युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
219 पटक पढिएको

Rights activists stop child marriage

बाजुरा–जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा पछिल्लो समयमा बालविवाहको दर निरन्तर घट्दै गएको छ । गाउँपालिकाका ७ वटै वडाको बालविवाह अवस्था र महिला बिकास मञ्च सो गाउँपालिकामा लागू भैसके पश्चात् बालबालिकाहरुमा के कस्तो परिवर्तन देखियो भन्ने बिषयको अनुगमन गरिएको थियो । बिगत तीन बर्ष यता महिला बिकास मञ्च लागू भए यता वालविहाह न्यूनीकरणमा सहयोग पुगेका पाइएको छ । महिला बिकास मञ्चको नेतृत्वमा नै प्रत्येक वडामा हुँदै गाउँपालिकामा समेत बाल क्लबहरु गठन गरिएको थियो । महिला बिकास मञ्च द्वारा गठित गाउँपालिका स्तरीय बाल संजाल र प्रत्येक वडा स्तरीय बाल संजाल समिति हरु निरन्तर बालविहाह न्यूनीकरणको अभियानमा जुटेका छन् । गाउँपालिका स्तरीय बाल संजाल समितिले त झन बालविहाह न्यूनीकरणको अभियान नै संचालन गरेको थियोे । गाउँपालिका स्तरीय बाल संजालले सुरु गरेको बाल विवाह न्यूनीकरणको अभियानमा अन्य सरोकारवाला निकायले पनि निरन्तर साथ सहयोग गरे । जिल्लाका ९ वटै स्थानीय तहहरु मध्यकै वालविहाहको दर उच्च रहेको स्थानीय तह हो ।

महिला बिकास मञ्च द्वारा नै गठित बाल क्लबहरु पनि बालविवाह न्यूनीकरण गर्न उत्तिकै सक्रिय भएर लागीपरेका छन् । अझ भन्ने हो भने त्यहाँका सो गाउँपालिकाका जनप्रतिनिधिहरु पनि वालविवाह न्यूनीकरण गर्नका लागी बालक्लबले सुरु गरेको अभियानमा सहयोग गर्दै आएका छन् । यस गैरसरकारी संघ सस्थाले गाउँपालिका स्तरीय बाल संजाल संग समन्वय गरेर गाउँपालिकामा प्रत्येक बर्ष बालविवाहको तथ्यांक समेत संकलन गर्ने गरेको छ ।प्रत्येक बर्ष तथ्यांक संकलन गर्दा क्रमिक रुपमा घटेको पाइएको छ । यस अघि पनि कोभिड १९ कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बालबालिकालाई जोखिमबाट जोगाउनका लागि स्वास्थ सुरक्षाका सामाग्री बितरण गरेको थियो । बिभिन्न समयमा बालबालिकाहरुका लागि अभिभाकत्त्वको भुमिका निर्वाह गर्दै आएको छ । विशेष गाउँपालिका भित्रका बालबालिकाहरुमा बाल विवाह न्यूनीकरण र किशोरीहरुको क्षमता अभिबृद्धिका लागी गाउँपालिका संग सहकार्य गरेर जीवन उपयोगी शिक्षा सम्बन्धि किशोरी कक्षा संचालन गर्दै आइरहेको छ । कक्षा संचालन भए पश्चात् पहिला र अहिलेमा धेरै कुराको परिवर्तन भएको पाइएको छ । यो संग संगै किशोरीहरुले बालविवाह ,छुवाछूत,मर्यादित महिनावारी , लैङ्गकि हिंसा, लगायतका सामाजिक समस्या र ती समस्या समाधानका बिषयमा पनि जानकारी लिने अवसर पाएको त्यहाँका किशोरीहरु बताउन्छीन् ।

