बाजुरा–जिल्लाको खप्तड छेडेदह गाउँपालिका आटिचौर स्थायी घर भएकी नवोदित गायिका सुनिता रावतको पहिलो देउडा गीत “हौंला भन्थी एक“ आज सार्वजनिक भएको छ । मंगलवार दिउँसो खप्तड डिजिटल म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको हाे । नवोदित गायिका सुनिता रावतको यो पहिलो गित रहेको छ ।
उक्त गितमा स्वर रहेको छ कोकिल कण्ठी स्वरका धनी कयाैँ गितहरुमा आवाज दिसकेका सुदृरपश्चिम्कै चर्चित देउडा गायक प्रकाश थापा र नवोदित गायिका सुनिता रावतको रहेको छ । गितको लय शब्द पछिल्लो समयमादेउडा गितका राजा भनेर चिनिने साहित्यकार एवम गितकार राजेन्द्र शाह बि .पीले गरेका छन । बिनोद बाजुरालीको संगीत संयोजन, रहेको छ । भिम थापाको निर्देशन, डिबि रौलेको छायाङ्कन, रहेको उक्त गितमा अभिनय टेक बिष्ट र रोजि कुँवरले गरेका छन ।
नेपाली देउडा क्षत्रमा एक छत्र राज गरेका गितकार राजेन्द्र शाह बी . पी र कोकिल कण्ठी स्वरका धनी गायक प्रकाश थापा संगको सहकार्यमा गित बजारमा ल्याउन पाउँदा अफुलाई निकै गर्व महसुस भएको गायिका रावतले बताइन् । साथै रावतले सुरु देखि अन्त्य सम्म गितको बजार व्यवस्थापन संगै सुझाव सल्लाह र हौसला प्रदान गर्ने सवैलाई धन्यवाद समेत दिएकी छन । आगामी दिनमा अब निरन्तर एक पछी अर्को गरि गितहरु बजारमा ल्याउने तयरीमा रहेको बाताएकी छन । गित संगीतलाई धेरै माया गर्ने र सानै देखीको कलाकार बन्ने धोको पूरा भएको र निरन्तर संगीत क्षेत्रमा लागिरहने उनको भनाई छ ।
भिडियाे पनि हेनुर्हाेस है त