बाजुरा–जिल्लाको गौमुल गाँउपालिका वडा न. ५ को वडा कायार्नलयमा स्थानियहरुले गरेको तालाबन्दी मागको सम्वोधन नगरिकनै बलजवत रुपमा खोलिएको छ । मंगलवार बिहान स्थानियहरुले सयुक्त रुपमा वडा कार्यालयमा तालावन्दि गरेका थिए । हरेक वर्ष आर्थिक स्तर न्युन भएका बिपन्न परिवारका लागि भनेर आउने प्रधभानमन्त्री स्वरोजगार कार्यक्रमका पटक–पटक अनियमितता हुदै आएकोले स्थानियहरुले सयुक्त रुपमा बिरोध जनाएको स्थानिय बुद्धिजिवि बहादुर रोकायाले बताउनु भएको छ ।उहाँका अनुसार प्रत्यक वर्ष उक्त स्वरोजगार कार्यक्रममा बिपन्न परिवारका कुनै पनि छनोट नहने बरु गाँउका हुने खानेहरु छनोट हुने गरेकोले स्थानियहरुले बिरोध जनाउदै आएको बताइएको छ ।
पटक–पटक वडा कार्यालयमै पुगेर स्थानियहरुले बिरोध जनाउदा पनि वडा कार्यालयले स्थानियले गरेको बिराधको वेवास्ता गदै आएकोले वडा कार्यालयमा ताला लगाउन बाध्य भएको उहाँको भनाई रहेको छ । बिहान स्,थानियहरुको सयुक्त हस्ताक्षरित सहितको निर्णयमा वडा कार्यालयमा ताला वन्दि गरिएको तर बिहान १० बजे अफिस टाईममा कार्यालयमा लगाइएको ताला जवरजस्ति फोडेर आफ्नै मनोमानि तरिकाले खुलाइएको पनि उहाँले बताउनु भएको छ । स्थानियहरु ३५ जनाको संयक्त हस्ताक्षर सहितको निर्णयमा लगाइएको ताला आफ्नै मनोमानी तरिकाले दादागिरी शैलीमा खालिएको प्रति स्थानियहरुको आपत्ति रहेको र स्थानियहरुमाथि अन्याया भएको उहाँको गुनासो रहेको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम समाजमा पाउनु पर्ने व्यक्तिले पाउनु पर्ने पटक–पटक आफ्नो नजिकैको अथवा हुने खानेहरु नै छनोट गरिनु पहुच भन्दा टाढा सम्म रहेका रुथानिासिहरु माथि अन्षष् भएकोले अव उप्रान्त यस्ता गल्ति दोहारिन नदिनका लागि ताला लगाइएको स्थानियहरुको भनाई छ । उक्त प्रधानमन्त्रीस्वरोजगार काईक्रममा बास्तवमा अति बिपन्न परिवारकै सदस्यहरुलाई पहिलो प्रथामिकता दिनुपर्ने र उक्त कार्यक्रममा नियमितता हुनुपर्ने माग स्थानियहरुको रहेको छ ।