आफुमाथि हुने समस्याहरु के हुन ती समस्या कसरी समाधान गर्ने र यी समस्याहरुबाट कसरी सुरक्षीत हुने भन्ने बिषयमा जानकार भएको र आफुमाथि कुनै पनि समस्या आइपरेको खण्डमा आफै समस्या समाधान गर्न सक्ने क्षमताको बिकास भएको त्यहाँका किशोरीहरुको भनाई छ । महिला बिकास मंच र गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा किशोरी कक्षा संचालन गरे पश्चात् बाल विवाह पहिलाको भन्दा धेरै कम हुनुका साथै आफू लगायत आफू संगै पढ्ने गरेको अन्य किशोरीहरुमा बोल्न सक्ने क्षमताको बिकास भएको वडा न . ६ वडा किशोरी सहजकर्ता सर्मिला बिष्ट बताउन्छिन । गत असार देखि हाल सम्म मेरो वडामा एउटा मात्र बाल विवाह भएको छ । पहिलाको तुलनामा बालबालिकाहरुमा पनि धेरै कुराहरूको परिवर्तन भएको हामिले पाएका छौं । हामी २० जना किशोरीहरुले वालविवाह गर्दैनौं भनेर प्रतिज्ञा गरेका छौँ । हामि एक जनाले अन्य दुई जना किशोरीहरुलाई बालविवाह हुनबाट रोक्न सक्छौ भन्ने हाम्रो बिश्वास छ उनले भनिन् ।
महिला बिकास मञ्च द्वारा समय समयमा बालविवाह सम्बन्धि अभिमुखिकरण गोष्ठी र तालिमहरु संचालन गर्दै आएको हुदा बालविवाह न्यूनीकरण मात्र नभई बालबालिकाको क्षमता अभिबृद्धी भएको अभिभावकहरु बताउँछन् ।

अभिभावकहरुका अनुसार बालविवाह पहिलाको तुलनामा न्युनमा झरेको बताईएको छ । पछिल्लो समयमा बालविवाह हुनुमा धेरै कमजोरी बालबालिकाहरुको नै रहेको अभिभावकहरुको बुझाई छ । बालबालिकाहरुले एक अर्काको देखासिकीमा र सुचना प्रविधिको दुरुपयोग नै पछिल्लो समयमा बालविवाहका प्रमुख कारणहरु रहेको अभिभावकहरुको थम्माई छ । त्यहाँका बुद्धिजीवीहरुका अनुसार केही बर्ष अगाडि मात्र धेरै जसो बालविवाह अशिक्षा ,व्यरोजगारी, गरिबी लैङ्गकि बिभेद र जनचेतनाको अभावका कारणले हुने गरेको थियो । बार्षिक रुपमा बालविवाह गर्नेहरूको संख्यापनि अत्याधिक नै थियो । तर पछिल्लो समयमा यी कारणहरुले भने बालविवाह हुने नगरेको खुल्न आएको छ ।

अनुगमनमा बालविवाहको पछिल्लो अवस्था बारे विभिन्न सरोकारवाला निकायहरुका सरोकारवाला ब्यक्तिहरु सम्म अन्तरक्रिया समेत गरिएको थियो । पहिलाको तुलनामा अहिले बालविवाहको दर घटेको एक स्वास्थ्य चिकित्सक दुर्गा रोकाया खड्काले बताइन् । उहाँका अनुसार पहिला सो गाउँपालिकामा २० बर्ष उमेर पुगुन्जेल सम्म दुईतीन वटा छोराछोरी भैसकेको हुन्थ्यो तर पछिल्लो समयमा यो अवस्था भने नरहेको बताइएको छ । बालविवाह हुनुको अर्को कारण लैङ्गकि विभेद पनि हो । म यो गाउँपालिकाको धेरै ठाउँमा बसे प्राय जसो अधिकांस मानिसहरु यहाँ असिक्षित छन् । त्यही भएर छोराछोरी बिचको विभेद अझै कायमै छ । छोरालाई सहरको बिद्यालय पठाउने तर छोरीहरुलाई घर नजिकैको बिद्यालय पठाउने र घरायसी काममा बढी लगाउने यहाँको प्रचलन छ । त्यो भएर पनि छोरीहरू बिवाह गर्न बाध्य छन् उहाँले भन्नुभयो ।

