बाजुरा- २०४८ सालको निर्वाचनमा देशकै कान्छो सँसदका रुपमा परिचित शालिन नेता बाजुरा जिल्लाको माटोले जन्माएका कुशल राजनितिज्ञ देवराज जोशी मन्त्री परिषदको निर्णय अनुसार राष्टपति बिद्दा देवि भण्डारीबाट बुधबार शुदुरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त भएका थिए ।
बिहिवार राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको सपथ खाएका नव नियुक्त शुदुरपश्चिम प्रदेश प्रमुख जोशी शुक्रवार ६: ३० बजेको बुद्द एयरको जहाजबाट गृह प्रदेश धनगढी आँउनु हुने भएको छ । गृह प्रदेश पुगे लगत्तै निजि सचिवालयको स्थापना पनि गरिने प्रदेश प्रमुखका निटकटतम विद्दार्थी नेता तपेश रावलले जानकारी दिए । त्यस पछि प्रदेश स्तरिय प्रदेश प्रमुखले गर्ने कामकाे जिम्मेवारी सम्हाल्दै पद बहाल गरिने कार्यक्रम रहने पनि स्राेतले जनाएकाे छ ।
शुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख जोशीले बिहिवार रााष्ट्रपति बिधादेबि भण्डारीबाट शपथ खाए लगत्तै जोशी पहिलो पल्ट शुदुरपश्चिम आउन लाग्नु भएको हो । प्रदेश प्रमुख जोशीले शुक्रबार नै प्रदेश प्रमुखको पदवहार गर्ने कार्यक्रम रहेको छ ।जोशी आफ्नो १५ सदस्यिय नेता तथा कर्यकर्ता टोली सहित शुक्रवार बिहान ६:३०बजे बुद अएरलाइन्सबाट धनगढी आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ।