मिन बहादुर खड्का/बाजुरा– जिल्लाको बुढिगंगा नगरपालिका वडा न. ८ र १० को बिचमा पर्ने बेताल छडी झरना पर्यटकको पर्खाइमा रहेको छ ।
साफे–मार्तडी सडक खण्ड बाट करीब २० मिनेतको मात्र पैदल यात्रा गरेर पुगिने सो झरनाको अहिले सम्म प्रचार प्रसारको अभावका कारण ओझेलमा रहृको बुढीगंगा नगरपालिका वडा न. ८ का वडा स्तरिय बाल क्लबका अध्यक्ष कूष्ण थापाले लोकतनत्र बिहानी न्यूजलाई जानकारी दिए । पर्यटकको पर्खाइमा रहेको सो झरना समुन्द्री सतह देखि करिब १०० देखि १५० मिटर उचाइ हुन सक्ने अनुमान गरिएको उनले बताए ।
सो झरनामा परापुर्वक कालमा बेताल देवताले लडाकु घोडाहर माथि चढाउने गरेको भन्ने धार्मिक बिश्वास रहेको छ ।अहिलेसम्म पनि सो झरनामा घोडाका खुट्टाकाे छापहरु देखिन्छन । तर यो झरनाको प्रचार प्रसार भने हुन सकेको छैन उनले भने, उक्त झरनाको प्रचार प्रसार हुन सकेमा उक्त झरनालाई धार्मिक दूष्टिकोणले समेत प्रसिद्ध धार्मिक स्थलका रुपमा स्थापित गर्न सकिने उनको भनाइ रहेको छ ।
पर्यटकहरुको पर्खाइमा रहेका सो झरना सम्म पुग्नका लागि सुरक्षित बाटो निर्माण गरी प्रचार प्रसार गरी आन्तरिक पर्यटकहरुलाई भित्र्याउन सकेमा निकट भविष्यमा पर्यटकिय क्षत्रका रुपमा स्थापित गर्न सकिने अध्यक्ष थापाले बताए ।
स्थानियहरुले प्रचार प्रसार र संरक्षणमा जोड दिएमा उक्त झरनालाई पर्यटकको आकर्षक र पर्यटकिय गन्तव्यका स्थापित सकिने पनि उनले बताएका छन।