बाजुरा-नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो आधार पछिल्लो समयमा बाजुरा जिल्लाकै नेकपा एमाले निकट प्रतिभाशाली नेताहरू मध्यका युवा पुस्ताले रुचाएका र युवाका ढुकढुकी समेत रहेका नेता लाल बहादुर ओलीले नेकपा एमालेको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षको आकांक्षी रहेको मध्यका बलियो उम्मेदवार रहेका छन ।
नेता ओली जिल्ला अध्यक्षको आकांक्षी रहेको र यस पटक जिल्ला अध्यक्षमा ओलीलाई सर्वसम्मत चयन गनुपर्ने एमाले निकट नेता कार्यकर्ता र उनका सर्मथकहरुले सामाजिक सञ्जाल सुभ्यक्षा व्यक्त गर्ने गरेको पाइएको छ । नेता ओलीले अपौचारिक रुपमा आफ्नो उम्मेदवारी रहेको घोषणा भने गरेका छैनन् । औपचारिक रुपमा घोषण नगरेता पनि जिल्ला अध्यक्षका लागि आकान्क्षी रहेको पक्का पक्की भैसकेको छ । नेकपा एमाले बाजुराको ७ औँ जिल्ला अधिबेशन आजबाट सुरु हुदै छ । एमालेले अधिवेशनको तयारी पनि तिव्र पारिसकेको छ । यसै बिच नेता ओली पनि जिल्ला अध्यक्षको आकांक्षीहरु मध्यकै बलियो उम्मेदवार हुन ।
यसकारण पनि ओली बलियो देखिन्छन ।
अनेरास्वबीयूको विद्यार्थी उमेरबाटै राजनीति यात्रा प्रारम्भ गरेका ओली केही बर्ष अघि ओली कर्मचारी समेत रहेका ओलीले २०५०मा राजीनामा दिएर फेरी राजनिति संगै समाजसेवामा संलग्न भएर नेकपा एमालेको नेतृत्व गरेर सक्र्रिय राजनितिमा क्र्रियासिल रहेका छन् । पछिल्लो समयमा राजनितिमा लागे देखी हाल सम्ँम निरनतर रुपमा पार्टीको बिधि बिधान र आदर्सलाई आतमसात गरि जस्तोसुकै कठिन प्रस्थितिमा पनि आफ्नो बिचारमा अडिग रहने नेताहरु मध्यमकै एक हुन । उनको यही कटिबद्ध बिचारले एमाले निकट नेता कार्यकर्ताहरुलाई उनी प्रति आकर्षण बढाएको छ । पछिल्लो समयमा नेकपा एमाले बाजुराको नेतृतव पक्तिमा रहेका नेताहरु मध्यकै युवा पिडितले सक्षम नेतृतवका रुपमा स्वकार गरेका नेता आली पनि हुन ।
२०४७ सालमा पार्टी राजनितीमा आईसकेका ओली हरेक बेला बेला पछाडी पर्दै आएका छन् । उनले २०४७ सालदेखी गाउँ कमिटि बिस्तार अभियानमा संलग्न भइ हाल सम्म पार्टी राजनितिमा हुमीएका छन ।नेता ओलीको समाज परिवर्तन र बिकासमा मात्र ठूलो योगदान नभई नेकपा एमाले पार्टीमा आवद्ध भए देखि हाल सम्म पार्टीलाई बलियो शसक्त र चलाएमान बनाउन उत्तिकै योगदान रहेको छ । हुन त पछिल्लो समयमा राजनीतिमा पार्टीमा लामो त्याग तपस्या र संघर्ष गरेका नेताहरूलाई पन्छ्याउने गरेको पाईन्छ । त्यस्तै नेता ओली पनि पार्टीमा पालो नपाएका मध्यका एक हुन । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाको बलियो आधारका रुपमा रहेका नेता ओली बाजुरा जिल्लाका प्रतिभाशाली नेताहरूको सुचीमा पर्न सफल कुशल निडर सक्षम र युवा पुस्ताले रुचाएका नेता हुन । राजनीति लागे जति सवैको सामाज बिकास र परिवर्तनका लागी यती सम्म योगदान पुर्याउन सकेको प्रायः बिरलै हुदैन जति हाल सम्म ओलीले योगदान पुराएका छन् ।
ओलीको राजनितिमा जत्तिकै लगाव समाज सेवा र समाज परिवर्तन तथा रुपान्तरण र समाजको बिकासमा पनि छ । उनि समाजको बिकासका लागि अग्रभागमा रहेर खट्ने र समाजमा पिछडिएका र पछाडी पारिएका वर्गाहरु महिला दलित आदिवासी जनजातीका सवालहरुका बिषयमा बिशेष ओकालत गर्दै आएका छन् । पछिल्लो समयमा जनताको आपेक्षा भनेकै जनताका सवालहरुलाई सम्बोधन गर्ने जनप्रेमी नेता नतृतवमा आउनु पर्छ भन्ने हुन्छ । तर जनताले गरेको आपेक्षा पुरा गर्न त कुनै पनि राजनिति दलका नेताहरु गर्न सकेका छैनन् तर नेता ओलीले भने राजनितिमा तलिन भइसकेपछी समाजको बिकास र समाजको समउन्नितिका लागि गरेको योगदानको प्रसंसा गर्दै गरेको बाजुरेली जनताको मु खारबिन्दुबाट सुन्ने गरिन्छ । त्यसकारण पनि यतिवेला नेता ओली नेतृत्वमा आउनुपर्छ र नेता ओलीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गनुपर्छ भनने नेकपा एमाले निकट नेता कार्यकर्ताहरुको जनभावना रहेको छ ।नेता ओलीको सामाजिक सञ्जालमा मार्फत पनि प्रचार प्रसार गदै सर्वसम्मत चयन हुनुपर्ने मागहरु ओलीका सर्मथकहरुको रहेको छ । यसकारण पनि ओली जिल्ला अध्यक्षमा चयन हुनछन भन्ने कुरा एकिन भन्न त सकिन्न तर हुन सकमने सम्भावना भने बढी नै देखिनछ ।
