युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
150 पटक पढिएको

देवराज पाध्यायबिगत लामो समय देखि बिवाद चुलिदै आएको मार्तडी थामलेख सडक खण्ड पटक पटक अबरोध भै आएको र मंगलबार मात्र प्रशासनको शक्ति प्रयोग गरी सुचारु भएको थियो । यसै क्रममा बडीमालिका नगरपालिका वडा नंं २ र वडा नं. १ का जनप्रतिनिधीरुको रोहवरमा जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको दुई पक्षिय बैठकबाट अवरोध भएको सो सडक खण्डमा भौनेराबाट माझिगाउ हुँदै जाल्पा देबि सम्म जोड्न डिपिआर भै निर्णय भएकोले हाल नियमित रुपमा चलि रहेको भौनेरा बुढाखोला हुँदै सुचारु भएको सडक पनि अवरोध नगरी नियमित सुचारु गर्ने भन्ने सम्झौता भएको थियो । दुबै तर्फबाट जाल्पादेबि सम्म जोड्ने रोडलाई सुचारु गर्ने र दुबै गाँउका स्थानियहरु बिच बिवाद नगर्ने भनेर सहमति भएता पनि सम्बन्धित कार्यालयमा डिपिआर भएको निर्णय हेर्दा कुँनै कागजात उल्लेख नभएको पाइएको छ ।

बडीमालिका नगरपालिका वडा नंं. २ का वडा अध्यक्ष डम्मर महत, भौतिक पुर्वाधार बिकास कार्यालय अछामका इञ्जिनियर जंग थापा र बडीमालिका नगरपालिका मेयर पदम बहादुर बडुवालका अनुसार मार्तडी थामलेख सडक खण्ड डिपिआरमा परेर निर्णय भैसकेकोले यस बिषयमा कुँनै बिबाद गर्न नहुँने कुरा बताएका थिए । यता बडीमालिका नगरपालिकामा डिपिआर भै निर्णय भएको पुस्तिकाको खोजि गर्दा पनि कुनै निर्णयको कागजात भेटिएको छैन । बडीमालिका नगरपालिका वडा नंं १ का वडा सचिव एबं ओभरशेयर बिष्णु खड्का र बडीमालिका नगरपालिकाका इञ्जिनियर हिक्मत रावलले नगरपालिकामा पनि सो भौनेरा माझिगाँउ घामताप्ने हुँदै जाल्पा देवि सम्म जोड्ने सडकको डिपिआर नभएको बताएका छन ।

बडीमालिका नगरपालिकाको कार्यालय र जिल्ला बन कार्यालयमा सो सडकको डिपिआर सम्बन्धी सुचना लिन खोज्दा दुबै कार्यालयमा सो निर्णयको माइनट नभेटिएको पाइएको छ । यता जिल्ला बन कार्यालय र बडीमालिका नगरपालिकाको कार्यालय बिच सडक निर्माण गर्दा बन बिनास हुँने बिषयमा डिपिआरको निर्णय पनि नपाइएको र कुँनै किसिमको निर्णय पनि नभएको पाइएको छ । यता जिल्ला बन कार्यालय र नगरपालिकामा निर्णय नभएकोले जँगलको ठुलो नोक्सान हुँने सम्भावना भएकोले जिल्ला बन कार्यालय बाजुराले उक्त सडक निर्माण कार्य रोक्न लगाउने भनी जिल्ला बन कार्यालयबाट कर्मचारी खटाउने कुरा जिल्ला बन अधिकृत कालिराम चौधरीले जनाकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!