मिन बहादुर खड्का/बाजुरा– बडिमालिका नगरपालिका वडा नम्बर १ का २२ परिवारलाई राहत वितरण गरिएको छ ।
सामाजिक अभियान्ता रीता शाहिका अनुसार २१ बोरा तीस केजी चामल , नुहाउने साबुन ,लुगा धुने साबुन ,भुजा, १ केजि नुन, गरेर छ ५२ हजार बराबरको राहत वितरण गरेको बताइएको छ । अभियान्ता रीता शाहिले बताउनु भएको छ ,।
पहिरोले २२ परिवारलाई विस्थापित बनाय पछि उक्त वडाका वडा अध्यक्ष राम बहादुर कार्किले अभियान्ता शाहीलाई राहतको लागि पहल गरिदिन अनुरोध गरे पछि अमेरिकामा बस्ने सामाजिक अभियान्ता शिव सिलवालको पहलमा अमेरीका बाट आर्थिक संकलन गरेर पठाए पछि उक्त रकमको राहत वितरण गरेको शाहीले बताएकि छन । उक्त राहत बडिमालिका नगरपालिका १ का वडा अध्यक्ष राम बहादुर कार्कीको हातबाट हस्तान्तरण गरिएको शाहीले बताइन ।
स्थानीयले यति ठुलो सहयोग गरेको भन्दै सहयोगि दाता र अभियान्ता शाहिलाइ धन्यवाद दिएका छन ।