युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
164 पटक पढिएको

 बाजुरा–जिल्लाको बुढिनन्दा नगरपालिका वडा न . ९ पाण्डुसैन स्थायी ठेगाना भएका र हाल बडिमालिका नगरपालिका वडा न . को बाउलीमा अर्काको घरमा भाडा तिरेर बस्दै आइरहेका र उपचारको अभावमा छट्पटाइरहेका पेम्वा ग्याल्पो गुरुङले सबैलाई उपचारका लागि सक्दो सहयोग गर्न अपिल गरेका छन । दुईवटै खुट्टाहरु नच्लदा अपाङ्ग अवस्थामा रहेका गुरुङ आफू अपाङ्गहुनुभन्दा पहिला खच्चर चलाएर जिविको पार्जन गर्ने गरेको बताँउन्छन् ।खच्चर चलाएर जिविको पार्जन गरेका उनका ३ वटा छोरी र श्रीमती गरि पाँच जनाको परिवार थियो । उनका अनुसार उनकी श्रीमतीको तीन बर्ष अघि मृत्यु भयो । श्रीमतिको मृत्यु पछि उनको जिवनमा एक पछि अर्को गरि पिडाका बोजहरु थपिदै गए । र श्रीमतीको मिर्त्यु भएको धाई बर्ष नबित्दै उनको दुवै खुट्टा नच्ल्ने भए ।उनकी जेठी छोरीले पनि बिहे गरिन । र अहिले उनको साथमा दुई वटा छोरीहरु छन । गुरुङ खच्चर चलाएरै जिविको पार्जन गर्दै आएका कारण आफ्नो कुनै जग्गा जमिन र बस्ने घर नभएको बताउन्छ्न ।

आफ्नो दुवै खुट्टा नचल्ने भएपछी परिवारको अवस्था निकै दयनीय हुदै गएको उनले बताए । सानै उमेरमा आमाको माया ममताबाट बन्चित गुरुङकी दुई वटा छोरीहरू बाबाको साहारामा बस्दै आइरहेकी थिईन । केही समय नबित्दै वाबाको अवस्था एस्तो हुदा अहिले ती दुई जना छोरीहरु बिचल्लीमा छन् । नत उनीहरुको कुनै बस्ने घर छ । नत खेतीपाती गर्ने जग्गा जमीन नै । उनीहरुको पारिवारिक अवस्था दयनीय छ । तर पनि परिस्थितिले मान्छेलाई सुख दुखमा पनि जिउन सिकाउन्छ भने झै उनीहरु दुवै जना छोरीहरु निकै बुझकार देखिन्छन । अहिले उनीहरु जेठी अन्जली  गुरुङ  कक्षा १० मा र कान्छी बहिनी कारिया गुरुङ कक्षा ८ मा पढ्दै आइरहेकी छन् । जसको बस्ने घर छैन खान लाउनको अभाव छ । तर पनि बिद्यालय भने छोडेकी छैनन् ।

एउटा न एउटाले दैनिक वावाको हेरचाह गर्नुपर्ने बाध्यता छ । उनीहरु बिद्यालय नगई वावाको हेरचाह गर्छिन । दुवै बहिनी एकदमै मिलनसार एक अर्कामा मिल्ने छन् । उनीहरु पालैपालो बिद्यालय जाने गर्छन । आज एउटा बहिनी जान्छ र भोलि अर्को बहिनी उनीहरुको वास्तविक पिडालाई मनन गर्ने हो भने मन थामेर बस्न निकै मुस्किल हुन्छ । अधिकांस मानिसहरु कृर्षि पेशामा निर्भर छन । बाजुरा जिल्लाको संदर्भमा धेरै जसो मानिसहरु खेतिपातिकै भरमा जीवन निर्वाह गर्छन् । खेतीपाती गरेर पनि बर्षभरलाई पुग्दैन । त्यसैमा पनि दैनिक ज्याला मज्दुरी नगर्यो भने बेलुका चुलोमा आगो समेत बल्दैन त्यस्तै परिवारमा हुर्केकी ती दुई छोरीहरूको अवसथा बिच लागि खेतिपाती गरेर खानका लागि जग्गा जमिन पनि छैन । आफ्नो जन्मभुमि देखी टादा पाल मुनी बस्नु र हप्तामा तीन दिनमात्र बिद्यालय पढ्न जानु उनीहरुको रहर नभई बाध्यता हो ।

हामीले गुरुङकि कान्छी छोरी कारु गुरुङलाई तिमिलाई एक दिन बिद्यालय नगएर अर्को दिन जादा शिक्षकले रिसाउदैन्न भनेर सोधेका थियौ उनले यसको जवाफ दिदै भनिन् सरले हिजो बिद्यालय किन नआएको भनेर सोध्नु हुन्थ्यो मैले बाबा बिरामी हुनुहुन्छ भनेर भन्थे । धेरै दिन सम्म त रिसाउनु हुन्थ्यो स्कुलमा पढ्न आएको कि तारिक लगाउन भन्ने खालको मानसिकता पनि कतिपय साथिहरुले राख्थे । तर बाध्यता र परिस्थितिको अगाडि कसको केही लाग्दैन भने जस्तै मलाई जसले जे भने पनि वावालाई एक्लै छोडेर बिद्यालय जान मनै लाग्दैन उनले भनिन् । छिमेकीहरुले दिएको सहयोगले किनेको कापी कलम लामो समय सम्म काम चल्ने गरेको उनी बताउन्छिन । वावाको दुवै खुट्टा नच्ल्ने भएपछि बावाको सेहारसुवार गर्दै आइरहेकी दिदिबहिनी दुवैको जस्तोसुकै अवस्था सिर्जना भएपनी पढाई नछाड्ने अठोट रहेको छ ।

दुवै खुट्टा नचल्ने भएका कारण अपाङ्ग अवस्था रहेका र पारिवारिक अवस्था दयनीय रहेका गुरुङ लामो समय सम्म पालमा बस्दै आएको बताँउन्छन । उनले भने मेरो खुट्टा चल्न बन्द भएको करिब १ बर्ष ६ महिना जति भयो । पहिला सामान्य खोकी लाग्यो र बिस्तारै पछाडी पट्टीको शरीर दुख्न थाल्यो । र त्यसपछि खुट्टाम सर्यो र दुवै खुट्टा नचल्ने भए । उपचारका लागी काठमाडौ, धनगढी, र कोहलपुर सम्म पनि पुगे तर आर्थिक अभावकै कारण उपचार हुन नसकेर फर्किए । डाक्टरका अनुसार ठिक भैहाल्छ भन्ने थियो । तर उपचारका लागि खर्च काहीं कतैबाट जुटाउन सकेको छैन । हुन त जुटाउन पनि कहाँबाट सकिन्थ्यो र आफ्नो आवस्था एस्तो छ अरु आफ्नो भन्ने कोहि छैन । खान लाउन त अरुले सहयोग गरेको अलिकति पुग्छ ।

श्रीमतीले पनि झन पहिला नै छोडेर गई यी दुईवटा नाबालिका छोरीहरू छन , जसले बिद्यालय नगएरै हेरचाह गरिरहेकी छन ।एदि यी छोरीहरू नै नभैदिएको भए सायद भोकभोकै कहिलै मरिसक्थे होला आँखाको परेलाबाट थपथप आँसु झार्दै उनले भने ।उनले फेरि आँसु पुछ्दै भने अव त मेरो उपचार भन्दा पनि कसैले काहीं कतैबाट राहत उपलब्ध भए यी नाबालिकाहरुलाई खान लाउन र कापी कलम किन्न सजिलो हुन्थ्यो भन्ने आस लाग्छ ।म त मरे पनि ठिकै थियो । तर मेरो कारणले यी छोरीहरूको भबिस्य बिग्रीने भयो । दुवै खुट्टा नचल्दा थला परेर लामो समय बाउलीको किनारमा दिन कटाएका गुरुङ चिसोको समय सुरु भएपछि अहिले अर्काको घरमा भाडामा बस्दै आइरहेको बताए । भाडामा बसेको भएतापनी तर महिना पिछे भाडा कहाँबाट तिर्ने भन्ने उनको दुखेसो छ । अलिकति छिमेकी दाजुभाईहरुले सहयोग गरेकोले बिहान बेलुका छाक तार्न पनि मुस्किल हुन्छ । जसो तसो अहिलेसम्म दिन गुजारेको उनले बताएका छन् ।

तपाईको नागरिक जो तपाइलाई हिजो चुनाव हुदै गर्दा मतदान पनि दियो होला तपाइलाई चुनाव जिताउने त्यही नागरिक आज उपचारको अभावमा छटपाटाइरहदा तपाई जनताको अभिभावक भएर के हेरेर बस्नुभएको छ भनेर नगरपालिकाका नगरप्रमुख पदम गिरिलाई सोध्दा यो बिषयमा आफुलाई कुनै जानकारी नै नभएको बताउदै आफुलाई जानकारी भएमा आफ्नो तर्फबाट गनुपर्ने सहयोग गर्ने बताएका छन् ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!