राम बहादुर दानी/बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ र ९ का अति विपत्र १०/१० घर परिवारलाई नेपाल कम्युनिटी डेप्लभ्मेन्ट एसोसियसन भक्तपुरले खद्यत्र सामाग्री वितरण गरेको छ ।
बडीमालिका नगरपालिकाकी उप–मेयर कविता बिष्ट र वडा नं. ८ का वडा वडा अध्यक्ष प्रकास रावले शक्रबार बडीमालिका नगरपालिकाको कार्यालयमा उक्त खाद्यन्न सामाग्री वितरण गरेको हो । शुक्रबार अनौपचारिक कार्यक्रमका साथ अति बिपन्न, गरिव र एकल महिलाहरुलाई १ प्याकेट भुजा, २ पोका नुन, ३० किलो चामल सहयोग गरेको हो ।
बाजुरा जसे दुर्गम ठाँउमा रहेको सदरमुकाम मार्तडीम मै अति विपन, एकल महिला र गरिव परिवारहरुलाई केहि राहत पुगोस भन्ने उद्देश्यले आफुहरुले सो राहत वितरण गरेको नेपाल कम्युनिटी डेप्लभ्मेन्ट एसोसियसन भक्तपुरका अध्यक्ष ससी भट्टराईले बताए ।