काठमाडौँ –सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक बस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेत्रवक्रिम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । बिहीबार पार्टीका महासचिव विप्लवले एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरिएको हो ।
महासचिव विप्लवले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार÷प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन ।
‘हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन। तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ प्रेस वक्तव्यमार्फत भनिएको छ । साथै विज्ञप्तिमा जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग माग गरेको छ ।
यस्ताे छ हेर्नुहाेस प्रेस विज्ञप्ति
दिनेश खबरबाट साभार