो कार्यक्रम असार १ गते प्रदेश–१ बाट शुरू भयो । तर, पहिलो बहसमै उति सन्तुष्ट भइनन् । ‘मैले कांग्रेसको आगामी नीति कस्तो हुने भन्ने बहस गराउन खोजेकी थिएँ, शीर्षक नै त्यही थियो । तर, ६ घण्टाको कार्यक्रममा सबै नेतृत्व र नेताहरूमै केन्द्रित भए’ नेतृ संग्रौलाले भनिन् ।

पार्टी नेतृत्व चयनको लागि मात्र नभएर आगामी कार्यनीतिबारे पनि महत्वपूर्ण सुझाव आउने उनको अपेक्षा थियो ।

कांग्रेस महाधिवेशन आउन तीन महीना पनि बाँकी छैन । संशोधित कार्यतालिका अनुसार महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा हुनेछ । पटक–पटक कार्यतालिका संशोधन गर्दै आएको कांग्रेसलाई अब महाधिवेशनको मिति फेरबदल गर्ने सुविधा छैन । पार्टीको वैधतासँग जोडिएकाले उक्त मितिमा महाधिवेशन गर्नैपर्ने बाध्यता छ ।

महाधिवेशनको मिति नजिकिंदै गर्दा कांग्रेसमा नेतृत्वको बहसले प्राथमिकता पाएको छ । कोरोना महामारीका कारण भेला भएरै छलफल हुन नपाए पनि विभिन्न संस्थाका नाममा गुटगत भर्चुअल छलफल बढेको छ । हरेक छलफल महाधिवेशनबाट आफूअनुकूल नेतृत्व कसरी स्थापित गर्ने भन्ने चिन्ता–चासोमा केन्द्रित भएको पाइन्छ । पार्टीको भावी नीति कस्तो हुने भन्नेमा नेताहरू बोलेको विरलै सुनिन्छ ।

‘नीति, विधि र एजेण्डामा उभिने कांग्रेस चाहिएको छ हामीलाई । केवल नेतृत्वको कुरा गरेर नीति छोड्ने हो भने कांग्रेस अगाडि बढ्न सक्दैन’ डा। संग्रौला भन्छिन्, ‘१४औं महाधिवेशनपछि तीनै तहको निर्वाचन हुँदैछ । त्यसमा जनतासँग जोडिने कांग्रेस बनाउन हामीले महाधिवेशन हलबाट नेतृत्वसँगै नीति तय गर्नुपर्छ ।’

नीतिगत छलफल नहुनु कांग्रेसको ‘विशेषता’ नै हो । महाधिवेशनलाई नेतृत्व चयनको माध्यम मान्ने परिपाटी केन्द्रदेखि गाउँ तहसम्मै छ । महाधिवेशन नजिकिएपछि कांग्रेसभित्र गुट अदलबदल र नयाँ गुट निर्माण शुरू हुन्छ । कुनै विचार वा सिद्धान्त बोक्न होइन, पार्टीभित्र आफ्नो ‘पोजिसन’ बनाउन र स्वार्थ रक्षा गर्न गुटहरू बन्छन् ।

केन्द्रीय सदस्य मीन विश्वकर्मा पद र प्रतिष्ठामा रमाउने प्रवृत्तिका कारण विचारले ठाउँ नपाएको स्वीकार गर्छन् । ‘त्यसैले, नीतिगत छलफल–बहसले कम प्राथमिकता पाएको छ’ उनी थप्छन्, ‘पार्टी भनेको विचारले चल्ने हो । विचार अनुसार चलाउने नेतृत्व चाहिने हो । नेतृत्व लिने, तर विचार छोड्ने नेपालका अधिकांश दलको समस्या भयो । पर्याप्त छलफल–बहसको कमीका कारण पनि यस्तो भएको हो ।’

