बाजुरा–मानिसको जिवनमा सुख दुख भन्ने कुरा त स्वभाविक प्रक्रिया हो । जिवनमा दुख पीडाहरु त जसलाई पनि आइपर्छ नै तर भगवानले पनि कसैलाई यसरी ठगेको हुन्छ । जसले एकपटक सुख को अनुभुती गर्ने समेत अवसर पाउदैन । कसैकसैले अक्सर जीवन पिडाई पिडाहरुको बोझमा गुजारीरहेका हुन्छन । जसको दुखेको घाउमा मलम लगाउने आफ्नो भन्ने कोहि हुँदैन । यस्तै साहारा बिहिन हुन त खोज्दै जादा समुदाय स्तरमा यस्ता थुप्रै ब्यक्तिहरु भेटिन्छन् होला । यस्तै पिडाई पिडामा दिन गुजार्न बाध्य जिल्लाको बुढीगङ्गा नगरपालिका वडा न . १० बदेडाका ३८ बर्षिय दिपक लुवार बिगत लामो समयदेखि रोगबाट ग्रसित भएर घरमै थला परिरहेका छन । पारिवारिक अवस्था निकै नाजुक भएका कारणले गर्दा उहाँको उपचार हुन सकेको छैन । उपचारका लागि सवैलाई सहयोग गरिदिन अपिल गरेका छन् ।
उहा अहिले अर्काको घरमा बस्दै आइराख्नु भएको छ । सम्पत्तिको नाममा बस्ने घर समेत छैन । खेतीपाती गर्न उहाँको सानो करेसावारी लागाउन पनि जग्गा जमिन छैन । उहालाई बिहान बेलुका छाक टार्न पनि निकै धौधौ भइरहेको छ ।उपचारका लागि कही कतैबाट खर्च जुटाउन नसकेको उनको दुखेसो रहेको छ।अछाम जिल्लामा रहेको न्याक हेल्थ बयालपाटा अस्पतालहरुमा उपचार संभब नभएको र टाढा गएर उपचार गर्न आर्थिक नभएकै कारण रोग पालेर बस्नु बाध्यता रहेको उनले बताए ।
उनले भने रोग पालेर बस्नु रहत त कसलाई पो हुन्छ र । तर बाध्यता र परिस्थितिको अगाडि कसको के लाग्थ्यो । आफ्नो हालत यस्तो भए देखि कमाई हुने अर्को कुनै आधार छैन । साथमा ३ छोराहरु र एउटा छोरि छ । आफु त बरु भोकै बस्न पनि सकिन्थ्यो तर यि नावालकहरुलाई आँखै अगाडी भोकै बसिरहेको हेरेर चित्त बुझाउन कसरि सकिनन्थ्यो र ! जसो तसो दिनहरु गुज्रेकै छन् कहिले काँहि यसैमा सन्तुष्ट हुन्छु उनले भने दुःख पर्दा आफन्तहरु पनि टाढा हुन्छन भन्ने कुरा अहिले महसुस गरिरहेको छु। सहयोग गर्नु त परै जायोस अर्कालार्य दुःख पर्दा उल्टै कुरा काटेर बस्ने हाम्राे समाज छ ।
लामो समय देखि उपचारको अभावमा थला परेर घरर्मै बसिरहेका भएतापनि उनको पिडामा मलम लगाउने नत राज्य नत कुनै गैरसरकारी संघ सस्था न त सम्बन्धित स्थानिय सरकार नै । उनि उपचार बिना रोग पालेर बस्न बाध्य भएको खवर सुनेपछी सामाजिक अभियान्ता पारस रावल उहाँको अवस्था बुझ्न उहाँको घर सम्म पुगेका थिय । रावलले निज दिपक लुवारको उपचारका लागि सहयोग अभियान संचालन गरिरहेका छ्न ! रावलले आफ्नै लगानीमा उहालाई उपचारका लागि अछाम स्थित बयालपाटा अस्पतालमा उपचार गर्न लिनुभयको थियो । त्यहाँ उपचार सम्भव नभएपछी घर फर्काइएको छ । निजको उपचारका लागि काठमान्डौँ लैजानु पर्ने डाक्टर क्टरको सल्लाह रहेको बताइएको छ । उपचारका लागि तत्काल आर्थिक जुटाउन नसकिएको कारणले सहयोग अभियान संचालन गरेको अभियान्ता रावलले बताएका छन् । रावलले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग गर्न सवैलाई अनुरोध समेत गरेका छन् ।