इन्द्रसरा खड्का– संघीयता कार्यान्वयन पछि निर्वाचित पहिलो स्थानीय सरकारहरूको कार्यकालको अहिले अन्तिम वर्ष चलिरहेको छ । अबको केही महिनापछि स्थानीय तहलाई चुनावी सरगर्मीले छपक्कै पार्नेछ । यस सन्दर्भमा कामका हिसाबले बितेका चार वर्ष कस्ता रहे ? जनचाहनाका नयाँ काम के–के हुनसके ? प्रतिबद्धताअनुसार काम भए/भएनन् ? खास समस्या र चुनौती कस्ता रहे ? पहिलो अधिकार सम्पन्न स्थानीय तहको अनुभव जनप्रतिनिधिले कसरी गरे ? लगायतका सवालमा केन्द्रित रही नेपालमतले स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल शुरू गरेको छ ।
आजको छलफलमा हुनुहुन्छ बाजुराको बडीमालिका नगरपालिकाका उप–मेयर कविता बुढा विष्ट । प्रस्तुत छ, उहाँसँग हाम्रा साथी इन्द्रसरा खड्काले यिनै सेरोफेरोमा रहेर गरेको संवाद यस्ताे रहेकाे छ–
जनप्रतिनिधि भएर काम गर्दै हुनुहुन्छ, कस्तो लाग्दैछ ?
जनप्रतिनिधिको रूपमा जनताको सेवा गर्न पाउँदा खुशी छु । हामी सामान्य घरपरिवारका महिला । महिलाहरूलाई अगाडि बढाउँदा काम बिगार्ने हुन् कि, गर्न सक्दैनन् कि भन्ने सोचाइ थियो । त्यो सोचाइलाई चिर्दै यो ठाउँमा पुग्दा खुशी लागेको छ । हामी महिलालाई जिम्मेवारी र अधिकार दियो भने काम गर्ने रहेछौं भन्ने अनुभव पनि भएको छ । म जनप्रतिनिधि हुनुभन्दा पहिले नै आठ वर्षसम्म सामाजिक परिचालनको क्षेत्रमा काम गरिरहेकी थिएँ । यसैले पनि मलाई काम गर्न समस्या भएन ।
अहिलेसम्म के–के गर्नुभयो त ?
हाम्रो नगरपालिकामा नौवटा वडा छन् । हामीले शुरूमै ‘खुशी नगरबासी, सम्बृद्ध नगर’ भन्ने नारा तय गरेर कामको शुरूवात गरेका थियौं । यहाँको परिवेशअनुसार सबै जनप्रतिनिधि मिलेर काम गरिरहेका छौं ।
कुन–कुन क्षेत्रमा के–के काम गर्नुभयो ?
विकास निर्माणदेखि विभिन्न क्षेत्रमा काम गरिरहेका छौं । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात विभिन्न क्षेत्रमा काम गरेका छौं ।
शिक्षाको क्षेत्रमा कुरा गर्दा; बडीमालिका नगरपालिकाले ४८ जना शिक्षक नियुक्त गरेको छ । जसले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुगेको छ । यस्तै, पालिकाभित्र रहेका २५ वटा विद्यालयमध्ये १९ वटा विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गरेका छौं भने ६ वटा विद्यालयमा निर्माणको काम भइरहेको छ ।
मेयरबाट शुरूमा निकै हेप्ने काम भयो । एकलौटि शासन गर्नुभयो । योजनाको अनुगमन गर्दा उहाँ गाडीमा जानुहुन्थ्यो, म हिंडेर वा सार्वजनिक गाडीमा जान्थें । कर्मचारीलाई आफ्नो हातमा लिएर हिंड्नुभयो । मलाई कर्मचारीले पनि टेरेनन् । तर अहिले त्यस्तो छैन । अहिले निकै सहयोग गर्नुहुन्छ । गएको वर्षदेखि राम्रो व्यवहार गर्नुहुन्छ ।
स्वास्थ्यको विषयमा भन्नुपर्दा; यो पालिका सदरमुकामसँगै जोडिएको छ । सदरमुकामबाट टाढा रहेका वडामा पहिले ३ वटा स्वास्थ्यचौकी मात्र थिए । अहिले हामीले पाँचवटा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौं । ती केन्द्रबाट सेवा पनि शुरू भइसकेको छ । नजिकै स्वास्थ्य संस्था हुँदा सहज भएको छ ।
खानेपानीको सम्बन्धमा; पहिले बजार क्षेत्रमा जताततै पाइपलाइन थिए । व्यवस्थित थिएन । हामीले यसको लागि ५५ घनमिटरका चारवटा पानीट्यांकी निर्माण गरेका छौं । यसो गर्दा बजार पनि सफा देखियो । सँगै तीन करोड बराबरको पानी फिल्टर गर्ने ट्यांकी पनि बनाएका छौं । एक घर, एक धाराको अवधारणा ल्याएर घर–घरमा खानेपानीका धारा पुर्याएका छौं ।
सडकको सम्बन्धमा; यो पालिकाका ९ वटा वडामध्ये एउटामा बाहेक अरू सबैमा सडक निर्माण भएका छन् ।
अनि, महिलाको क्षेत्रमा के–के काम भए ?
महिलालाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका व्यावसायिक तालिम दिएका छौं । महिलाभित्र पनि जो एकल हुनुहुन्छ, निम्न परिवारको हुनुहुन्छ, यस्ता महिलालाई सीप सिकाएका छौं । शुरूको वर्षमा १८ एकल महिलालाई उन्नत जातका दुई/दुई बाख्रा वितरण गर्यौं । अर्को वर्ष एउटा वडाबाट चारजना महिला छनोट गरेर यही कामलाई निरन्तरता दियौं । त्यस्तै; अर्को वर्षमा अन्य महिलाहरूलाई व्यावसायिक तालिम दियौं । सोडा, साबुन, उत्पदान गर्नुपर्छ भनेर २५ जनालाई यो तालिम दियौं । अहिले उहाँहरू यो व्यवसाय गरेर जीविकोपार्जन गरिरहनुभएको छ । धेरैजना महिला सिलाइकटाइबाटै आत्मनिर्भर बन्नुभएको छ ।
तपाईंको पालिकामा छाउपडी प्रथाको अवस्था कस्तो छ ?
छाउपडी भन्ने बित्तिकै धेरै जनाले सुदूरपश्चिम त्यसमा पनि बाजुरा सम्झन्छन् । तर यहाँ मात्र होइन, यो नेपालभर छ । होला; यतातिर अलग गोठमा बस्नुपर्छ तर काठमाडौंमै पनि महिनावारी हुँदा अलग बस्ने गरेको पाइन्छ । यसो भनिरहँदा यो प्रथा सही हो भनेको होइन । तर जसरी काठमाडौंबाट हेरिन्छ त्यस्तो चाहिं छैन । यो कुप्रथा अहिले पहिले जस्तो छैन । धेरै जना बुझ्ने भइसकेका छन् । पहिले जस्तो महिनावारी भएको वेला गोठमा गएर बस्न छोडेका छन् । कतिपयले बार्ने कुरा अझै बारे पनि सबैजना घरभित्रै सुरक्षित रूपमा बसिरहनुभएको छ । यो चलन बिस्तारै हट्दै गइरहेको छ । हाम्रो पालिकाका ९ वडामध्ये ६ वडा छाउपडी गोठमुक्त घोषणा भइसकेका छन् भने बाँकी चार वडालाई पनि घोषणा गर्ने तयारी गरिरहेका छौं । यसको लागि यहाँका धामीझाँक्रीलाई सचेतना जगाएका छौं ।
बडीमालिका नगरपालिकाले ४८ जना शिक्षक नियुक्त गरेको छ । जसले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुगेको छ । यस्तै, पालिकाभित्र रहेका २५ वटा विद्यालयमध्ये १९ वटा विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गरेका छौं भने ६ वटा विद्यालयमा निर्माणको काम भइरहेको छ ।
तपाईं महिनावारी हुँदा चाहिं के गर्नुहुन्छ ?
म महिनावारी हुँदा कहिल्यै अलग बस्दिनँ । गाउँको घरमा जाँदा पनि अलग बस्न खोज्दिनँ तर घरमा बुढापाका हुनुहुन्छ उहाँहरूले मान्नुहुन्न । महिनावारी भएको थाहा पाउनुभयो भने रोकटोक गर्नुहुन्छ तर म आफैं चाहिं बार्दिनँ । म महिनावारी हुँदा आफैं भैंसी दुहेर पनि खान्छु । सकेसम्म महिनावारी भएको कसैलाई जानकारी गराउँदिनँ ।
पालिकाको तर्फबाट तपाईंले गर्नुभएका राम्रा काम सुनाउँदा के सुनाउनुहुन्छ ?
