काठमाडाैँ— प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघले सडक प्रदर्शन गरेको छ ।
संघमा आबद्ध नेता, कार्यकर्ताले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन आयोजना गरेका हुन् ।
विपक्षी गठबन्धनको असंवैधानिक भन्दै नयाँ बानेश्वरबाट सुरु भएको र्याली माइतीघरमा पुगेर सभामा परिणत भएको थियो ।
सहभागीले आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाईु, कानुनी शासन कायम गरौुं, बौद्धिक अराजकताको अन्त्य गरौ लगायतका नारा लगाएका थिए ।