बाजुरा- जिल्ला सडरमुकाम मार्तडीका सेवा ग्राहीहरुले बिगत केही समय अगाडि देखी खेप्नु परेको लोडसेडिङको मारलाई मध्यनजर गर्दै आज बडिमालिका नगरपालिकामा सर्वपक्षीय बैठक बसेको छ । बिद्युत प्राधिकरण र त्रीवेणी साना जलविद्युत केन्द्रको प्रतिवेदन माथी जिल्लाका सरोकारवाला निकायका व्यक्तिहरुको रहोवरमा बैठक बसेको हो ।
बडिमालिका नगरपालिकाको सभा हलमा नगर उप प्रमुख कविता बिष्टको अध्यक्षतामा संचालन भएको थियो । जिल्ला सडरमुकाम बासिहरुले दैनिक ६ देखी १० घण्टाको लोडसेडिङको मार खेप्दै, आइरहेका छन् । नगर उप प्रमुख कविता बिष्टको अध्यक्षतामा संचालन भएको बैठकमाप्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेल ,त्रीवेणी साना जलविद्युत केन्द्रका व्यवस्थापक दयाराम पण्डित,नेपाल विद्युत प्राधिकरण बितरण बाजुरा साखा प्रमुख ललित कुमार मण्डल, विभिन्न राजनीति दलका प्रमुख एवम प्रतिनिधि ,त्रीवेणी साना जलविद्युत केन्द्रका सचीव सेर रावल, जिल्ला स्थित सम्पुण सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख एवम प्रतिनिधि ,त्रीवेणी साना जलविद्युत केन्द्रका पधातिकारी,जिल्ला स्थित सम्पुर्ण संचार माध्याममा कार्यरत सान्चारकर्मी ,लगायतको उपस्तिथि रहेको थियो ।
बैठकले यस्ताे निर्णय गरेकाे छ हेर्नुहास
उपभोक्ताहरुले पटकपटक लोडसेडिङको अन्त्य गरि तत्काल दैनिक विद्युत उपभोग गर्न पाउनु पर्ने माग गर्दै आइरहेका छन । सेवा ग्राहीको मागलाई तत्कालै सम्बोधन गर्नका लागि सर्वपक्षीय बैठक बसेको हो । बैठकले बाजुरा जिल्लामा सडरमुकामा मार्तडी बजार क्षेत्रमा त्रीवेणी साना जलविद्युत केन्द्र द्वारा उत्पादित २०० किलो वाट बत्ती साविकमा ७४५ सेवा ग्राहिलाई सेवा प्रवाह गरि आएकोमा हाल २१७७ ग्राह बिर्ढी भैइ विद्युतीय उपकरणको उपयोग लागायतका क्रियाकलापबाट दैनीक करिब १२०० किलो वाट विद्युत माग भैरहेको अवस्था छ । माग अनुसार आपूर्ति हुन नसक्दा विद्युतको प्रशारन उज्यालो नेपाल अभियान चलोरहेको बेला बाजुरा बासिले दैनिक ६ देखि १० घण्टा लोडसेडिङको मार बेहोर्नुपर्ने बाध्यता छ । दैनिक जिवनयापन देखि उध्योगधन्दा समेत प्रभावित भैइ बाजुरा बासी अतेन्तै पीडित भएका छन् ।त्रीवेणी जलविद्युत केन्द्रबाट उत्पादित विद्युतबाट माग अनुसार विद्युत आपूर्ति हुन नसक्ने भएको र नेपाल् विद्युत प्राधिकरणको केन्द्रिय प्रसारण लाईन बडिमालिका नगरपालिका वडा न ९ को सेलाघाट सम्म बिस्तार भैरहेको अवस्था छ विद्युत नियमित आपूर्ति नभैइ यसको समाधान हुन नसकेको आवस्थामा दैनिक जिवनमा समेत समस्या पर्न जाने भएका कारण आम जनता अधिकारका निमित्त आन्दोलन हुन सक्ने भनी विभिन्न निकायबाट ज्ञापन पत्र बिज्ञप्ती समेत जारी गरी आन्दोलनका कार्यक्रम समेत सार्वजनिक भैसकेको हुदा यसको तत्काल समाधान गरि सम्भावित खत्रा तथा समस्यालाई समाधान गरिदिन हुन नेपाल सरकार उर्जा तथा जलश्रोत मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ ।