बाजुरा: गत हप्ता काठमाण्डौमा कोठा भाडामा खोज्दै हिडेकी रुपा सुनारलाई दलित थाहा थपाए पछि घरवेटीले कोठा भाडामा नदिए पछि बिभिन्न मिडियामा त्यसको घोर विरोध भैरहेको छ । यसै क्रममा बिभिन्न व्यत्तित्वहरुले बिरोध जनाएका छन । यसै क्रममा ज. स. पार्टी बाजुराका अध्यक्ष मनिराम रेग्मीले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभमा त्यसको घोर आपत्ति जनाएका छन् ।
नेपालको संविधान २०७२ ले स्पस्ट बिभेद मुक्त देश, कोही कसैले पनि छुवाछुत, भेद्भाव नगर्ने भनिएता पनि बिभिन्न कालखण्डमाा यस्त घटनाहरु दोहोरी रहनुले अंझै पनि समाजमा रहेको कुसंस्कारको अन्त्य नभएको नेता रेग्मीले आफ्नो सामाजिक सञ्जालबाट अभिब्यक्ती दिएका छन ।
रुपा सुनारलाई घर कोठा भाडामा खोज्दै जादा घरवेटी आमाले आफुलाईै आफ्नै छोरी जस्तो मानेर घरमा बस्न भनेकि थिएन । एका एक नानी तिम्रो जात के हो भनेर सोध्दा रुपाले आफु प्रष्ट रुपमा सुनार भएको बताए पछि उनलाई भाडामा बस्न दिएको थिएन । यसै कुरालाई लिएर बिभिन्न भिडिया तथा सामाजिक सञ्जालमा बिरोधहरु भैरहेका छन । सोमबार ने.ज.स. बाजुराका अध्याक्ष मनिराम रेग्मीले पनि यो बिषयमा सरकारको ठुलो कम्जोरी भएको भन्दै सरकारलाई बिरोध जनाएका छन ।
भिडियाे हेर्न तलकाे लिँकमा क्लिक गर्नु हाेला
https://youtu.be/j4QyMuUIhI8