युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
88 पटक पढिएको

काठमाडौँ : चीन र अमेरिकाबाट एकै पटक ठूलो मात्रामा खोप आउँदै छ, तर सरकारले न खोप लगाउने तालिका बनाएको छ न भण्डारणको व्यवस्था गरेको छ । चीनबाट खरिद गरिएको ४० लाखमध्ये ८ लाख डोज खोप ल्याउँदा नै काठमाडौंको टेकुस्थित केन्द्रीय भण्डारणमा ठाउँ अभाव भएको छ । जब कि लगत्तै अमेरिकाबाट १५ लाख र चीनबाट थप ३२ लाख डोज खोप आउँदै छ ।

 

स्वास्थ्य सेवा विभागले २०७६ कात्तिकमै टेकुस्थित परिसरमा ७० देखि ८० हजार लिटर क्षमताको आधुनिक केन्द्रीय भ्याक्सिन स्टोर बनाउन प्रक्रिया सुरु गरेको थियो । तर त्यसअनुसार काम अघि नबढेकाले अहिले खोप राख्न ठाउँ अभाव भएको हो । विभागले २०७६ माघमा खोप भण्डारण भवन बनाउन कौशिल बस्नेत/कुँवर जेभी निर्माण कम्पनी छनोट गरेको थियो । उसले ८ करोड ४० लाख २० हजार ७ सय ५३ रुपैयाँमा ठेक्का स्वीकार गरेको थियो । दुई वर्षभित्र प्रयोग गर्न सकिने गरी ठेक्का सम्झौता भएको थियो । तर एक वर्ष हुँदा जगसमेत खनिएको छैन ।

भण्डारस्थल बनाउने भनिएको जग्गा अहिले पार्किङस्थल बनेको छ । भवन बनाउने स्थानको भित्तामा पर्खाल लगाइएको छ । ठेकेदार कम्पनीले केही मुठा रड पनि झारेको छ । विभागको आपूर्ति महाशाखामा स्वास्थ्य सामग्री माग्न र लिन आउनेहरूले यही ठाउँलाई पार्किङ बनाएका छन् । ‘ठेक्का लागेको भवन बनेको भए अहिले भण्डारणको समस्या पर्दैनथ्यो,’ विभागका एक कर्मचारीले भने, ‘२ देखि ८ डिग्रीमा राख्न मिल्ने खोप ल्याउँदा त भण्डारणको समस्या छ भने माइनस २० डिग्रीमा राख्नुपर्ने खोप कसैले अनुदान नै दिए पनि राख्न समस्या हुन्छ ।’

ठेकेदार कौशिल बस्नेत भने कर्मचारीकै ढिलासुस्तीका कारण भवन बनाउन ढिलाइ भएको आरोप लगाउँछन् । ‘ठेक्का पाएको १५ महिनाभित्र सक्ने गरी काम अघि बढाएका थियौं, भवन बनाउने ठाउँमा कालो माटो भेटिएपछि माटो परीक्षण गर्दा डिजाइन परिवर्तन भयो,’ उनले भने, ‘४२ लाख लागत पनि बढ्ने भयो । थप भएको लागतको रकममा कुरा नमिलेपछि निर्माणमा ढिलाइ भएको हो ।’

ठेक्का लिएर पनि काम गर्न नपाएपछि थप भएको रकममा १३ लाख घटेर पुन: सम्झौता भइसकेको उनले बताए । खोप भण्डारणको समस्या भइरहेकाले तत्काल काम सुरु गर्ने उनको भनाइ छ । यता अहिले ल्याएको खोप भण्डारण गर्न समस्या भएको छ, यसको जवाफदेही को हुने भन्ने स्पष्ट छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!