यस्तै यता बिद्यालयमा पनि पछिल्लो वालविवाहको अवस्था वारे बुझिएको थियो । पहिलाको तुलनामा बालविवाह कम भैसकेको मष्टेशोरी माध्यामिक बिद्यालय डोगडीका प्रधानाध्यापक मंगल् बहादुर धामीले बताउनुभयो । उहाले भन्नू भयोे बिगतका बर्षहरुमा एक शैक्षिक सत्रमा करिव १०÷११ जनाले ९÷१० मै पढ्दै गर्दा बिहे गर्ने गरेका थिए । तर अहिले कोही छुट्पुटले मात्र बिहे गरेको पाईन्छ । फेरी यो समस्या एकैचोटि शन्यूमा झार्न पनि त सकिदैन ।बिस्तारै घट्दै गएको हामीले महसुस गरेका छौं ।बिगतका बर्षहरुमा धेरै भन्दा धेरै बालविवाह हुने ठाउँ साविकको जयवागेशोरी गा . बि. स हो तर पछिल्लो समयमा सो ठाउँमा पनि बालविवाह धेरै घटेको वडा न . २ वडा अध्यक्ष मिन बहादुर शाहीले बाताउनुभयो । उहाँका अनुसार सो ठाउँमा एक दुई बर्ष अगाडि पनि अत्याधिक बालविवाह हुने गरेको थियोे । १५ ÷ १६ बर्षको उमेरमै विवाह गर्ने गरेका थिए । पहिलाको तुलनामा धेरैले बालविवाह कम भएको उहाँको भनाई छ ।

यसरी सवै सरोकारवाल निकायहरु एकैसाथ बालविवाह न्युनिकरणको अभियानमा जुटेको भएता पनि यसमा चुनौतिहरुपनि उत्तिकै छन् । बिशेष गरेर बालविवाह न्युनिकरणको अभियानमा बाल क्लवका पधातिकारीहरुले धेरै चुनौतिहरु सहनु परेको छ । बालविवाह न्युनिकरणकै अभियानमा लागिरहदा धेरै जसो अभिभावकहरुबाट बिभिन्न प्रकारका दवाव धम्किहरु सुन्नु परेको वडा न. ७ की किशोरी कक्षा सहजकर्ता करिष्मा ओलीले बताइन् । हामिले कसैले बालविवाह गरेपछी तत्कालै प्रहरीलाई खवर गरि वडाका जनप्रतिनिधि स्थानिय र प्रहरीको रहोवरमा तिनिहरुलाई उनिहरुको अभिभावकको जिम्मा लगाउने गरेका छौँ । सवै वडाका बालक्लवका साथिहरुले यसरी नै बालविवाह गर्नेहरुको बिशेष निग्रानी गर्दे आइरहेको छौँ । तर यसो गर्दा धेरै गाली र धम्कि सहनु परेको छ । गर्याे त मेरो छोराछोरीले गर्यो तिमिहरुलाई के मत्लव भनेर उल्टै होच्याउने अभिव्यक्ति दिन्छन् । विवाह गर्नेहरुले पनि गालि गर्छन् कहिले काक्हि प्रहरीहरुले पनि साथ दिदैनन् । कुनैले गाँउपालिका बाहिर अथवा जिल्ला बाहिर बिहे गरेपछी त्यही निवेदन दिनुपर्यो भनेर भन्छन् । बुझेर पनि बुझ पचाउने हाम्रो समाज छ । कसैलेृ राम्रो गर्नु हुन्न उसको खुट्टा तान्न पछाडी लागिहाल्छन् । हामिले परिवर्तन नचाहेका हैनौँ तर यो अन्धो समाजका अगाडी जति भनेपनि केही लाग्दैन उनले भनिन् ।

