राम बहादुर दानी/धनगढी– शुक्रवार शुदुरपश्चिमका चर्चित देउडा गायक डिल्लीराज फुलाराको मृत्यु भएको छ । शुदुरपश्चिमेली देउडा गीतहरुमा ठुलो योगदान पुर्याउनु भएका फुलाराको ५० बर्षको उमेरमा मृत्यु भएको हो । उनले २०५२ साल देखि देउडा गीतमा स्वर भर्दै आएका थिए । डोटी जिल्लामा जन्मनु भएका फुलाराका २ दर्जन बढी देउडा गीती एल्बमहरु रहेका छन ।
डोटी जिल्लाको तलकोटमा जन्मनु भएका गायक फुलारा शुक्रबार अन्तिम रोपाई गर्न खेतमा गएको र दिन भरी गीतहरु गाँउदै खेतालाहरुलाई रमाईलो गराएर हसाउदै रोपाइको काम गरि रहेका थिए । खेतमा काम गर्दै गर्दा एकाएक स्व.गायक फुलारा एकाएक ढढले पछि उनि वेहोस भएका थिए । केहि समय उनिलाई उपचार गर्न लिने योजना बनाउदै गर्दा उनको मृत्यु भएको उनका निकट गायक दिर्घराज फुलाराले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।
उनले दिएको शुदुरपश्चिमेली देउडा गीतहरुका क्यासेटहरुम जमना आगलागी, चौकीदार, बझाङ जाँन्याँ गाडी, पहाड जाँन्याँ बस, ले लैजा रमाल, मेरा गाँउ चुडी लगायत दुइ दर्जन एल्बमहरु रहेका छन । भने एउटा एल्बममा दुई साइट गरी ६/६ गीतका दरले उनले ५०० बढी देउडा गीतहरुमा आवाज दिएका थिए । स्व. देउडा गायक फुलाराले गाएका गीतहरु हाल सम्म पनि उत्तिकै जीवित रहेक छन । उनले गायका गीतहरु अहिलेको प्रविधी जस्तो नभएकेले केही मात्रामा मात्र युटुवमा भिडियो पाउन सकिन्छ भने अधिकाँश अडियो गीतहरु युटुवमा पाँउन सकिन्छ ।
गायक फुलाराका दुई छोरा र श्रीमति रहेका छन् । स्वर्गिय फुलाराको शुक्रबार नै दाहसंस्कार गरीएको उनका निकट आफन्त धिर्घराज फुलाराले बताए ।