कांग्रेसका कतिपय नेता पार्टीको विचार स्पष्ट भएकाले त्यसलाई कार्यान्वयन गरे पुग्छ भन्ने मत राख्छन् । संस्थापक नेता बीपी कोइरालाद्वारा प्रतिपादित सिद्धान्तहरूलाई अगाडि बढाएर जानुपर्ने उनीहरूको धारणा हुन्छ । उनीहरू सिद्धान्त दीर्घकालीन हुन्छ, जीवन्त पार्टीका लागि समकालीन मूल्यांकन सहितको समयसापेक्ष कार्यनीति जरूरी हुन्छ भन्ने कुरालाई उति महत्त्व दिंदैनन् ।

मुलुक अहिले राजनीतिक संकटको भुमरीमा छ । संविधान र व्यवस्था नै संकटमा पर्न लागेको चर्चा छ । कोरोना महामारी नियन्त्रण उन्मुख देखिए पनि ढुक्क हुने अवस्था छैन । महामारीले सबै क्षेत्र धरासायी बनेका छन् । मुलुकको जिम्मेवार पार्टी कांग्रेसको भूमिका भने सर्वत्र कमजोर भएको भन्दै आलोचना भइरहेको छ ।

यो कारण पनि कांग्रेसको आसन्न महाधिवेशनबाट नयाँ नेतृत्वसँगै मुलुकको राजनीतिलाई लिकमा ल्याउने कार्यनीति पनि आउनुपर्ने घिमिरे बताउँछन् । ‘कोभिडको असामान्य अवस्थामा भेला भएर छलफल गर्न सम्भव नभएकोले भर्चुअल माध्यमबाट भए पनि यसबारे बहस चलाउनैपर्छ । राजनीतिक मार्ग यही हो भनेर बस्ने अवस्था छैन’, घिमिरेको निचोड छ ।

केन्द्रीय सदस्य गुरु घिमिरे कांग्रेस आफैं इतिहासको गम्भीर मोडमा पुगेको बताउँछन् । ‘मुलुकको राजनीति अस्वाभाविक बाटोमा जाने त होइन भन्ने संशय उत्पन्न भएको छ’ घिमिरे भन्छन्, ‘तीन तहको निर्वाचनपछि नेपालमा राजनीतिक द्वन्द्व सकियो, अब विकासको मुद्दा सबै दलको एजेण्डा बन्छ भन्ने अपेक्षा थियो । जनताले त्यही चाहेका थिए, तर प्रधानमन्त्री जुन बाटोमा जान खोज्दै हुनुहुन्छ, त्यसले मुलुकलाई दुर्घटनामा पुर्‍याउने खतरा बढेको छ ।’

कांग्रेसको भावी नेतृत्वका लागि दर्जन बढी नेता आकांक्षी देखिएका छन्, तर अहिलेसम्म कसैले पनि पार्टी निर्माणबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छैनन्
उनका अनुसार, अहिले देशमा छद्म राष्ट्रवाद, अवसरवाद र दक्षिणपन्थी धारको दबदबा अचाक्ली बढेको छ । ‘उनीहरूलाई प्रणाली र व्यवस्थाको चिन्ता छैन । संविधान जोगाउने होइन त्यसलाई अस्वीकार्य बनाउने खेल भइरहेको छ’ घिमिरे भन्छन्, ‘त्यसकारण यो महाधिवेशनबाट प्रणाली, व्यवस्था र संविधान जोगाउने गरिको नेतृत्व र नीति आउनुपर्छ ।’

पार्टी नेतृत्व हडप्ने मात्र नभई कांग्रेस र मुलुकलाई यसरी अगाडि बढाउँछु भन्ने स्पष्ट दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको उनी बताउँछन् ।

विधानत: नेपाली कांग्रेसले हरेक चार वर्षमा महाधिवेशन गर्नुपर्छ । आपत्कालीन अवस्थामा एक वर्ष थप गर्न मिल्ने सुविधा विधानले दिएको छ । कांग्रेसले यो सुविधा पनि पार गरिसकेको छ ।