मैले एक लाखको ‘नारी सहायता सक्षम कोष’को स्थापना गरेको छु । ‘महिलासँग उप–मेयर’ कार्यक्रम अन्तर्गत सुत्केरी आमालाई उप–मेयरको कोसेली दिने गरेका छौं । गर्भवती र सुत्केरी आमालाई कोसेलीमा ज्वानोदेखि घरेलु चामल, अण्डा, तेल, हरियो सागपात, तरकारीका बीउबिजन लगायत राखेर कोसेली दिन्छौं । यी खानेकुराले सधैंभरि त पक्कै पुग्दैन तैपनि यस्तो अवस्थामा यो–यो खानुपर्छ भनेर सचेतना भने जागेको छ । अर्को कुरा; हामीले रेडियोमा ‘रेडियो बहस’ कार्यक्रम शुरू गरेका छौं । जसअनुसार म रेडियोको स्टेसनमा जाने अनि त्यहाँ एकदेखि नौ वडासम्मका महिलाले फोन गरेर आफ्ना गुनासा सुनाउने । गुनासा टिपेर समाधान गर्ने गरेको छु ।
काम गर्दै जाँदा सहयोग कत्तिको मिल्यो ?
मलाई लाग्छ, आफू सक्षम हुनुपर्छ कसैको दबाबमा बस्नु पर्दैन । तर, सोचेर मात्र हुँदैन रहेछ । महिलालाई हेर्ने नजर नै सक्दैनन्/जान्दैनन् भन्ने छ । आजै मात्र यहाँको एउटा मिडियाले हाम्रो नगरपालिकाको वार्षिक खर्च कुन शीर्षकमा कति भनेर समाचार निकालेको थियो । यही समाचारलाई स्रोत बनाएर प्रदेशमा रहेको एउटा मिडियाले बडीमालिकाका उप–मेयरले ७२ हजारको रिचार्ज (मोबाइल) गरे भनेर समाचार छाप्यो । यो मैले प्रदेश कार्यविधि अनुसार पाउनुपर्ने सुविधा हो । यही सुविधा अनुसार मेयरले गरेको खर्च समाचार बनेन । तर, मेरो समाचार बन्यो । यसैबाट पनि थाहा हुन्छ, महिलालाई हेर्ने नजर कसको कस्तो भन्नेबारे ! मैले सेवा सुविधा जे छ, कानून बमोजिम लिने हो । त्यो भन्दा बाहेक एक पैसा लिएको छैन ।
धेरै उप–मेयरको गुनासो कर्मचारीबाटै हिंसामा पर्यौं भन्ने गरेको सुनिन्छ, तपाईंले हिंसा भोग्नु परेन नि ?
हिंसा हुनलाई कुटपिट मात्र गर्नुपर्छ भन्ने हुँदैन । शुरू–शुरूमा कर्मचारीबाट निकै विभेद सहनुपर्यो । मैले भनेको कुरा नसुनिदिने, मलाई नसोधेरै वा जानकारी नदिइकन काम गर्ने निकै भयो । हामी लोकसेवामा नाम निकालेर आएका हौं, जनताको भोटबाट आएकाहरूलाई धेरै थाहा हुँदैन भनेर हेप्ने प्रवृत्ति शुरूका वर्षमा निकै थियो । तर, अहिले त्यस्तो छैन ।
म महिनावारी हुँदा कहिल्यै अलग बस्दिनँ । गाउँको घरमा जाँदा पनि अलग बस्न खोज्दिनँ तर घरमा बुढापाका हुनुहुन्छ उहाँहरूले मान्नुहुन्न । महिनावारी भएको थाहा पाउनुभयो भने रोकटोक गर्नुहुन्छ तर म आफैं चाहिं बार्दिनँ । म महिनावारी हुँदा आफैं भैंसी दुहेर पनि खान्छु । सकेसम्म महिनावारी भएको कसैलाई जानकारी गराउँदिनँ ।
त्यस्तो कुनै घटना सम्झनुपर्दा ?
