धनगढी: धनगढीमा स्थापित प्रादेशिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आउने भएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले अमेरिकी जनताको सहयोगमा सुदूरपश्चिमकै पहिलो र देशकै दोस्रो ठूलो अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आउने भएको हो ।
अमेरिकी जनताको सहयोगमा झण्डै ११ करोडको लागतमा निर्मित सो केन्द्रको शुक्रबार नेपाल रेडक्रस सोसाइटी कैलाली शाखालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
दुई तले भवनमा सञ्चालन हुने रक्त सञ्चार केन्द्रमा विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्ड पूरा गरिएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि रगत आपूर्तिमा सहजता हुने विश्वास गरिएको छ ।