डोटी: डोटीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।
आइतबार जिल्लाको पुर्वीचौकी गाउँपालिका ६ गांजरी बस्ने दिनेश भण्डारीका छोरा ५ वर्षीय हेमराज भण्डारीलाई घर आगनमा खेल्ने क्रममा सर्पले टोक्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सर्पले दाहीने खुट्टाको बुढी औंलामा टोकी घाईते भएका उनलाई जिल्ला अस्पताल डोटीमा लगीएको थियो । सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
दिनेश खवरबाट साभार