मान ब ऐडी:– बडिमालिका नगरपालिा वडा नंं ७ चुथी र ८ रतुडा जोड्ने पुलको बुधबार एक औपचारिक कार्यक्रमका साथ उद्घाटन भएको छ । बडिमालिका नगरापलिका नगर उपप्रमुख कविता विस्टले झुलङगे पुलको उदघाटन गर्नु भएको छ । बडिमालिका नगरपालिका वडा नम्वर ७ र ८ जोड्ने अनाई खोलामा रहेको लवाकोट झुलङगे पुलको रिवन काटेर उदघाटन गर्नु भएको छ ।
बुधबार एक औपचारिक कार्यक्रमका विच सो झुलङगे पुलको उदघाटन गरिएको छ । विगत लामो समय देखि सो ठाँउमा स्थानिय बासिन्दाहरु लाई आवत–जावत गर्न असहज भएका बेलाअव झुलङगे पुल निर्माण भएपछि स्थानिय खुसि भएका छ । सो पुल निर्माण भएपछि १७७ घरधुरि र कुल जनसंख्या ८ सय ८५ लाभान्वित भएको बताएको छ । उक्त पुल बडिमालिका नगरपालिको आर्थिक सहयोग र पिस्विन बाजुराको समन्वयमा निमाणर््ा भएको प्रेस युनियन जिल्ला साखा बाजुराका सदस्य श्रीचन्द्र पाध्यायले जानकारि दिनु भएको छ । उक्त पुल निमार्णमा स्थानियको जनश्रमदान कुल लागत ३५ लाख ३८ हजार ४ सय १६ रुपैया ८९ पैसा लागतमा सम्पन्न भएको छ ।
उदघाटन कार्यक्रम झुलङगे पुल निमार्ण समितिका अध्यक्ष विर बहादुर रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगपालीका नगर उपप्रमुख कविता विस्ट रहनु भएको थियो । त्यस्तै कार्यक्रम का विशिस्ट अतिथि वडानम्वर ८ का अध्यक्ष प्रकाश रावल, वडा सदस्य नर बहादुर ऐडी ,बडिमालीका नगरपालीका वडा न ८ वडा सचिव सरिता ठगुन्ना, रहनु भएको थियो भने सो कार्यक्रम मा पत्रकार स्थानियको सहभागिता रहेको थियो ।