युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
109 पटक पढिएको

सुर्खेत : कर्णाली प्रदेशका ७५ प्रतिशत स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रणमा खटाइने भएको छ। साथै प्रदेश भरका जिल्ला अस्पताललाई एक करोडका दरले बजेट दिने निर्णय प्रदेश सरकारले गरेको छ । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन समितिको बैठकले ७५ प्रतिशत स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रणमा खटाउने निर्णय गरेको हो ।
‘२५ प्रतिशत स्वास्थ्यकर्मीलाई नियमित उपचार र ७५ प्रतिशत स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रणमा खटाउने निर्णय भएको छ’ प्रदेश सरकारका प्रवत्तामन्त्री विमला केसीले भनिन् ।
सोही बैठकले प्रदेश अस्पताल सुर्खेतमा संक्रमितको उपचारका लागि तत्काल पाँचसय बेड तयार गर्ने निर्णय गरेको छ।हाल प्रदेश अस्पतालमा संक्रमितको उपचारका लागि एकसय बेड मात्र छन्। त्यस्तै कालिकोट, दैलेख, रुकुमपश्चिम, जाजरकोट र सल्यानका जिल्ला अस्पतालमा एक/एक सय र हुम्ला, डोल्पा तथा मुगुमा ५०/५० बेड तयार गर्ने निर्णय गरिएको छ ।
प्रदेश अस्पतालले संक्रमित थेग्न नसक्ने आँकलन गर्दै नेपाली सेनाको सहयोगमा थप तीनसय बेडको प्रिफ्यावको हल बनाउने निर्णय गसरएको छ। त्यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकलाई नाकामै स्वास्थ्य परीक्षणका लागि होल्डिङ सेन्टर राख्ने, प्रदेश अस्पतालमा चार र अन्य अस्पतालहरुमा दुईजना काउन्सिलर राख्ने लगायतका निर्णय भएको प्रदेश सरकारले जनाएको छ। यस्तै कर्णालीमा कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या बढेपछि प्रदेश सरकारले पीडित परिवारलाई राहतको घोषणा गरेको छ। प्रदेश सरकारले कोरोनाका कारण मृत्यु भएकाव्यक्तिका परिवारलाई एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको हो। प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोनाको दास्रो लहर फैलिएसँगै कर्णालीमा मृत्युदर पनि बढेको छ। संक्रमितको संख्या बढेको र ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेपछि प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको हो। प्रदेश सरकारको यो निर्णयसँगै अब कर्णालीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेका परिवारले एक लाख रुपैयाँ राहत स्वरुप पाउने छन्। कोरोना महामारीका कारण आफन्त गुमाएका परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता मन्त्री विमला केसीले बताइन्।उनका अनुसार राहत रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइने छ ।
आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेकी केसीले भनिन्,’यो महामारीमा प्रदेश सरकार नागरिकको साथमै छ, विपद् र दुखमा जनतालाई सरकारले मलम लगाउने काम गर्छ।’सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराइने छ ।
यस्तै प्रदेश सरकारलेसंक्रमितहरुलाई पोषिलो खाना खुवाउने भएको छ।यसका लागि सरकारले जिल्लाहरुको बर्गिकरण गरेर खानाका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्री केसीका अनुसार प्रदेशका हुम्ला, मुगु र डोल्पामा प्रतिविरामी ६ सयका दरले खर्च दिइने छ। त्यसैगरी कालिकोट र जुम्लामा पाँचसय र अन्य जिल्लाहरुमा चारसय रुपैयाँका दरले पोषिलो खानाका लागि रकम दिइने मन्त्री केसीले जानकारी दिइन् ।

यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!