बाजुरा– सुदुर पच्शिम प्रदेश सरकारका नव नियुक्त प्रदेश प्रमुख देवराज जोशीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत प्रदेश प्रमुख बनाउनमा अहम भुमिका निभाउने सम्पूर्णलाई आभार तथा कृतज्ञता ब्यक्त गरेका छन् । पुर्व संम्विधान सभासदस्य र महासमिति सदस्य समेत रहेका जोशीलाई यहि कात्तिक २३ गते मंगलवार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन् ।
जाेशीले नेपालको संविधान २०७२ बमोजिम नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री आदरणिय शेर बहादुर देउवा ज्युले मलाई बिश्वासका साथ शुदुरपश्चिम प्रदेश सरकारको प्रदेश प्रमुखमा नियुक्तका लागि सिफारिस गर्नुभएकोमा आभार तथा कृतज्ञता ब्यक्त गर्नुहुदै, नियुक्तिका लागि सम्माननिय राष्ट्रपति बिद्या देबि भण्डारी ज्यु लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता तथा आभार प्रकट गर्दछु । नियुक्त÷सिफारिस पश्चात् विभिन्न माध्यमबाट बधाई तथा कार्यकालको शुभकामना प्रकट गर्नुहुने सम्पूर्ण शुभचिन्तक,शुभेच्छुकज्युहरुमा हार्दिक धन्यवाद प्रकट गर्दछु । साथै नेपालको प्रचलित कानुन,संविधान बमोजिम मेरा काम, कर्तव्य र अधिकारको परिधिभित्र रहेर इमानदारी पूर्वक देश र जनताको सेवामा रहने कुरा जाहेर गर्दछु धन्यवाद !
मा.देबराज जोशी
प्रदेश प्रमुख शुदुरपश्चिम प्रदेश सरकार
यस्ताे लेखेका छन हेर्नुहाेस सामाजिक सञ्जालमा