बाजुरा– नेपाली काँग्रेसका युवा नेता बद्रि प्रशाद पाण्डे नेपाली काँग्रेसको सहमहामन्त्रिमा विजयी भएका छन् । पाण्डे कोइराला टिम बाट २४ सय ११ मत ल्याएर विजयी भएका हुन् । उनले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेका छन् । नेता पाण्डे नेपाली कांग्रेस बाजुराका प्रतिभाशाली नेता, बाजुरेली जनताका आषा अनि भरोसाका केन्द्र बिन्दु कुसल, सक्षम, निदर, जुझारु र युवा पुस्ताले रुचाएका नेता हुन । यस अघि केन्द्रिय सदस्य समेत रहेका पाण्डे १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
नेता पाण्डेको जितले नेपाली कांग्रेस बाजुरामा खुसीयाली छाएको छ । कांग्रेस बाजुराले एउटा अर्को सफलता पाएको छ भने कांग्रेस बाजुराका लागी अर्को बलियो आधार तयार भएको छ । विद्यार्थी उमेरबाट नेपाली कांग्रेसको नेतृत्व गरेर राजनिति यात्रा प्रारम्भ गरेका पाण्डेको समयको गति संगै राजनीति उचाई बढ्दै गएको छ । आफ्नो राजनिति जिवनमा विभिन्न तह तप्काको नेतृत्व गर्दै आएका नेता पाण्डे एस अघि १३ औं महाधिवेशनबाट केन्द्रिय सदस्य समेत बनेका थिए । बाजुरा कांग्रेसका बलियो आधार र बाजुरेली जनताका अभिभावक समेत रहेका नेता पाण्डे बाजुरेली युवाका मात्र ढुकढुकी नभैइ देश भरका कांग्रेस निकट नेता कार्यकर्ताका ढुकढुकी हुन भन्ने कुरा १४ औं महाधिवेशन अझ प्रष्ट पारेको छ । पाण्डे देशमै काँग्रेस भित्र युवा पुस्ताका बलियो नेताका रुपमा स्थापित भएका छन् । राजनितिमा लागेदेखि नै बाजुरेली जनताको जीवन स्तर सुधार बाजुरा जिल्लाको भौतिक आर्थिक तथा सामाजिक बिकासका लागी जनताको जनजीविकाका सवालहरु, जिल्लाको बिकास र परिवर्तन, युवा पुस्ताका सवालहरुलाई उठान, गर्नुका साथै पार्टीलाई शसक्त र चलायमान बनाउनका लागि बिशेष ओगदान दिदै आइरहेका छन् ।
नेता पाण्डेलाई अब देशभरका कांग्रेसहरुको भविष्य निर्माण गर्ने अर्को जिम्मेवारी थपिएको छ । बाजुराको बिकास र आम परिवर्तन र बाजुरेली जनताको हितका लागि अहोरात्र रुपमा सक्रिय राजनीतिमा लागेर जनताको सेवमा सर्मपित उनले बाजुरेली जनताका समस्याहरुका सवालहरुमा विशेष वकालत गर्दै आएका छन् । बाजुरेली जनताको सेवामा सर्मपित नेता पाण्डेले ले साच्चिकै कांग्रेस निकट नेता कार्यकर्ताले बिश्वास गरेर दिएको जनमतको कदर गर्लान त भन्ने कुराको प्रश्न उठ्न सक्छ तर नेता पाण्डेको बिगतको राजनीति स्वभाव र गतिविधिहरुलाई नियाल्ने हो भने जनताको जनमतको कदर गर्दैनन् कि भन्ने कुरामा कुनै दुई मत नै छैन । राजनीति यात्रामा छोटो समयमा देशभर राम्रो छवि बनाएर चर्चा कमाउदै देशभरका कांग्रेस निकट नेता कार्यकताहरुको मन मुटुमा बस्न सफल भद्र, सालिन, कुशल, सक्षम, र जुझारु नेता पाण्डेमा नेतृत्व गर्ने व्यक्तिमा हुनुपर्ने कुनै पनि गुणहरुको कमी छैन । एति वेला नपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कांग्रेस निकट नेता कार्यकर्ताहको माग नेतृत्व परिवर्तन हुनुपर्ने र युवा पुस्ता नेतृत्वमा आउनुपर्ने रहेको थियो । युवा नेता कार्यकर्ताहरुको उक्त प्रयासले कांग्रेसको नेतृत्व परिवर्तनको उदेश्य पूरा नभएता पनि नेतृत्वमा आउन छुट्न नहुने नयाँ अनुहारहरुलाई निर्वाचित गर्न सफल भएका छन् ।
महाधिवेशनको बेला गुटउपगुटको राजनीतिलाई अवलम्बन गर्ने र आफआफनो गुटको मान्छेलाई मतदान गर्ने नेता कार्यकर्ताहरुमा १४ औं महाधिवेशनले फरकपना देखिएको छ ।नेता पाण्डे गुटका आधारमा पौडेल पक्षधरका नेताका रुपमा चिनिन्छन् । तर यतिवेला पाण्डे शेखर कोइरालाको टिमबाट उम्मेदवारी दिएका थिए । एसो हेर्दा पाण्डे सजिलै जित्ने सम्भावना थिएन । गुटकै आधारमा हेर्ने हो भने पाण्डेले जित्न निकै सकस प्रयास गर्नुपर्ने अवस्था थियो । तर पाण्डेलाई कसैले पनि गुटउपगुट नभनी सवैले मतदान गरेको पाइएको छ ।केन्द्रमा पनि विजयी भएपछि उनले राजनितिक यात्रामा छलाङ्ग मारेका छन् । पाण्डेलाई गुट उपगुट भन्दा पनि युवा पुस्ताले रुचाउनुका साथै साथ दिएका छन् ।पाण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री शेरबहादुर देउवा प्यानलका जीवनबहादुर शाहीलाई २७८ मतको अन्तर पराजित गर्दै बिजयी बनेका छन । कोइराला समुहका पाण्डेले २४११ मत ल्याएका छन्