पाँच वर्षमा आवधिक निर्वाचन मार्फत हरेक राजनीतिक दलले नेतृत्व चयन गर्न नसके थप ६ महीनाको सुविधा संविधानले दिएको छ । सोही सुविधा उपयोग गर्दै कांग्रेसले भदौमा महाधिवेशन गर्ने भएको छ । यो महाधिवेशन नभए कांग्रेसमाथि वैधानिक संकट निम्तिनेछ । त्यसैले कांग्रेसभित्र नीतिभन्दा महाधिवेशन कसरी गर्ने भन्नेमै चटारो छ ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले हरेक महाधिवेशन पार्टीका लागि महत्वपूर्ण हुने भए पनि यसपटकको कांग्रेस महाधिवेशनको महत्त्व झन् बढेको बताउँछन् । ‘अत्यन्त जटिल राजनीतिक वातावरणमा कांग्रेसको महाधिवेशन हुँदैछ । मुलुकको पुरानो र प्रभावशाली पार्टी भएकाले अन्तर्राष्ट्रिय समुदायले पनि कांग्रेसको आगामी नेतृत्व र नीति कस्तो हुन्छ भनेर चनाखो भएर हेरिरहेका छन्’, उनी भन्छन् ।

कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा गर्ने दायित्व कांग्रेसकै काँधमा आएको उनको मत छ । ‘अहिले संविधानमाथि नै संकट देखिएको छ’ उनी भन्छन्, ‘संविधान कार्यान्वयन नहुँदाको परिणाम हो, अहिले देखिएको राजनीतिक र संवैधानिक अस्थिरता ।’

कांग्रेसको भावी नेतृत्वका लागि दर्जन बढी नेता आकांक्षी देखिएका छन्, तर अहिलेसम्म कसैले पनि पार्टी निर्माणबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छैनन् । नेतृत्वमा दाबी गर्नेले प्रतिस्पर्धीको कमजोरी औंल्याएर आफूलाई योग्य सावित गर्ने चलन पनि कांग्रेसमा देखिएकै हो । यो कारण पनि नीतिले कम चर्चा पाउने गरेको छ ।

‘महाधिवेशन भनेको नीति र नेतृत्व दुवै हो । नीति बनाउने र नेतृत्व चयन गर्ने हो, तर कांग्रेसमा नीतिबारे कम छलफल गर्ने परिपाटी रह्यो’, केन्द्रीय सदस्य विश्वकर्मा भन्छन् । पार्टीभित्र पर्याप्त नीतिगत बहस नहुँदा नीति, कार्यक्रम र नेतृत्वमा तालमेलको अभाव हुने गरेको नेतृ डा। संग्रौलाको ठहर छ ।

नेपाली कांग्रेस एकातिर आफ्नो नेतृत्वमा संविधान जारी भएको गौरवबोध गर्छ भने अर्कोतिर संविधानले गरेको कतिपय व्यवस्थाप्रति कांग्रेसभित्रै प्रश्न उठाउने गरिएको छ । महामन्त्री डा। शशांक कोइराला नेपाललाई हिन्दू राज्य बनाउने पक्षमा वकालत गर्दै आएका छन् । केन्द्रीय समिति बैठकमै हप्तौं हिन्दू राज्यका पक्षमा बहस भएको थियो । दुई वर्षअघिको महासमिति भेलामा आधाभन्दा बढी प्रतिनिधिले हिन्दू राज्यका पक्षमा हस्ताक्षर समेत गरेका थिए ।

महाधिवेशनमा यो विषय उठ्ने निश्चित छ । यसले महाधिवेशनलाई प्रभावित पार्ने कतिपयको अड्कल छ । यो विषयलाई महाधिवेशन अगावै टुंग्याउन नेताहरूले पटक–पटक दिएको सुझावमा पार्टी नेतृत्व मौन रहँदै आएको छ ।

‘महाधिवेशन हुन तीन महीना बाँकी छँदा कांग्रेसभित्र विचार, सिद्धान्त र कार्यनीतिबारे छलफल भएको छैन,’ विश्लेषक वाग्ले भन्छन्, ‘अहिले उठेका विषयमा महाधिवेशन अगावै पार्टीको दृष्टिकोण ९ह्वाइटपेपर० सार्वजनिक गर्नुपर्ने हो, संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने र संविधानमा सबैको अपनत्व हुने गरिको दस्तावेज पनि आउनुपर्ने थियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!