यता महिला बिकास मञ्च र बालक्लबहरुकै सक्रियतामा पछिल्लो समयमा गाउँपालिकामा उच्च डरमा रहेको वालविवाहको दर केहि घटेको गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले बताउनुभयो।एउटै वाल क्लबको सक्रियतामा मात्र नभई महिला बिकास मञ्च बाजुराको पनि सकृय भुमिका रहेको अध्यक्ष रावतले बताउनु भएको छ । प्रत्येक वडामा रहेका बालक्लबहरुलाई पटकपटक वालविवाह सम्बन्धि परामर्श गर्दै यो सम्बन्धि विभिन्न जनचेतनामुलुक कार्यक्रमहरु निरन्तर संचालित भएपछी बालविवाहको दर घटेको उहाँको भनाई छ । उच्च दरमा रहेको विवाहको दरलाई कठिन परिस्थितिका वाफजुत पनि उच्च दरमा रहेको दरलाई न्युन बनाउनु नै सम्मानजनक काम भएको बताउदै अध्यक्ष रावतले बालक्लब र महिला बिकास मञ्च बाजुरालाई धन्यवाद समेत दिनुभयो । साथै उहाँले यो बालविवाह एकैचोटि शन्यूमा झार्न नसकिने बताउदै अवको छोटो समयमै बालविवाहको दर अझै घट्दै जाने कुरामा आफू बिश्वष्त रहेको पनि बताउनुभयो । बाल बिवाह मात्र नभई बालबालिका संग कुनै पनि समस्या समाधानका लागी आफू गाउँपालिकाको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै अध्यक्ष रावतले महिला बिकास मञ्च लागु भैसकेपछि गाउँपालिकामा उच्च दरमा रहेको बालविवाह न्यूनीकरणमा पनि विशेष सहयोग पुगेको र विभिन्न समयमा बालबालिका संग सम्बन्धित समस्या समाधान, बालबालिकाहरुको क्षमता अभिबृद्धी गर्न सक्रिय भुमिका निर्वाह गर्दै आइरहेको समेत बताउनु भएको छ ।

महिला बिकास मञ्च एक महिलाहरुको हक हितका लागि बिभिन्न कार्य गर्ने एक बिशुद्ध सस्था हो । यस सस्थाले बिगत २०६२ सालमा स्थापना भई हाल महिलाहरुको पोषण सुशासनको क्षत्रमा किशोरीहरु प्रथामिकता कार्यक्रम अन्तरगत बिशारीहरुका लागि उज्जोल भविष्य निमार्ण, बालविवाह, न्युनिकरण, त्यसैगरि नेपालका सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता लगायतका क्षत्रहरुमा बिभिन्न ठाँउहरुमा कार्य गर्दैै आइरहेको छ । बिशेष गरि महिलाहरुको क्षत्रमा काम गर्ने यस सस्थाले नेपालका सिमान्तकृत महिलाहरुलाई व्यावसायिक र स्वाभलम्बि बनाउन, त्यसैगरी नेपालका दुरदराजका बस्तिहरुमा बिभिन्न महिला हिंसाको चपेटोमा जिवन बेतित गर्न बिवस महिलाहरु र किशोरीहरुको क्षमता अभिवृद्धिका लागि अहम भुमिका निर्वाह गर्दै आइरहेको छ । यस गैरसरकारी सस्थाले बिशेष गरेर महिलाहरुलाई आफ्ना समस्याहरु पहिचान गर्न सक्ने, आफुमाथि आइपरेका समस्या समाधान गर्न सक्ने, आफ्नो क्षमताको उपयोग गरी महिलाहरुलाई आत्मनिर्भर बनाउन समेत सफल भएको छ । यस सस्थाले गरिव तथा अति बिपन्न परिवारका बालबालिकाहरु र महिलाहरुलाई बिभिन्न समयमा राहात समेत बितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!