को हुन लाल बहादुर ओली ?हेर्नुहोस उहाँको राजनिति पृष्ठभुमि
नेकपा एमालेका प्रभावशाली नेताका रुपमा रहेका नेता लाल बहादुर ओली बाजुराको दुर्गम गाउँ आटीचौरमा जन्मेका थिए । बिध्याथी उमेरबाटै राननिति यात्रा सुभारम्भ गरेका नेता ओलीले डोटी क्याम्पसबाट सुरुवात गरेका थिए ।२०४५ सालमा डोटी क्याम्पसको अनेरास्ववीयू सदस्यबाट बनेका ओली सोही बर्ष डोटी क्याम्पस स्ववियूको सचिव समेत बनेका थिए ।उनि राजनिती संगै समाजीक कार्यमा अग्रपङितको कमाण्डार नै मानिएका छन । बाजुरामा सहकारीको अबधारणा ल्याइ बाजुरामा पिसवीन बाजुरा नामक संस्थाको स्थापना गरी हजारौ बाजुराबासीलाई स्वरोजगार बनाउन उनको ठुलो योगदान रहेको छ । त्यो संगै उनले बाजुराका बालबालिका महिला पछाडी पारीएका नागरिकको वकालतमा लाग्ने एक कुसल राजिनीतिज्ञको रुपमा चिनिएका छन ।२०४७ सालमा पार्टी राजनितीमा आईसकेका ओली हरेक बेला बेला पछाडी पर्दै आएका थिए । उनले २०४७ सालदेखी गाउँ कमिटि बिस्तार अभियानमा संलग्न भइ केही बर्ष कर्मचारी भए पनि २०५०मा राजीनामा दिएर फेरी राजनिति संगै समाजसेवामा संलग्न भएका छन । २०५१ सालमा बाजुरा जिल्लाभर निर्बाचानमा हुमीएका ओली २०५४ सालको स्थानीय निकायको चुनावमा अनेरास्वबीयु बाट प्रचार प्रसार अभियानका प्रमुखको भुमिका निर्बाह गरेका थिए ।
लामो समय बिद्यार्थी राजनितिमा लागेका ओली २०६७ सालमा भएको पाचौ जिल्ला अधिबेशनबाट नेकपा एमालेको जिल्ला कमिटि सदस्यमा आएको उनले बताए । पाचौ जिल्ला अधिबेशनबाट जिल्ला कमिटि प्रबेश संगै छैटौँ जिल्ला अधिबेशनमा पनि आर्थिक बिभाग प्रमुखको जिम्मेवारी पाएका थिए ।२०७० को संबिधान सभा सदस्य निर्बाचन परिचालन समितिको प्रमुखको भुमिकिा निर्बाह गर्दै आएका ओलीले २०७४ को स्थानिय तहको निर्बाचनमा खप्तड छेडेदह गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्धार समेत बनेका थिए ।नेकपा एमालेका प्रभावशाली नेता ओली २०५६ साल देखी नेकपा एमालेको जनसंगठन मानव अधिकार एलाइन्सको सदस्य हुदै २०६८ सालमा एलाइन्सको उपाअध्यक्ष समेतको जिम्मेवारी बहन गरेका थिए । २०६८ देखी हाल सम्म मानव अधिकार एलाईन्सको सुदुर पश्चिम इन्चार्जको जिम्मेवारी समालीरहेका छन भने नेकपा एमाले बाजुराको आर्थिक बिभाग प्रमुखको भुमीकामा छन ।बिभिन्न समयमा तह तप्काको नेतृत्व गर्दै आएका नेता ओली यतिबेला ७ औँ जिल्ला अधिबेशनका पनि अन्य आकांक्षीहरु मध्यकै बलियो उम्मेदवार समेत रहेका छन ।
किन आलीनै चाहिन्छन भन्छन त उनका सर्मथकहरु
१.कार्यकर्ताको माझ घारमा एमालेको आधार तयार गर्न ।
२.नेकपा एमाले पार्टीलाई जनताको बिश्वासिलो पार्टी बनाउन ।
३.बाजुराको सुसस्किर्त राजनीति चलनलाइ ब्यवसायिकप्रती जनताको सकारात्मक मन बनाउन ।
४.जनतामा सुदृढ सबल एमाले जवजको जगमा सामाजिक न्याय स्थापन गर्न ।
५.पार्टीमा आवधिक नेर्तित्ती युवा समुदाय राजनीति प्रतिको अपनत्तो बिकास गर्न ।
ओलीले सकेसम्म सहमतिका आधारमा नेतृत्व चयन गर्ने संकल्पका साथ अगाडि बढीरहेको हुदा औपचारिक रुपमा घँषणा भने नगरेको बताउनु भएको छ । सहमतिका आधारमा नेतृत्व चयन गर्ने कुरामा आफ्नो पनि समर्थन रहेको र सकेसम्म अन्य जिल्ला अध्यक्षका आकान्क्षीहरुले आफुलाई नै सहमति दिन्छन भन्ने कुरामा आफू बिश्वष्ट रहेको पनि बताए