राम बहादुर दानी/बाजुरा– जिल्लाका युवाहरुको हक, अधिकार र युवाहरुको बिभिन्न क्षत्रमा समान सहभागिता गराउने जस्ता कामहरुमा क्रियासिल हुदै आएको खप्तड मालिका युवा सञ्जाल बाजुराले श्रावण २५ गते देखि आफ्नो स्थापना दिवसको अवसरमा खुल्ला भलिवल प्रतियोगीता गर्ने भएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्लामा खुला पुरुष भलिबल प्रतियोगिता संचालन गर्न लागेको खप्तड मालिका युवा सञ्जालका अध्यक्ष सुक्रराज बोहराले जानकारी दिए । विगत लामो समय देखि खेलकुद, सामाजिक कार्य, युवामुखी कार्यक्रमहरु, युवाहरुको सर्वाङ्गिण बिकासमा बिभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको सो युवा संजालले श्रावण २५ गते देखि दुई दिन सम्म खुला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष बोहराले बताए । जसमा प्रथम हुने टिमलाई रु ३० हजार ३ नगद पुरस्कार सहित, ट्रफि.मेडल.र प्रमाण— पत्र दिइने छ भने द्धितीय हुने टिमलाई रु १५ हजार ३ नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण–पत्र दिइने भएको छ । उक्त खेल जिल्लाको खेलकुद विकास समितिकाे कबडहलमा बिहान ठिक साडे सात बजेबाट संचालन हुने भएको छ । खेलमा सहभागी हुने खेलाडीहरुले आफ्नो स्वास्थ्य सुरक्षाको ब्यबस्था स्वयम् आफैले गरेर खेलमा उपस्थिति हुनुपर्ने सञ्जालका अध्यक्ष शुक्रराज बोहाले बताएका छन ।