नयाँ दिल्ली–भारतको नयाँ दिल्लीस्थित रोहिणी अदालतमा न्यायाधीशको अगाडि गोली ताक्ने अपराधिक समूहका तीनजनाको मृत्यु भएको छ । प्रहरीसँगको दोहोरो भिडन्तमा जितेन्द्रमान उर्फ गोगिसहित तीनजनाको शुक्रबार अदालतमै मृत्यु भएको हो। आक्रमणकारीहरु वकिलको पहिरनमा अदालत उपस्थित भएका थिए ।
मृतकमध्ये एकजनाको भने सनाखत हुन बाँकी रहेको भारतीय संचारमाध्यमले जनाएका छन । अदालतमा सो समूहविरुद्ध मुद्दाको पेशी तोकिएको थियो। अदालतमा उपस्थित रहेकै समयमा गोगि र उनको समूहका तिल्लु ताजपुरियाले न्यायाधीशकै अगाडि गोली ताकेका थिए ।
गोगी समूहविरुद्ध दर्जनौं अपराधसम्बन्धमा अदालतमा मुद्धा चलिरहेको दिल्ली प्रहरीका प्रवक्ता चिन्मोय बैस्वालले हिन्दुस्तान टाइम्सलाई बताएका छन् । गोगिसहित उनको समूहमा अन्य तीन अपराधीलाई प्रहरीले भारतको गुर्डगाउँबाट गत मार्चमा पक्राउ गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। भारतीय अदालतको इतिहासमा यो पहिलो घटना भएको हिन्दुस्तान टाइम्समा उल्लेख छ ।
अन्नपुर्ण पोष्टबाट साभार