युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
147 पटक पढिएको

धनगढी ; सुदूरपश्चिमस् अछाम जिल्ला बारला गाउँका धर्मराज जोशी कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीसँगै कम्पनीको काम बन्द भएपछि भारत महाराष्ट्रबाट स्वदेश फर्किए। बुधबार कैलालीको गौरीफन्टा सीमा नाका भएर फर्किदै गरेको भेटिएका उनले भने, ‘‘कोरोना भाइरसको कारण कम्पनी पनि बन्द भएपछि स्वदेश फर्किन बाध्य भइयो।’’

अछामकै बाराला गाउँकै अमरनाथ जोशीले कोरोना समस्या निम्तिदा कम्पनी बन्द भएकाले मालिकले कामबाट हटाएपछि आफू घर फर्किनु परेको दु:खेसो सुनाए। ‘‘कोरोनाको समस्याले भारतमा समेत काम पाउने वातावरण अब देखिँदैन,’’ जोशीले भने, ‘‘आफ्नै देशमा बसेर केही काम गर्ने इच्छा भए पनि यहाँ पनि त्यस्तो वातावरण देखिँदैन।’’ भारतमा तेस्रो लहरको कोरोना भाइरसको सम्भावित जोखिम देखिएको क्षेत्रका नेपाली यतिबेला स्वदेश फर्किरहँदा अन्य धेरै नेपाली कामको खोजीमा भारत गइरहेका छन्।

पहिलो र दोस्रो कोरोनाको लहर देखिँदा कम्पनी बन्द भए पनि कमाएको पैसाको भरमा उतै गुजारा चलाउनु परेको फर्किएका नेपालीको भनाइ छ। कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम गर्न महाराष्ट्रमा लामो समयदेखि बन्दाबन्दी गरिएको छ। बन्दाबन्दीसँगै होटेललगायतका उद्योग व्यवसाय बन्दा हुँदा एक महिनायता मात्रै महाराष्ट्रको बम्बई भाइन्दर भन्ने ठाउँमा कार्यरत झण्डै एक हजार नेपाली बेरोजगार भई घर फर्किएको उनीहरुले बताएका छन्।
कामको खोजीमा भारतको तेलङ्गना राज्यतर्फ जाँदै गरेको भेटिएका डोटीको दीपायल सिलगढी नगरपालिका—७ का रामबहादुर महराले भने, ‘‘कोरोना महामारी अझै हटेको छैन भन्ने सुनिएको भए पनि कतै काम पाइहालिन्छ कि भन्ने आशमा उतै जान लागेको छौँ।’’ तेलङ्गना जान महरासहितका नौ युवा आज पाँच घण्टा पर्खिँदासम्म पनि बस नपाएपछि सीमा नाकामै अलपत्र परेका थिए।

दीपायलको एक होटलमा पाँच हजारमा काम गरे पनि आम्दानी बढ्न नसक्दा महराले आफ्नै सानो पसल चलाए। पसलबाट पनि सोचेजति आम्दानी हुन नसकेपछि बाख्रापालनमा हात हाले। यो व्यवसायबाट पनि आम्दानी नहुँदा कामको खोजीमा उनी आठ वर्षअघि भारत पसेका थिए।

उनले भने, ‘‘भारतमा काम गर्दा सन्तुष्ट नै थिएँ, अहिले भने यो कोरोनाले हुनसम्म दु:ख दियो।’’ तेलङ्गनामा झण्डै पाँच हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेकामा एक वर्षयता अधिकांश नेपाली घर फर्किनुपरेको बताइएको छ। कोरोना महामारीसँगै स्वदेश फर्किएकामध्ये अधिकांश नेपाली कामको खोजीमा यतिबेला भारत गइरहँदा त्यहाँ कार्यरत अन्य कतिपय नेपाली स्वदेश फर्किनुपर्ने अवस्था पनि सिर्जना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!