गएको वर्षकै कुरा गरौं न । प्रदेश सरकार अन्तर्गत बडीमालिका नगरपालिकामा २० लाख बराबरको योजना आएको रहेछ । माझीगाउँ सडक भन्ने योजना । आफ्नै मान्छे समितिमा राखेर उसैलाई ठेक्का दिएर सडकको काम शुरू भइसकेको रहेछ । मलाई थाहा थिएन । भोलि खाता बन्द हुने, आजका दिन मेरो टेबलमा एउटा फाइल आयो । हाम्रो काम सबै भइसक्यो, अब तपाईंको हस्ताक्षर मात्र बाँकी छ भन्दै फाइल दिइयो । मैले थाहै नपाएको योजनामा हस्ताक्षर गर्दिनँ भनें । उप–मेयरलाई के–के अधिकार छ भन्ने तपाईंलाई पनि थाहा छ र मलाई पनि थाहा छ । त्यसै पनि योजना अनुगमनको संयोजक म हो भन्दै हस्ताक्षर नगर्दा योजना त्यत्तिकै रोकेको घटना छ ।
अनि मेयरबाट ?
शुरूमा निकै हेप्ने काम भयो । बजेट विनियोजन गर्दा मलाई थाहा नदिने, कुनै ठाउँमा भएका कार्यक्रमहरूबारे पनि जानकारी नदिने । योजनाको अनुगमन गर्दा उहाँ गाडीमा जानुहुन्थ्यो, म हिंडेर वा सार्वजनिक गाडीमा जान्थें । तर अहिले त्यस्तो छैन । अहिले निकै सहयोग गर्नुहुन्छ । पहिले त एकलौटि शासन गर्नुभयो । कर्मचारीलाई आफ्नो हातमा लिएर हिंड्नुभयो । मलाई कर्मचारीले पनि टेरेनन् । आ–आफ्नो तरिकाले हिंड्दा निकै समस्या भयो । तर पछि कसरी बुझ्दै जानुभयो थाहा छैन । शायद उहाँले उप–मेयरको अधिकारबारे थाहा पाउनु भयो होला । गएको वर्षदेखि राम्रो व्यवहार गर्नुहुन्छ ।
तपाईं न्यायिक समितिको संयोजक पनि हो, महिलाका कस्ता उजुरी आउँछन् ?
हाम्रो नगरपालिकामा महिलाका खासै उजुरी आउँदैनन् । अहिलेसम्म लेनदेन सम्बन्धी केही मुद्दा परेका छन् । चार/पाँचवटा श्रीमान्/श्रीमतीबीचका झगडा आएका छन् । ती बाहेक अरू उजुरी आएका छैनन् । हाम्रो पालिका वरिपरि प्रहरी, प्रशासन र सेफ हाउस छन् । त्यसैले पनि नगरपालिकामा भन्दा बढी बाहिरै उजुरी जाने गरेकोले यता कम आएको हो ।
बडीमालिका नगरपालिका सदरमुकामसँगै जोडिएको छ । सदरमुकामबाट टाढा रहेका वडामा पहिले ३ वटा स्वास्थ्यचौकी मात्र थिए । अहिले हामीले पाँचवटा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौं । ती केन्द्रबाट सेवा पनि शुरू भइसकेको छ । नजिकै स्वास्थ्य संस्था हुँदा सहज भएको छ ।
तपाईंले चुनावको वेला गरेका प्रतिबद्धता पूरा भए त ?
सबै एकैपटकमा त कहाँ सकिन्छ र ? जेहास्, शुरूवात गरेका छौं । मैले भनेका धेरैजसो काम शुरू भएका छन् । यद्यपि, कोभिडका कारण धेरैजसो काम प्रभावित भने भएका छन् ।
अबको योजना के छ ?
हामी अहिले १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा छौं । मेरो क्षमता, दक्षता र योग्यताले भ्याएसम्म पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्छु । साथै; पार्टीले टिकट दिन्छ भने, अब म मेयरको दाबेदार हो । मैले ५ वर्षसम्म गरेका गतिविधिलाई मध्यनजर गरेर अझै पनि अघि बढाउनको लागि काम गर्नेछु ।
आजको नेपाल मतबाट साभार।।