मिन बहादुर खड्का/बाजुरा– नेपाली काँग्रेसको १४ औं महाधिवेशन र ७ औं जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ गाउँमा नेपाली कांग्रेस टोल कार्य समिति गठन गरिएको छ ।
आसन्न नेपाली काँग्रेस ७ औं जिल्ला अधिवेशन भदौ १६ देखि १९ मा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै जिल्लाको खप्तड छेडेदह गाउंपालिका वडा न ३ मा टोल कार्य समिति गठन गरिएको हो ।
नेपाली काँग्रेस प्रती अस्थावान नेता तथा कार्यकर्ता को भेला भई टोल कार्य समिति गठन गरिएको नेपाली काग्रेस वडा कार्य समिति सभापति बिष्णुु धामीले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।
रावतका अनुसार जिल्ला अधिबेशन नजिकिदै गएको हुदा गाउँपालिकाका अन्य वडामा पनि टोल कार्य समिति गठन गर्ने कार्य निरन्तर भैरहेको छ । नेता र कार्यकर्ता बिच भेटबार्ता निरन्तर भैरहेको छ । अहिले सिङ्गो नेपाली काग्रेस प्रति आस्थावान नेता कार्यकर्ताहरु माहाधिबेशनको तयारीमा जुटिरहेको रावतले बताए ।
शनिवार टोल कार्य समिति गठन गर्दै गर्दा बिगतका दिनहरूमा भएका थुप्रै कमी कमजोरीहरुलाई सच्याउदै पार्टी लाई थप बलियो बनाउदै लैजानु पर्ने बिषयमा समेत छलफल भएको रावतले बताएका छन ।