बाजुरा बडिमालिका नगरपालिका वडा नं १ पाटाका ३५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षासंगै गएको पहिरोले बडिमालिका नगरपालिका वडा नं १ पाटाको कापलतोला अर्थात् तत्लो पाटाको पुरा गाउँ नै जोखिममा रहेको वडा नं १ का वडाध्यक्ष राम बहादुर कार्कीले बताएका छन् ।
गत असार २६ गते राती आएको अविरल वर्षाका कारण बाजुराको बडिमालिका नगरपालिका वडा नं १ पाटाका स्थानिय सुर्जे कार्कीको घर भत्किएर पुर्ण रुपमा क्षती भएको छ भने उनको घर नजिकै वरिपरी रहेका १४ परिवारका घर पनि भत्किने सम्भाना बदि भएकाले उनीहरु अहिले घर छोडेर पालमुनि बसिरहेको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।